पर्यटकमा भारतका धेरै

पर्यटकमा भारतका धेरै
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : अंग्रेजी महिनाको सात महिनामा नेपालमा पर्यटकको संख्या ९८ प्रतिशतले सुधार भएको छ। कोभिड– १९ को महामारीयता सन् २०२३ मा पर्यटक संख्याको ग्राफ सुध्रिँदो क्रममा छ।

सन् २०२३ को सात महिनासम्म भने कुल पर्यटक संख्या ५ लाख ३४ हजार २ सय ७ पुगेको नेपाल पर्यटन बोर्डको तथ्यांक छ। २०२३ को जुलाई महिनामा हवाई मार्गबाट नेपालमा आउने पर्यटकको संख्या ५७ हजार ७ सय २६ पुगेको छ। सन् २०१९ को सोही महिनामा ५८ हजार ८ सय ११ पर्यटक नेपाल आएका थिए। सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्यमा अहिलेसम्म करिब ५० प्रतिशत पर्यटक आएका छन्। लक्ष्य प्राप्तिका लागि आगामी पाँच महिनामा लगभग पाँच लाख पर्यटक आउनुपर्ने देखिन्छ।

सात महिनामा सबैभन्दा धेरै भारतबाट नै पर्यटक आएका छन्। दोस्रोमा भने चिनियाँ पर्यटक आएका छन्। भारत र चीनबाट आउने पर्यटकको संख्या क्रमशः २१ हजार ३ सय ५७ र ५ हजार ६ सय ९३ छन्।

अघिल्लो महिना पोखरामा चिनियाँ बोट फेस्टिबल आयोजना गर्न चीनको छेन्दुङबाट सीधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गरिएको थियो। यसले पनि नेपालमा चिनियाँ पर्यटक बढाउन मद्दत गरेको व्यवसायीले बताएका छन्। सन् २०१९ को कोभिडपछि पहिलो पटक चीनले औपचारिक रूपमा नेपाललाई पर्यटक गन्तव्य मुलुकमा समावेश गरिसकेको छ। मार्च १५ अर्थात् चैत्र १ गतेबाट चिनियाँ पर्यटक घुम्ने देशमा नेपाललाई पनि राखेको थियो। चीनको एडीएसमा नेपाल परेपछि मार्च महिनाबाट चिनियाँ पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको थियो। सन् २०२३ को जनवरीमा १४ सय ३६, फेबु्रअरीमा २२ सय २२, मार्चमा २६ सय ३५, अप्रिलमा ४७ सय ७०, मेमा ४६ सय ६७ र जुनमा ४३ सय ४३ चिनियाँ नेपाल आएका छन्।

कोभिडअघिसम्म नेपाल आउने दोस्रो मुलुकमा चीन थियो। यो वर्ष १० प्रतिशतले चिनियाँ पर्यटक बढ्ने अपेक्षा बोर्डको छ। अघिल्लो महिना दोस्रो स्थानमा रहेको अमेरिकी पर्यटक संख्या जुलाईमा आउँदा तेस्रो स्थानमा झरेको छ। अमेरिकाबाट ५ हजार ५ सय ६१ पर्यटक आएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.