बाँदर लखेट्न जाँदा आफैंले बोकेको बन्दुक पड्किएर एक जनाको मृत्यु

बाँदर लखेट्न जाँदा आफैंले बोकेको बन्दुक पड्किएर एक जनाको मृत्यु
सुन्नुहोस्

सन्धिखर्क : अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-७ मा आफैंले बोकेको भरुवा बन्दुक पड्किएर एक जनाको मृत्यु भएको छ।

पानडाँडाका ४५ वर्षीय पदम केसीको आफ्नै बारीमा बाँदर धपाउन जाने क्रममा बन्दुक पड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालले बताए।

आज बिहान सवा ११ बजेतिर आफैंले बोकेको भरुवा बन्दुक पड्किएर घाइते भएका केसीको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।

भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.