डेंगु संक्रमण : १० जिल्लामा मात्र ८७ प्रतिशत बिरामी

डेंगु संक्रमण : १० जिल्लामा मात्र ८७ प्रतिशत बिरामी

काठमाडौं : डेंगु भाइरसको संक्रमण पाँच हजारभन्दा बढीमा देखिएको छ। तीमध्ये आधा जति सुनसरी जिल्लामा देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ।     

महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीका अनुसार गत पुसयता मात्र पाँच हजार छ सय ८८ जनामा संक्रमण देखिएको छ। सबैभन्दा बढी सुनसरी जिल्लामा तीन हजार चार सय ८६ जनामा डेंगुको संक्रमण देखिएको छ। 

उनले लगातार परिरहेको पानीले गर्दा र सरसफाइमा ध्यान नदिँदा संक्रमण दैनिक बढिरहेको बताए। यही साउन १० गते चार हजार छ सय १९ जनामा देखिएको संक्रमण त्यसपछिको पाँच दिनमा त्यो संख्या बढेर पाँच हजार छ सय ८८ मा पुगेको छ। 

डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगु रोग लाग्दछ। 

यसपटक कोशी प्रदेशमा संक्रमण बढेको पाइएको छ। कोशी प्रदेशमा तीन हजार आठ सय २१, बागमती प्रदेशमा नौ सय ६२, गण्डकी प्रदेशमा तीन सय ५७, सुदूरपश्चिम प्रदेशमा तीन सय २५, लुम्बिनी प्रदेशमा एक सय ७०, कर्णाली प्रदेशमा २७ र मधेस प्रदेशमा २६ जनामा संक्रमण देखिएको छ।  

१० जिल्लामा बढी संक्रमण                                                                                                                                                                                 नयाँ देखिएका बिरामीमध्ये चार हजार नौ सय ३९ (८७ प्रतिशत) बिरामी १० जिल्लाका रहेका छन्।  सबैभन्दा बढी सुनसरी जिल्लामा तीन हजार चार सय ८६, धादिङ छ सय ५५, कास्की दुई सय आठ, दार्चुला एक सय ९१, काठमाडौं ९६, सङ्खुवासभा ७५ जना, म्याग्दी ५८, मोरङ ५७, कञ्चनपुर ५७ र झापा ५६ जनामा डेंगुका बिरामी भेटिएका छन्। 

नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेंगु देखिएको थियो। मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ। 

यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढंगले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ। 

पुसयता डेंगु संक्रमणबाट चार जनाको मृत्यु भएको छ। अहिलेसम्म डेंगु संक्रमण ७० जिल्लामा पुगेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.