सेवा प्रवाह छरितो बनाउँदै हेटौंडा उपमहानगर

सेवा प्रवाह छरितो बनाउँदै हेटौंडा उपमहानगर
सुन्नुहोस्

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाले पालिकाबाट प्रदान गर्दै आएको सेवा वडा तहबाट प्रवाह गर्न आवश्यक जनशक्ति व्यवस्थापनमार्फत् सेवा छिटोछरितो बनाउने अभियानलाई तीव्रता दिएको छ।

पालिकाले अब २० लाख रुपैयाँ बराबरको योजनालाई वडा तहबाट लागत इस्टिमेट तयार, सम्झौता, कार्य अनुगमन तथा मूल्यांकन गरी फर्छ्यौटसम्म गर्नेगरी प्राविधिक र लेखाको कर्मचारी व्यवस्थापन गर्न लागेको हो। 

आर्थिक वर्ष २०७८/०७९ सम्म पाँच लाख रुपैयाँ बराबरको योजना वडाबाट फर्छ्यौट गर्ने अधिकार प्रदान गर्दै आएको पालिकाले गत आव २०७९/०८० देखि उक्त अधिकारलाई २० लाख रुपैयाँसम्म बढाएको थियो। 

त्यससँगै प्राविधिक जनशक्ति व्यवस्थापन गरेको पालिकाले चालु आवदेखि लेखाको कर्मचारीसमेत वडावडामा पठाउन लागेको हो। बुधबार बसेको ३० औं कार्यपालिका बैठकले खर्च केन्द्रसम्बन्धी जनशक्ति व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको हो। 

यसअन्तर्गत् पालिकाले अब कम्तिमा दुईवटा वडाको लेखा व्यवस्थापन गर्ने गरी एक जना लेखा अधिकृतको व्यवस्थापन गर्ने पालिकका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए। 

उनका अनुसार यसलाई क्रमशः बढाएर १९ वटै वडामा एक/एक जना लेखाको कर्मचारी व्यवस्थापन गरिनेछ। वडामा प्राविधिक र लेखाको कर्मचारी व्यवस्थापनसंगैयोजनाहरुको लागत इस्टिमेट तयार, सम्झौता, अनुगमन, कार्य सम्पन्न पश्चात् मूल्यांकन र भुक्तानी समेत वडाबाटै हुन्छ’, प्रवक्ता न्यौपानेले भने। अब योजनाको भुक्तानीका लागि धेरै पटक नगरपालिका धाउनुपर्ने बाध्यताबाट वडावासीहरु मुक्त हुने भएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.