बाघको संख्या बढ्यो ,बासस्थान र व्यवस्थापनमा चुनौती

बाघको संख्या बढ्यो ,बासस्थान र व्यवस्थापनमा चुनौती
फाइल तस्बिर

चितवन : सन् २०२० मा चितवन राष्ट्रिय निकुञ्जको चितवन र पर्सा कम्प्लेक्समा १७५ वटा बाघ अटाउने क्षमता रहेको निष्कर्ष थियो। 

चितवनमा १३६ र पर्सामा २९ वटा मात्रै अट्न सक्ने उक्त अध्ययनको प्रतिवेदनमा उल्लेख छ। अहिले चितवन कम्प्लेक्समा १२८ र पर्सामा ४१ वटा बाघ छन्। बाघको संख्या बढ्दै जाँदा मानव बस्तीमा प्रवेश गर्ने खतरा पनि छ।

बाघको आहारा र बासस्थानलाई बाघ संरक्षणको चुनौतीका रूपमा लिइएको छ। अब संख्या बढाउन भन्दा पनि व्यवस्थापनमा लाग्नुपर्ने देखिएको छ। एउटा क्षेत्रमा एउटा मात्रै भाले रहन्छ। धेरै भए जुध्छन्। तीनै मध्येका केही बाहिर निस्कन्छन्। 

सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा बाघ पाइने विश्वका १३ देशले सन् २०२२ मा बाघको संख्या दोब्बर बनाउने सामूहिक प्रतिवद्धता गरेका थिए। त्यसबेला नेपालमा १५५ बाघ मात्र थिए। २ सय ५० पुर्‍याउने लक्ष्य पार गरेर नेपालमा बाघको संख्या ३५५ पुग्यो। 

यही अनुपातमा बाघ बढे बाघको बासस्थान व्यवस्थापनमा कठिन हुने खतरा छ। बाघ बढी हुँदा बस्ती छिर्ने खतरा पनि छ। बाघ जुधेर पनि बाहिर निस्कन्छन्। बाहिर निस्कन नदिन घाँसे मैदान, पानी र वासस्थानको सुधारमा गरे बस्ती सुधार गर्नुपर्ने भएको छ। ‘बाघ बढ्नु संरक्षणको पाटोमा खुसीको कुरा हो। तर यही अनुपातमा बाघ बढे व्यवस्थापनमा कठिन हुन्छ ,’ चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारीले भने , ‘अब संख्या होइन व्यवस्थापन गर्नु मुख्य चुनौती छ। ’  

पर्यावरणको सन्तुलन चक्रमा बाघ सबैभन्दा माथि हुन्छ। अर्थात् पर्यावरणीय सन्तुलनका लागि बाघ अनिवार्य छ। पारिस्थितिकीय प्रणालीमा बाघ उच्च पिरामिडका रूपमा मानिन्छ। यदि संसारबाट बाघ नै सकिए भने अरू जनावर पनि नहुने विज्ञ बताउँछन्। 

बाघ जोगाए पारिस्थितिक प्रणाली सन्तुलन रहने विज्ञको दावी छ। ‘बाघ जोगाए इको सिष्टम जोगिन्छ ’ बाघविद् चिरञ्जीवी पोखरेलले भने , ‘बाघ जंगलका लागि होइन इको सिष्टम जोगाउन पनि विश्व नै बाघ जोगाउन लागेको छ।’ 

बाघको आहारा प्रजातिका जनावरमध्ये जरायो , चित्तल, रतुवा ,लघुना  बाँदर  र बँदेलजस्ता जनावरको संख्यामा वृद्धि भएर पनि बाघको संख्या बढेको हो। चितवन राष्ट्रिय निकुञ्जमा १० हजार हेक्टर घाँसे मैदान छ। घाँसे मैदान व्यवस्थापन गर्न सके बाघ बाहिर ननिस्कने विज्ञहरू बताउँछन्। सन् २०२२ मा गरिएको सर्वेक्षण अनुसार प्रति वर्ग किलोमिटर ९९.७४ प्रतिशत आहारा छ।  

नेपालमा सन् १९९५–९६ मा ९३ देखि ९७ वटा वयस्क बाघ रहेको अनुमान थियो। नेपालमा २००७ सालको राणा शासन अन्त्यसँगै बाघ घट्न थालेको हो । २०१४ मा  १ सय ९८ वटा भयो। २०१८ मा २ सय ३५ थियो। सन् २०१३ मा बाघको संख्या १२० थियो। सन् २०१८ मा ९३ र २०२२ मा १२८ वटा बाघ चितवन राष्ट्रिय निकुञ्जमा छ।  बाघको उपलब्धताको हिसाबले विश्वमा नेपाल आठौं स्थानमा पर्छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.