बिआरआई 'डेब्ट ट्र्याप' भन्नेहरूलाई ओलीले दिए यस्तो जवाफ

बिआरआई 'डेब्ट ट्र्याप' भन्नेहरूलाई ओलीले दिए यस्तो जवाफ
सुन्नुहोस्

काठमाडौं : चिनियाँ परियोजना 'बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)लाई 'डेब्ट ट्र्याप' भन्नेहरूलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कडा जवाफ दिएका छन्। बिआरआईलाई ऋणको पासो भनेर भाष्य निर्माण गर्न खोजेको भन्दै उनले नेपाल त्यसको पछि नलाग्ने स्पष्ट पारेका छन्।  

उनले प्रभुत्वको इन्ट्रेस्ट वा एकलकाटे स्वार्थको इन्ट्रेस्टका पछाडि आफूहरू जान नसक्ने बताए। 'हामी अरुकै भाषामा पछि पछि कुद्नुपर्ने जरुरी छैन। अरुका भाषा किन फलो गर्ने हामी? हाम्रा लागि नेशनल इन्ट्रेस्ट सर्वोपरी हुन्,' उनले भने।

उनले नेपालले यसअघि पनि ऋण लिएको स्मरण गराउँदै देश विकासमा छिमेकीको पुँजी र प्रविधि आवश्यक रहेको बताए।

'बिआरआईलाई कसैले डेब्ट ट्र्यापको कुरा गर्छन्। यस अगाडि डेब्ट ट्र्याप हुन्थ्यो कि हुँदैनथ्यो? डेब्ट ट्र्याप र ह्युमन राइट्सका कुराहरूलाई हाम्रो आफ्नो स्वतन्त्र आँखाले हेर्नुपर्छ,' उनले थपे, 'हाम्रा दुइटै छिमेकी र अन्तर्राष्ट्रिय मित्रहरूलाई भन्छौं- हाम्रो मात्र सामर्थ्यले विकास गर्दा विकास ढिलो हुनसक्छ। तपाईँहरू पुँजी र प्रविधिद्वारा हामीलाई सहयोग गर्नुस्।'

उनले बिआरआई परियोजना यथार्थमा विभिन्न देशमा कनेक्टिभिटीमा सहयोग पुर्‍याउँदै जाने कुरा रहेको बताए। 'ठेक्का दिएर हुन्छ कि ऋण दिए हुन्छ कि अनुदान दिएर हुन्छ कि कसरी हुन्छ, कनेक्टिभिटी सँगसँगै डेभलपमेन्टमा पनि सहयोग गर्ने कुरा हुनसक्छ। त्यसका विभिन्न नेचर हुनसक्छ। हामीले कुनै देशबाट सहयोग लिएर विकास गर्न सक्दैनौं? पाउँदैनौं भन्ने कुरा हुँदैन। हामीले जुनसुकै देशबाट सहयोग लिन सक्छौं,' उनले भने।

उनले कुन नाममा सहयोग दिने हो त्यो दिने राष्ट्रको कुरा रहेको बताए। उनले नेपालको भूमि वा आकाश छिमेकीविरुद्धको गतिविधिमा प्रयोग गर्न नदिने प्रतिबद्धता जनाए। 
'हाम्रा छिमेकीका जायज हित र चासोहलाई हामीले बुझ्ने कोसिस गर्छौं। उहाँहरूविरुद्ध कुनै गतिविधि गरिरहने आवश्यकता छैन। हाम्रो भूमि उहाँहरूका विरुद्ध कसैलाई प्रयोग गर्न दिँदैनौं,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.