जनकपुरस्थित श्रम कार्यालयको बदमासी, कागजात कीर्ते गरी श्रम स्वीकृति

जनकपुरस्थित श्रम कार्यालयको बदमासी, कागजात कीर्ते गरी श्रम स्वीकृति

जनकपुरस्थित श्रम कार्यालयका कर्मचारीको बदमासी थाहा पाएपछि तालुकदार निकाय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग र श्रम रोजगार तथा व्यवसायजन्य विभाग मौन छ ।

काठमाडौं : जनकपुरस्थित श्रम तथा रोजगार कार्यालयका कर्मचारीले गलत कागजात र बिचौलियाको प्रभावमा श्रम स्वीकृति दिने गरेको खुलासा भएको छ । त्यहाँका कर्मचारीले नक्कली कागजात पेश गर्नेहरूलाई समेत श्रम स्वीकृति दिएको पाइएको छ । जसका कारण उनीहरू वैदेशिक रोजगारमा जान बञ्चित हुने गरेका छन् ।

उनीहरूको जहाजको टिकट र श्रम स्वीकृति लिन लागेको खर्च समेत डुब्ने गरेको छ ।  त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयले नक्कली कागजातमा श्रम स्वीकृति लिएकालाई प्रस्थान अनुमति नदिएपछि श्रम तथा रोजगार कार्यालय जनकपुरको बदमासी सार्वजनिक भएको हो । 

त्यहाँका अधिकृत बासुकीनाथ झा, नायव सुब्बा उमेश कुमार दाहाल, अर्का नायब सुब्बा रामबालक यादव र भाषा अनुवाद सम्साद आलमले आर्थिक प्रलोभनमा परी नक्कली कागजातमा श्रम स्वीकृति दिएको स्रोतले बताएको छ । 

जनकपुरस्थित श्रम कार्यालयका कर्मचारीको बदमासी थाहा पाएपछि तालुकदार निकाय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग र श्रम रोजगार तथा व्यवसायजन्य विभाग  मौन छ ।

 मन्त्रालय श्रोतका अनुसार,श्रम कार्यालय जनकपुरले अन्य धेरै बदमासी गरेको र सोको विवरण संकलन गर्ने कार्य भइरहेको छ । स्रोतले भन्यो, 'जनकपुर मात्र होइन हाम्रो पोखरा र विराटनगर कार्यालयबाट समेत बदमासी भएको सूचना पाएका छौं । अध्ययन गरिरहेका छौं । '

तालुकदार निकायले बदमास गर्ने झालगायतका कर्मचारीमाथि छानबिन त परै जाओस् सामान्य सोधपुछ समेत गरेका छैनन् । जनकपुर श्रम कार्यालयले भाषा अनुवादक आलमलाई  जागिरबाट निकालेर घटना सामसुम पार्न खोजेको छ । 

जनकपुरस्थित श्रम तथा रोजगार कार्यालयका सूचना अधिकृत समेत रहेका घटनामा झाले कुवेतको श्रम जारी गर्दा आफूहरूको संलग्नता नरहेको बताए । झाले अन्नपूर्णसँग भने,'अनुवादकले गल्ती गरेको हुनुसक्छ । हामीले त अनुवादकको आधारमा श्रम दिने हो । ’

तर, श्रम कार्यालका कर्मचारीले अनुवादकको संलग्नतामा मात्र श्रम स्वीकृति दिन नमिल्ने बताए ।  मन्त्रालय श्रोतका अनुसार,श्रम कार्यालय जनकपुरले अन्य धेरै बदमासी गरेको र सोको विवरण संकलन गर्ने कार्य भइरहेको छ । स्रोतले भन्यो, 'जनकपुर मात्र होइन हाम्रो पोखरा र विराटनगर कार्यालयबाट समेत बदमासी भएको सूचना पाएका छौं । अध्ययन गरिरहेका छौं । '

पछिल्लो पटक कुवेत जाने तीनजनालाई अध्यागमन कार्यालयले फिर्ता गरेपछि त्यहाँका कर्मचारीको कर्तुत सार्वजनिक भएको हो ।  नक्कली कागजपत्र पेश गरेर श्रम स्वीकृति लिएको पाइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले कुवेत हिँडेका तीनजनालाई प्रस्थान अनुमति दिएको थिएन् ।  

अध्यागमनका अधिकारीहरूले कागजात जाँच गर्दा श्रम स्वीकृतिलगायत उनीहरूको प्रवेशाज्ञा र रोजगार कम्पनीसँग भएको सम्झौता पत्रमा समेत समस्या देखिएको छ । 

अध्यागमनले चन्द्रबहादुर गुरुङ,राजकुमार श्रेष्ठ र काजीराम श्रेष्ठलाई कुवेत जाने अनुमति नदिइ फिर्ता पठाएको थियो । उनीहरूले कुवेतको नक्कली कागजात (Civil Id) पेश गरी श्रम स्वीकृति लिएको खुलेको छ । जबकी कुवेत नपुगी त्यहाँको Civil Id लिन नसकिने जानकारहरू बताउँछन्।

चन्द्रबहादुर र  राजकुमार पहिलो पटक विदेश जाँदै थिए । काजीराम भने यसअघि दुवइ गएका थिए । अध्यागमनका अधिकारीहरूले कागजात जाँच गर्दा श्रम स्वीकृतिलगायत उनीहरूको प्रवेशाज्ञा र रोजगार कम्पनीसँग भएको सम्झौता पत्रमा समेत समस्या देखिएको छ । 

सम्झौता पत्रमा भएको कम्पनीलगायतको विवरण फरक पाइएपछि अध्यागमनका अधिकारीहरूले उनीहरूमाथि थप सोधपुछ गरेका थिए । विमानस्थलस्थित अध्यागमन कार्यालयले थप अनुसन्धानका लागि उनीहरुको राहदानी अध्यागमन विभाग पठाएको थियो ।  नक्कली कागजातमा श्रम स्वीकृति दिएकोबारे अध्यागमन विभागले समेत अनुसन्धान गरिरहेको स्रोतले बताएको छ । 

म कार्यालयका अधिकारीले नक्कली कागजातका आधारमा उनीहरूलाई कसरी श्रम स्वीकृति दिए भन्ने विषय अनुसन्धानको पेचिलो विषय बनेको छ । अर्को मुलकको Civil Id बनाएर उनीहरूले कीर्ते काम गरेको समेत अध्यागमनका अधिकारीहरूले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.