अमेरिकी सैनिक आफ्नो हिरासतमा रहेको उत्तर कोरियाले गर्यो पुष्टि
काठमाडौं : एक अमेरिकी सैनिक आफ्नो हिरासतमा रहेको उत्तर कोरियाले पुष्टि गरेको छ। उत्तर कोरियाले अमेरिकी सैनिक ट्राभिस किङलाई हिरासतमा राखेको पुष्टि गरेको हो।
२३ वर्षीया उनी गत १८ जुलाईमा उत्तर कोरियाको सीमानामा डुबेका थिए। संयुक्त राष्ट्र संघको कमाण्डले यसबारे थप विविरण नदिने बताएको छ। यसबारे उत्तर कोरिया वार्ताका लागि तयार रहेको संकेत गरेको छ।
संयुक्त राष्ट्र संघको कमान्डरले उत्तर कोरियाली सेनासँग ट्राभिस किङको बारेमा सोधीखोजी गरेका थिए। जवाफमा उत्तर कोरियाली सेनाले सैनिक हिरासतमा रहेको पुष्टि गरेको थियो। संयुक्त राष्ट्र संघको कमाण्डरले उनलाई फिर्ता गर्न अनुरोध गरे पनि यस विषयमा उत्तर कोरियाली सेनाले केही नभनेको बीबीबीसीमा उल्लेख छ।
अमेरिका र उत्तर कोरियाबीच कूटनीतिक सम्बन्ध नभएकाले प्योङयाङमा रहेको स्विडेनी दूतावासले अमेरिकाको तर्फबाट वार्ता गर्न खोजेको छ। महामारीपछि जारी सीमा बन्दका कारण हालः कूटनीतिक कर्मचारीहरू नरहेको बताइएको छ।
हालैका वर्षमा गैरकानूनी रूपमा उत्तर कोरिया प्रवेश गरेका धेरै अमेरिकी नागरिकहरू ६ महिनाभित्र रिहा भएका छन्। आपराधिक गतिविधिमा दोषी ठहरिएकाहरूलाई भने उत्तर कोरियाले छोडेको छैन।