झापामा पौडी खेल्न गएका दुई बालबालिकाको डुबेर मृत्यु

झापामा पौडी खेल्न गएका दुई बालबालिकाको डुबेर मृत्यु
सुन्नुहोस्

झापा : झापाको बाघे खोलामा पौडी खेल्ने क्रममा दुई बालबालिकाको डुबेर मृत्यु भएको छ। 

डुबेर मृत्यु हुनेमा कनकाई नगरपालिका-१ स्थित सिर्जना टोल निवासी विजय भुजेलको ४ वर्षीया छोरी निशा भुजेल र सोही ठाउँका देवीमाया जोगीको ३ वर्षीय छोरा कुमार जोगी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। 

प्रहरीका अनुसार बिहीबार बेलुका करिब ५ बजेको समयमा भुजेलको घर देखि पूर्वमा रहेको बाघे खोलामा उनीहरू पौडी खेल्न गएका थिए। दुई जनामध्ये बालिकाको निशाको घटनास्थलमै र बालक कुमारको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको डीएसपी रिजालले बताए। 

खोलामा बालबालिका डुबेर देखेर गाउँमा थोत्रा सामग्री संकलन गर्न हिँड्नेहरूले स्थानीयलाई खबर गरेका थिए। त्यसपछि छरछिमेकसहित इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोली घटनास्थलमा पुगेका थिए। 

एकै गाउँका दुई बालबालिकाको मृत्युले कनकाई-१ स्थित सिर्जना टोलवासी शोकमा डुबेको छ। बालबालिकाको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.