धूमपानविरुद्धको अभियानमा चार राष्ट्रको मात्र साथ छ : डब्ल्यूएचओ

धूमपानविरुद्धको अभियानमा चार राष्ट्रको मात्र साथ छ : डब्ल्यूएचओ
फाइल तस्बिर।
सुन्नुहोस्

डब्ल्यूएचओले पाँच अर्ब ६० करोड  मानिस अब कम्तिमा सुर्ती नियन्त्रणको एउटा उपायद्वारा सुरक्षित भएको बताएको छ भने सन् २००७ मा अभिलेख गरिएको २२.८ प्रतिशत धूमपानको दर २०२१ मा १७.० प्रतिशतमा झरेको बताएको छ । यो कमी नभएको भए अहिले ३० करोड थप गर्नेहरू हुने थिए ।

विश्व स्वास्थ्य सङ्गठनले धूमपानविरुद्धको अभियानमा केवल चार देश – ब्राजिल, मरिसस, नेदरल्याण्डस् र टर्कीले साथ दिएको बताएको छ । धूमपानले निम्त्याउने अकल्पनीय क्षतिविरुद्धको लडाइँमा सिफारिस गरिएका सुर्ती विरोधी सबै उपाय ती देशले अपनाएका उक्त संस्थाले सोमबार बताएको छ । 

पछिल्लो एक प्रतिवेदनअनुसार डब्ल्यूएचओले आफ्ना सदस्य सबै राष्ट्रलाई सुर्तीजन्य पदार्थको प्रयोग कम गर्न,सूर्ति र सुर्तीजन्य उत्पादनको विज्ञापनमा प्रतिबन्ध लागू गर्न, चुरोटका बट्टामा स्वास्थ्य चेतावनी जारी गर्न, सुर्तीजन्य कर बढाउने र यो घातक अम्मल छोड्न चाहनेहरूलाई सहयोग गर्न सुझाएकामा त्यसको ब्राजिल र टर्कीले पालना गरेकामा अब मरिसस र नेदरल्यान्ड्स त्यसमा थपिएका छन् । चारवटै देशले डब्ल्यूएचओका सुर्तीविरोधी सबै सिफारिस कार्यान्वयन गरेको छ । 

डब्ल्यूएचओले पाँच अर्ब ६० करोड  मानिस अब कम्तिमा सुर्ती नियन्त्रणको एउटा उपायद्वारा सुरक्षित भएको बताएको छ भने सन् २००७ मा अभिलेख गरिएको २२.८ प्रतिशत धूमपानको दर २०२१ मा १७.० प्रतिशतमा झरेको बताएको छ । यो कमी नभएको भए अहिले ३० करोड थप गर्नेहरू हुने थिए । 

'बिस्तारै तर धेरै मानिस सुर्तीजन्य पदार्थको हानिबाट जोगिएका छन्,' डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले भनेका छन् । डब्ल्यूएचओ सुर्तीजन्य पदार्थको प्रकोपबाट जोगाउने राष्ट्रिय प्रयासमा सघाउन तत्पर रहेको पनि उनले उल्लेख गरेका छन् ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.