हतकडीसहित फरार सागर लामा पक्राउ

हतकडीसहित फरार सागर लामा पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

सिमरा : हतकडीसहित फरार भएका जीतपुरसिमरा उपमहानगरपालिका–१६ टांगियाबस्तीका सागर लामालाई प्रहरीले बिहीबार साँझ निजगढबाट नियन्त्रणमा लिएको छ। साउन १६ गते टांगियाबस्तीस्थित घरबाट हतियारसहित पक्राउ परेको केही समयमै फरार भएका ३५ वर्षीय लामालाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार लामा आत्मसमर्पण गर्नका लागि निजगढ पुगेका थिए। सोही क्रममा प्रहरीले निजगढबाट उनलाई नियन्त्रणमा लिएको हो। हतकडीसहित फरार रहेका लामालाई गोली हानेर नियन्त्रणमा लिन आदेश दिएपछि परिवारका सदस्य लामाको आत्मसमर्पणका लागि राजी भएको र सोहीअनुसार निजगढ पुगेको प्रहरी उपरीक्षक बोगटीको भनाइ छ। 

लामालाई नियन्त्रणमा लिँदा हतकडी काटेको अवस्थामा रहेको बोगटीले जानकारी दिए। हतकडीसहित फरार भएका लामालाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय बाराले सादा पोशाकमासमेत प्रहरी परिचालन गरेको थियो। 

वन्यजन्तु चोरीशिकारीमा संलग्न रहेको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय निजगढको टोलीले लामालाई टांगियाबस्तीस्थित उनकै घरबाट दुई राउण्ड गोली लोड भएको भरुवा बन्दुक र बाघको दाँत, रौं, नंग्रा जस्तो देखिने वस्तुसहित नियन्त्रणमा लिएको थियो। लामालाई नियन्त्रणमा लिएर फर्कने क्रममा स्थानीयले प्रहरीमाथि आक्रमण गरे पनि उनी हतकडीसहित फरार भएका थिए। 

प्रहरीको बाटो छेकेर स्थानीयले ढुंगा प्रहार गर्न थालेपछि लामा उम्किन सफल भएका थिए। सो क्रममा प्रहरी र स्थानीयबीच झडप भएको थियो भने प्रहरीले स्थिति नियन्त्रणमा लिन पाँच राउण्ड हवाई फायरसमेत गरेको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.