अश्लिल भिडियो अनलाइनमा हाले पछि...

अश्लिल भिडियो अनलाइनमा हाले पछि...
सांकेतिक तस्बिर।
सुन्नुहोस्

इन्टरपोलबाट रेड नोटिस जारी भएपछि मलेसियाले विकलाई नेपाल फर्काएको थियो।

काठमाडौं : अर्मन–२ म्याग्दी घर भै हाल मलेसिया बस्दै आएका प्रकाश जैसी विक त्रिभुवन विमानस्थलमा ओर्लनासाथ प्रहरी नियन्त्रणमा परे।

उनीविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो। नेपाल प्रहरीको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट फेब्रुअरी २२ मै रेड नोटिस जारी भएको थियो। फरार आरोपी प्रकाशलाई मलेसियन प्रहरीले नेपाल डिर्पाट गरेको हो। प्रहरीले उनलाई विमानस्थलबाटै पक्राउ गरेको हो। 

रोजगारीको सिलसिलामा मलेसिया पुगेका विकले म्यादी घर भै हाल जापान बस्दै आएकी युवतीलाई साइबर अपराध गरेका थिए। नेपाल हुँदा नै चिनजानमा रहेका उनीहरूबीच भर्चुअल प्रेम सम्बन्ध रहेको थियो। नेपाल प्रहरीको साइबर ब्युरोका इन्सपेक्टर राजकुमार खड्कीका अनुसार प्रकाशले युवतीको नग्न भिडियोलाई अन्तर्राष्ट्रिय पोर्न साइटमा अपलोड गरी अपराध गरेको आरोप छ। 

जापान बस्दै आएकी युवती र प्रकाशबीच सामाजिक सञ्जालमा नै प्रेम बसेको थियो। कुराकानीको क्रममा प्रकाशले युवतीलाई भिडियो कलमा नै नग्न हुन बाध्य पार्थे। सम्बन्ध टुट्ने डरले युवती प्रकाशको अघि नग्न हुने गर्थिन्। यही मौकामा प्रकाशले उक्त भिडियो रेर्कड गरेर राख्ने गर्थे। अति नै टर्चर र हैरानी दिन थालेपछि युवतीले सामाजिक सञ्जाल डिएक्टीभ गरिन्। तर, युवकसँग सम्पर्कविहीन हुन खोजेकी युवतीलाई पुरानो भिडियो देखाउँदै टर्चर गरिरहन्थे।

युवतीको नग्न भिडियो उनका आफन्त तथा साथीभाइ र काकालाई समेत पठाएका थिए। यति गर्दासमेत प्रकाशको रिस मरेन। उनले अन्तर्राष्ट्रियस्तरको पोर्नसाइडमा समेत अश्लील बाक्य लेख्दै युवतीको भिडियो पोस्ट गरिदिएका थिए। प्रकाशको हर्कतले आजित भएकी युवतीले साइबर ब्युरोमा उजुरी दिएकी थिइन्। उजुरीलाई अगाडि बढाउँदै व्युरोले इन्टरपोलको सहयोगमा युवकलाई नेपाल ल्याउन सफल भएको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.