ढल्केवरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग

office-

ढल्केवरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग
सुन्नुहोस्

ढल्केवर(धनुषा) : धनुषाको ढल्केवरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको छ। स्थानीय अभियानीहरूले ढल्केवर विकास संघर्ष समिति गठन गरेर इलाका प्रशासन कार्यालय स्थापनाका लागि पहलकदमी लिएका छन्।

बिहीबार ढल्केवर विकास संघर्ष समितिका संयोजक फुलगेन महतो(मगही)को नेतृत्वमा पुगेका एक टोलीले ढल्केवरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई ज्ञापनपत्र बुझाएका हुन्।

ढल्केवर भेगका नागरिकहरूलाई जिल्ला प्रशासन कार्यालय धनुषा जनकपुरबाट प्रदान गरिने सेवा जनताको घरदैलोमै सरल, सहज, सुलभ, झन्झटरहित एवं गुणस्तरीय तवरले पुर्‍याई संघीयताको धारातलीय अनुभूति अन्तर ह्रदयबाटै गराउने ध्येयले इलाका प्रशासन कार्यालय ढल्केवर स्थापना गरिदिन र सोका लागि नेपाल सरकार गृह मन्त्रालयमा समेत आवश्यक समन्वय पहल तथा सहजीकरण गरिदिन उक्त ज्ञापनपत्रमा उल्लेख छ।

अहिले मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, गणेशमान चारनाथ नगरपालिका लगायत यस भेगका नागरिकलाई नागरिकता, राहदानी, शान्ति सुरक्षाको प्रत्याभूति, विभिन्न सिफारिसहरू लगायतका आम जनताको दैनिक जीवनसँग प्रत्यक्ष एवं परोक्ष रुपमा सरोकार राख्ने विविध प्रशासनिक कार्यका लागि लामो दूरीको यात्रा गरेर जनकपुर धाउनैपर्ने बाध्यता रहेको समितिका संयोजक फुलगेन महतो(मगही)ले बताए।

‘सबै नागरिकलाई जनकपुरधाम पुगी सेवा लिने हैसियत छैन। विचौलिया मार्फत मात्र चाँडो सेवा लिन सकिने अवस्थाको सामना गर्नुपरेको छ। आर्थिक रूपमा क्षति व्यहोर्नुपर्ने बाध्यता छ। हालै मात्रै जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता प्राप्तिका लागि झेल्नु परेको सास्ती ज्वलन्त उदाहरण हो,’ प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ।

यता ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले इलाका प्रशासन कार्यालय स्थापनाको प्रयास सराहनीय रहेको उल्लेख गरे। ‘यो माग अहिलेको आवश्यकता हो। यस विषयमा गृहमन्त्री र सचिवज्यूलाई पनि अवगत गराएको छु’ संघर्ष समितिका टोलीलाई सम्बोधन गर्दै प्रजिअ दाहालले भने ‘यो मागमा म पूर्ण सकारात्मक छु। यसका लागि सबैले आ-आफ्नो ठाउँबाट पहल गर्नुपर्छ।’

ज्ञापनपत्र बुझाउन संघर्ष समितिका पदाधिकारीहरूसँगै मिथिला उद्योग वाणिज्य संघ ढल्केवरका उपाध्यक्ष सन्तोष कुमार महतो, स्थानीय अभियानी, व्यापारी, सञ्चारकर्मी सम्मिलित टोली जिल्ला प्रशासन कार्यालय पुगेका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.