विमानस्थलबाट बरामद सुनको परिमाण जोखिदै

विमानस्थलबाट बरामद सुनको परिमाण जोखिदै
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सुनको तौल जोखिदैछ। सुनको परिमाण के कति छ भनेर राष्ट्रबैंकको टक्सार महाशाखामा सुन पगालिन थालिएको हो।

ब्रेक सुको प्याकिङसहित जोख्दा १५५ किलो भएपनि त्यसमा सुन कति छ भन्ने कुरा जोखिएपछि थाहा हुनेछ। साउन ३ गते विमानस्थलबाट भन्सार चेकजाँच भइ बाहिरिएको एक क्वीन्टल सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो।  बरामद सुन जोख्नका लागि टक्सार महाशाखामा पुर्‍याइएको  थियो।

तर, हालसम्म सुनको तौल जोखिएको थिएन।

सुन मोटरसाइकलको ब्रेक सु र दाह्री काट्ने रेजरमा लुकाएर ल्याइएको थियो। सुन हङकङबाट ल्याइएको खुलेको छ।  सुन प्रकरणको अनुसन्धान सुरुमा राजश्व अनुसन्धान विभागले गरेपनि हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले (सीआईबी) गरिरहेको छ।

सुन तस्करी प्रकरणमा हालसम्म विदेशी नागरिकसहित १६ बढी व्यक्ति पक्राउ परेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.