डेंगुबाट बच्न विराटनगरमा 'लामखुट्टेको लार्भा खोज र नष्ट गर' अभियान

डेंगुबाट बच्न विराटनगरमा 'लामखुट्टेको लार्भा खोज र नष्ट गर' अभियान
खोज र नष्ट गर अभियानमा सहभागीहरू । तस्बिर : जितेन्द्रनारायण ठाकुर
सुन्नुहोस्

विराटनगर : विराटनगर महानगरपालिकामा डेंगुका बिरामी बढ्न थालेपछि ‘खोज र नष्ट अभियान’ महानगरले सञ्चालन गरेको छ  ।  असारको तेस्रो साताबाट विराटनगर महानगरपालिकामा देखिएका डेंगु बिरामीको संख्या हालसम्म १८ पुगेको छ।

 डेंगुका बिरामी दिनप्रतिदिन बढ्दै गएपछि विराटनगर महानगरपालिकाले खोज नष्ट गर्ने अभियान सञ्चालन गरेको हो ।  एक साताअघिसम्म १० जनामा देखिएको डेंगु हाल  १८ जनामा देखा परेको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिले जानकारी दिए । 

शुक्रबारबाट  महानगरले १९ वटै वडामा डेंगु रोगको रोकथाम र नियन्त्रणका ‘खोज र नष्ट गर’ अभियान चलाएको हो  ।   शुक्रबार बिहान ७ बजेदेखि ९ बजेसम्म १९ वटै वडामा डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरेको  स्वास्थ्य प्रमुख अलिले बताए । 

सबै वडामा सामाजिक संघसंस्था,विद्यालय,स्वास्थ्य संस्था, टोल संगठन,राजनीतिक दललगायतको सहभागीतामा घर–घरमा पुगेर डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिएको हो।

डेंगु रोगको रोकथाम र नियन्त्रणका लागि विराटनगर महानगरपालिकामा सरसरफाइमा कार्यररत ३० जना कर्मचारीलाई बिहीबार ‘खोज र नष्ट ’ सम्बन्धी प्रशिक्षण समेत दिएको थियो ।

टायर,ड्रम,गमला,फ्रिज,कुलरसहित लामो समयदेखि जमेको पानीमा डेंगु सार्ने लामखुट्टे बस्ने गर्दछ । डेंगु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय घरभित्र र वरिपरि पानी जम्न नदिनु नै रहेको उनले बताए ।    

धरानलगायतका विभिन्न स्थानमा डेंगु रोगको संक्रमण फैलिएपछि महानगरले डेंगुको संक्रमण रोकथाम र नियन्त्रणको अभियानलाई तीव्रता दिएको हो ।

प्रदेशमा डेंगुको बिरामी दिनादिन बढ्ने क्रम नरोकिए विराटनगरमा सञ्चालन भएको कोभिड अस्पताललाई डेंगु बिरामीको उपचार गर्ने अस्पतालको रुपमा विकसित गर्ने भएको छ  ।

स्थानीय सरकार,प्रदेश र संघीय सरकारले संक्रमण नरोकिए डेंगु अस्पताल बनाउने निर्णय गरेको स्वास्थ्य महाशाखा प्रमुख हैदरले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.