केही व्यक्तिगत र देशको इगोले सार्क अशक्त र निष्प्रभाबी भयो : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अस्तित्व नै नभएको जस्तो भइसकेको टिप्पणी छन्।
शनिबार नेकपा एमाले परराष्ट्र मामिला विभागको आयोजनामा भएको वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीति विषायक अन्तर्क्रिया कार्यक्रममा ओलीले व्यक्तिगत र केही देशको इगोले सार्क अशक्त भएको टिप्पणी गरेका हुन् ।
‘अहिले सार्कको त अस्तित्व छैन जस्तो भइसक्यो। यो छैन अस्तित्व छैन भनेर कसैले भनेका छैनन्। तर यसको अस्तित्व मानेर त्यस अनुसार चल्ने कुनै गतिविधि भएका छैनन्। दुई वटा कुरा मात्रै छन् यसमा एउटा काठमाडौंका सार्क सेक्रेटारियट छ। केही ब्यूरोक्रेटिक लेभलका केहि बैठक मात्रै भइरहेका छन् तर त्यसले सार्कमा दिनपर्ने खालका कुनै उपलब्धि भएका छैनन्। हामी भनिरहेका छौं सार्कको सम्बन्धमा।’ ओलीले भने, ‘विभिन्न व्यक्तिगत इगो होलान् र केही देशको इगो होलान् जसले गर्दा एउटा क्षेत्रीय संगठन अशक्त भएर, निरीह भएर बस्ने अथवा निष्प्रभाबी भएर बस्ने अवस्था छ।’