बेवारिसे भेटिएको शिशुको आमा पनि बेवारिसे अवस्थामै फेला

बेवारिसे भेटिएको शिशुको आमा पनि बेवारिसे अवस्थामै फेला

सिमराः बारा र रौतहटको सिमानमा पर्ने धन्सार पुल नजिकको सडकबाट बेवारिसे अवस्थामा फेला परेको शिशुको आमालाई पनि प्रहरीले बुधबार बिहान बेवारिसे अवस्थामा फेला पारेको छ । 

बच्चा फेला परेको स्थान नजिक रोएर हिंडिरहेको अवस्थामा प्रहरीले चार महिने शिशुको आमालाई उद्धार गरेको हो । जंगलको बीचमा पर्ने सडकमा महिला रोएर हिडिरहेको खबर पाएपछि पुगेको ईलाका प्रहरी कार्यालय निजगढको प्रहरी टोलीले महिलालाई उद्धार गरी कार्यालय ल्याएको हो । 

प्रहरीका अनुसार उद्धार गरिएकी महिला भारत मोतिहारीकी हुन् । महिलाले आफ्नो घर मोतिहारी रहेको र श्रीमान्ले आफूसहित शिशुलाई ल्याएर जंगलमा छाडेको बयान दिएकी छिन् । श्रीमान्ले आफूलाई र शिशुलाई छुट्टाछुट्टै स्थानमा छोडेर जानकारी दिएकी छिन् । 

पानीले भिजेको अवस्थामा फेला परेकी महिलाको शारीरिक र मानसिक अवस्था कमजोर देखिएको प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । श्रीमान्ले जंगलको बीचमा छाडेर हिडेपछि महिला आफ्नो सन्तान खोज्दै हिडेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । 

महिलाले दिएको जानकारी अनुसार प्रहरीले उनको माइती पक्षलाई खबर गरेको छ । उद्धार गरिएकी महिलालाई प्रहरीले मंगलबार फेला परेको शिशुको तस्विर देखाएपछि उनि रुन थालेकी थिईन् । उनले आफ्नो छोरालाई भेटाईदिन प्रहरीलाई आग्रह गरेकी थिईन् । प्रहरी निरीक्षक श्रेष्ठले महिलाको माईती पक्ष आएपछि बच्चाको आधिकारिकता पुष्टि हुने र परिवारको जिम्मा लगाईने बताए । 

पुल नजिकको सडकबाट उद्धार गरिएको शिशुलाई कलैयास्थित प्रादेशिक अस्पतालमा चिकित्सकको निगरानीमा राखिएको छ । सडकबाट उद्धार गरेलगत्तै अस्पताल लगिएको शिशुको स्वास्थ्य अवस्था सामान्य छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.