कोसी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

कोसी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त
तस्बिर : अन्नपूर्ण

विराटनगर : कोसी प्रदेशको मुख्यन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा पुन: नियुक्त भएका छन्। थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार मुख्यमन्त्री नियुक्त गरेका हुन्।

सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर बहुमत सदस्यको समर्थनसहित गठबन्धनका तर्फबाट कांग्रेसका थापाले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री दाबी पेश गरेका हुन्।

यसअघि असार २१ गते नेपाली कांग्रेस,माओवादी केन्द्र,एकीकृत समाजवादी र जसपाका ४६ सांसद (गठबन्धन) र सभामुख गौतमको समर्थनमा थापा मुख्यमन्त्री बनेका थिए।

कोसीमा असंवैधानिक तरिकाले सरकार गठन भएको सर्वोच्च अदालत फैसला गरिदिएपछि थापा मुख्यमन्त्री पदबाट पदमुक्त भएका थिए।

उनी कांग्रेसका २९,माओवादीका सभामुखसहित १३,नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का १ गरेर  ४७ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.