आँखाको सङ्क्रमणको जोखिमले भरतपुरका विद्यालय बन्द

आँखाको सङ्क्रमणको जोखिमले भरतपुरका विद्यालय बन्द
सुन्नुहोस्

चितवन : आँखा पाक्ने रोगका कारण भरतपुरका विद्यालय बन्द भएका छन्। चितवनमा आँखा पाक्ने रोग एडिनो भाइरस फैलन थालेपछि सोमबारदेखि शुक्रबारसम्म पठनपाठन बन्द गर्न भरतपुर महानगरपालिकाले निर्देशन दिएको छ। 

भरतपुर भित्रका निजी तथा सामुदायिक विद्यालय भरतपुरमा आँखा पाक्ने रोग देखिन थालेपछि बालबालिकामा संक्रमण फैलिने खतराको कारण विद्यालय बन्द गर्न लागेको महानगरका शैक्षिक महाशाखा प्रमुख महेन्द्रप्रसाद पौड्यालले बताए। 

विशेषज्ञको परामर्श अनुसार महानगर भित्रका विद्यालय र मन्टेश्वरी बन्द गर्ने निर्णय भएको पौड्यालले बताए। 

वर्षे बिदाबाट कटौती हुने गरी पाँच दिन शैक्षिक गतिविधि नगर्ने निर्णय भएको हो। स्वास्थ्य सुरक्षालाई ख्याल गरेर भरतपुर महानगरले विद्यालयमा बिदा दिन निर्देशन दिएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.