अझै खुलेन मदन भण्डारी लोकमार्ग

अझै खुलेन मदन भण्डारी लोकमार्ग
सुन्नुहोस्

उदयपुर : वर्षातका कारण दुई दिनदेखि अवरुद्ध मदन भण्डारी स्मृति लोकमार्ग अझै खुल्न सकेको छैन। सडकमा पहिरो झर्ने क्रम नरोकिँदा उदयपुरको उदयपुरगढी गाउँपालिका-५ मौवासी खण्ड आइतबार बिहानैदेखि अवरुद्ध भएको हो।

सडक सुरु गर्न लोकमार्गको आयोजना कार्यालय गाईघाटले आइतबारदेखि नै एक लोडर र तीन वटा जेसिवीसहितका मेसिन प्रयोग गरे पनि सडक सञ्चालनमा आउन सकेको छैन। 

आयोजना प्रमुख (डिई) गोपालप्रसाद खकुरेलका अनुसार यहीँ अनुसार मौसममा सुधार आउन सक्यो भने रातिबाट सुरु हुन सक्ने छ। उनले भने, ‘आइतबार बेलुका सडक सफा गरेर सवारी सुचारु गर्न लाग्दा माथिबाट थप पहिरो बगेपछि काम स्थगन गरेका थियौँ।' ‘जति सफा गर्यो उति नै पहिरो बग्छ,' उनले भने, ‘मौसममा सुधार आउन सकेन भने सवारी सञ्चालन गर्न अझ केही दिन लाग्न सक्छ।'

आयोजना कार्यालयको मेसिनबाट मात्र सम्भव नभएपछि उदयपुरगढी गाउँपालिकाले थप दुई वटा जेसिवी, सशस्त्र र नेपाल प्रहरीको सहयोग गरेको छ। 

मौवासी खोलाको पुल सुरुसँगै सडक फराकिलो बनाई कालोपत्रे बनाउन साथ माथिबाट पहिरो बगेको उनले बताए। ‘सम्भावित पहिरोलाई रोक्न वर्षा सकिएपछि रिटर्नीवाल लगाउने योजना थियो, कार्यान्वयन गर्न नपाउँदै दुःख दियो', उनले भने।

आइतबार बिहान ३ बजे गएको पहिरोले लोकमार्गको ५० मिटर सडक पुरेको छ। मौवासीदेखि एक किलोमिटर पर राईटोलमा गएको पहिरो भने सफा पछि सुरु गरिएको प्रमुख खकुरेलले जानकारी दिए। 

सडक अवरुद्ध भएसँगै पूर्व र पश्चिमबाट छुटेका लामो तथा छोटो दुरीका सवारी साधनलाई गाईघाट र कटारीबाटै महेन्द्र राजमार्ग हुँदै पठाउने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयका एसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए। 

सडकको कामलाई सहज रूपले गर्न ट्राफिक प्रहरीको सहायतामा गाईघाट र कटारीबाट डाइभर्सन गरिएको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.