एनआरएन साउदीमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित

एनआरएन साउदीमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित
सुन्नुहोस्

साउदी  : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाको २०२३-२०२५ को लागि रबिना अर्याल अध्यक्षमा  चयन भएकी छन् । संस्थाको नबौं महाधिवेशनबाट उनी स्वतः अध्यक्षमा चयन भएकी हुन् ।

त्यस्तै वरिष्ठ  उपाध्यक्षमा उमेश भट्टराई ,उपाध्यक्षमा राज कुमार गिरि,कृष्ण कुमार श्रेष्ठ, मनिष कोइराला र हेम सुबेदी महासचिवमा शुक्र तामाङ, सचिवमा ध्रुब कटुवाल , कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ, सह-कोषाध्यक्षमा दुर्गा बहादुर काउचा, युवा संयोजकमा बिष्णु रावत ,महिला संयोजकमा लक्ष्मी थापा मगर, चयन भएका छन् ।

सदस्यहरूमा देवीबहादुर कार्की,युवराज पोखरेल,पदम बहादुर महत, दिपक ढुङ्गाना ,अमृत बहादुर तामाङ ,धर्मेन्द्र कार्की र ओम प्रकाश काफ्ले चयन भएका छन् । यसैगरी आईसीसी सदस्यहरूमा स्वतः राम बहादुर क्षेत्री,दिपक रेग्मी र बिशाल कुमार श्रेस्ठलाई निर्विरोध घोषणा गरिएको छ । 

एनआरएन साउदीको बरिष्ठ उपाध्यक्षको लागि  विशाल श्रेष्ठ र उमेश भट्टराईबीच चुनाव हुने घोषणाको अन्तिम अवस्थामा दुबै पक्षबिच सहमति भएको  र विशाल श्रेष्ठले बरिष्ठ उपाध्यक्ष पदको लागि उमेश भट्टराईलाई चयन गरे भने भट्टराईले श्रेष्ठलाई आईसीसी सदस्यको लागि लिखितरूपमा सहमति जनाइ  बरिष्ठ उपाध्यक्षको लागि चुनाव नहुने घोषणा गरेका थिए ।  

नवनिर्वाचित अध्यक्ष अर्यालले आफूलाई निर्विरोध निर्वाचित गरेकोमा धन्यवाद व्यक्त गरिन् । उनले सबै संघसंस्थासँग सामाजिक कार्यमा सहकार्य गर्दै  संस्थाको हकहितको लागि काम गर्ने बताइन्। 

null


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.