थाइल्याण्डको पटका गोदाममा विस्फोट : ९ जनाको मृत्यु, दर्जनौँ घाइते

थाइल्याण्डको पटका गोदाममा विस्फोट : ९ जनाको मृत्यु, दर्जनौँ घाइते
सांकेतिक तस्बिर।
सुन्नुहोस्

 

थाइल्याण्डको एक पटाका गोदाममा शनिबार भएको विस्फोटमा परी नौ जनाको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएका एक वरिष्ठ अधिकारीले एएफपीलाई जानकारी दिएका छन् ।

दक्षिणी प्रान्त नारथिवातको सुङ्गाई कोलोक शहरमा भवन निर्माणको क्रममा वेल्डिङका कारण विस्फोट भएको अनुमान गरिएको छ ।

नारथिवाटका गभर्नर सेनन पोङ्गाकसोर्नले भने, 'सुन्गाई कोलोकमा पटाका भण्डारण गर्ने गोदाममा आज अपराह्न विस्फोट भएको छ, बिस्फोटबाट मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म नौ पुगेको छ भने ११५ जना घाइते भएका छन् । अहिले आगो नियन्त्रणमा आइसकेको छ । प्रारम्भिक अनुसन्धानले स्टिल वेल्डिङ प्रक्रियाको क्रममा प्राविधिक त्रुटि भएको देखाएको छ, किनकि भवन निर्माणाधीन छ ।'

स्थानीय सञ्चारमाध्यममा सार्वजनिक गरिएको फुटेजमा ठूलो मात्रामा धुवाँ हावामा उडिरहेको र विस्फोटका कारण थुप्रै पसल, घर र सवारी साधनमा नराम्रोसँग क्षति पुगेको देखिएको छ ।
 
गोदामबाट १०० मिटर टाढा बस्ने प्रत्यक्षदर्शी सेक्सन टेसेनले भने, 'म घरभित्र आफ्नो फोनमा खेलिरहेको थिएँ, अचानक मैले ठूलो आवाज सुनेँ, अनि मेरो पूरै घर हल्लियो । त्यसपछि मैले मेरो छानामा भ्वाङ परेको देखेँ । मैले बाहिर हेरेँ र मैले घर भत्किएको र जताततै मानिसहरू भुइँमा लडिरहेको देखेँ । त्यहाँ अस्तव्यस्त अवस्था थियो ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.