त्रियुगामा बन्यो बौद्ध धर्मालम्बीको पेम्वा छैइलिङ्ग गुम्बा

त्रियुगामा बन्यो बौद्ध धर्मालम्बीको पेम्वा छैइलिङ्ग गुम्बा

उदयपुर : बौद्ध धर्मालम्बीहरूलाई लक्षित गरी उदयपुरको त्रियुगा नगरपालिका-१६ माथिल्लो व्याङग्रीमा निर्माण गरिएको पेम्वा छैइलिङ्ग गुम्बाको मंगलबार उद्घाटन गरिएको छ। 

धर्मगुरु धर्मसिङ्ग तामाङले आफ्नो संस्कृति अनुसार विधि पूजापाठ गरेलगत्तै कोसी प्रदेशका उपसभामुख सिर्जना दनुवारले गुम्बाको उद्घाटन गरेकी हुन्। गुम्बा भवनसँगै शान्तिका अग्रदुत गौतम बुद्धको मुर्तिसमेत प्रतिस्थापन गरिएको छ। 

तामाङ समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रमा गुम्बालाई पाठशालाका रुपमा विकास गर्ने लक्ष्यकासाथ सुरु गरिएको अध्यक्ष कृष्णकुमार तामाङले बताए।  उनले भने, ‘तत्काल पाठशाला सञ्चालन गर्न नसके पनि लक्ष्य बोकेका छौ, कहीँ कतैबाट साथ सहयोग पाए सुरु गर्छौं।' 

बौद्ध धर्मालम्बीहरूको आस्थाको केन्द्र बनाउने उद्देश्यका साथ कोसी प्रदेश सरकारको १० लाख, त्रियुगा नगरपालिकाको चार लाख ३० हजार र जनश्रमदानवापत दुई लाख दुई हजार दुई सय १२ गरी १६ लाख ३२ हजार २१२ रुपैयाँको लागतमा गुम्बा निर्माण गरिएको सचिव हिरालाल लामाले बताए।  

नवनिर्मित गुम्बाको उद्घाटन गर्दै उपसभामुख दनुवारले सबै धर्म, आस्था र विचारहरूलाई सम्मान र समेटने गरी गुम्बालाई विकास गर्न आग्रह गरिन्। उनले नेपाल एउटा मिश्रित जातजातिको बसोवास रहेको देश भएकाले सबै धर्म र संस्कृति प्रतिको सम्मानले मात्र विकास सम्भव भएको बताइन्। 

उपसभामुख दनुवारले केन्द्रीय सरकारको संकुचित मानसिकताका कारण संघीयता कार्यान्वयमा चुनौती थपिएको बताइन्। उनले भनिन्, ‘जनताले आन्दोलन गरेर ल्याएको परिर्वतनलाई प्रदेश र स्थानीय सरकारलाई अधिकार बाँडफाँड नगर्दा जनता थप मर्कामा परेका छन्। आज केन्द्रीय सरकार प्रदेश र स्थानीय तहलाई अधिकार दिएर वलियो बनाउने पक्षमा देखिदैन। बरु उल्टै विनियोजन गरेको बजेट कटौती गरेर आफ्नो मुठ्ठीमा राखेर कब्जा जमाइरहेको छ, यसले के सन्देश जान्छ?'

कोसी प्रदेश सरकार गठनतर्फ लक्षित गर्दै उपसभामुख दनुवारले भनिन्, ‘कोसी प्रदेश सरकार जनताको विकास र समृद्धीसँग नभई कुर्सीका लागि सप्तकोसी मडारिए झै मडारिँदा जनतामा निराशा पैदा भएको छ।' 

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य गीतदेवी रेग्मीले सिमित स्रोतसाधनले जनताका इच्छा, चाहाना अनुसारका विकास निर्माणका काम गर्न नसकिएको बताइन्। 

उनले संविधानले तीन तहको सरकारको कल्पना गरेपनि अधिकार बाँडफाँडमा केन्द्रिकृत शासन व्यवस्थाका कारण सोचेअनुरुप विकास हुन नसकेको बताइन्। अर्का प्रदेश सांसद सम्झना पाख्रिनले विकास एकै पटकमा सम्भव नहुने भएकाले ठुला महत्वकांक्ष नराख्न आग्रह गरिन्। 

त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राईले विकासमा समानता हेरेर ठाउँ, विशेष र परिवेशका आधारमा नगरले विकासलाई अगाडि बढाउने बताइन्। उनले मानवीय विकास सँगै भौतिक पुर्वाधारको विकासलाई प्राथामिकता दिइन् बताइन्। 

कार्यक्रममा १६ नम्बरका वडाध्यक्ष मानबहादुर राई, नेकपा एमालेका प्रदेश कमिटी सदस्यहरू ईश्वरमणि राउत, भागवत राउत, जिल्ला समन्वय समितिका सदस्य गोमा कार्की, धर्म गुरु धर्मसिंह तामाङ लगायतले विकासमा राजनीतिक आस्था र विचारलाई पर राखी सहयोग आदानप्रदान हुनु पर्नेमा जोड दिए।

उनीहरूले नागरिकको आवश्यकताका आधारमा सहकार्य गर्दै एकताबद्ध ढंगले अघि बढ्न सके विकासमा कहिँकतै समस्या नहुने बताए। उनीहरूले समाज परिवर्तनको दिसातर्फ अग्रसर भएकाले उपलब्ध विकास बजेटलाई अधिकतम सदुपयोग गर्नु पर्नेमा जोड दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.