बाराको टांगियाबस्तीमा प्रहरी र स्थानीयबीच झडप, हतकडीसहित युवक फरार

बाराको टांगियाबस्तीमा प्रहरी र स्थानीयबीच झडप, हतकडीसहित युवक फरार
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

सिमरा : हतियारसहित युवक पक्राउ गर्ने क्रममा बाराको जीतपुरसिमरा १६ टांगियाबस्तीमा  प्रहरी र स्थानीयबीच झडप भएको छ । घरमा हतियार राखेको सूचना पाएपछि पुगेको निजगढस्थित इलाका प्रहरी कार्यालय प्रहरी टोलीले ३५ वर्षीय सागर लामालाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो । 

प्रहरी निरीक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा मंगलबार बिहान पुगेको प्रहरी टोलीले हतियारसहित युवकलाई नियन्त्रणमा लिएर लैजान लाग्दा स्थानीयले घेरा हालेर प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । सयौंको संख्यामा रहेका स्थानीयले आक्रमण गर्न थालेपछि प्रहरीले पाँच राउण्ड हवाई फायर समेत गरेको थियो । 

स्थानीयले प्रहरीमाथि ढुंगा प्रहार गर्न थालेपछि पक्राउ परेका लामा हतकडीसहित फरार भएका छन् । प्रहरीलाई बाटोमा घेरा हालेर स्थानीयले ढुंगा प्रहार गर्न थालेपछि लामा हतकडीसहित फरार भएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिएका छन् । 

स्थानीयसँग झडप हुँदा इलाका प्रहरी कार्यालयमा कार्यरत बरिष्ठ प्रहरी नायब निरीक्षक कलमबहादुर शाही र प्रहरी सहायक निरीक्षक बलराम गिरी सामान्य घाइते भएका छन् । उनीहरुको शरीरमा चोट लागेको छ भने पोशाक च्यातिएको छ । 

प्रहरीले लामाको घरबाट गोली भरिएको भरुवा बन्दुकसहित बाघको दाँत,रौं,नंग्रा जस्तो देखिने वस्तु बरामद गरेको छ । प्रहरीका अनुसार लामा वन्यजन्तुको शिकारमा संलग्न रहदै आएका थिए ।

प्रहरी नियन्त्रणबाट उम्किएका लामाको खोजी भइरहेको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.