दोलखा बिगु पहिरो : बाबु छोरा दुवैको शव भेटियो
दोलखा : बिगु गाउँपालिका-७ मा निगुरो टिप्न जादा पहिरोमा पुरिएर बेपत्ता भएका बाबु छोराको शव फेला परेको छ।
३५ वर्षीय निम्दोर्जे शेर्पा र उनका १२ वर्षीय छोरा पासाङ शेर्पा बिगु नजिकैको टोर थामी भन्ने जंगलमा निगुरो टिपेर फर्कने क्रममा माथिबाट खसेको पहिरोमा परेर बेपत्ता भएका थिए।
तोथाङ खोल्साबाट आएको पहिरो र बाढीले बगाएका बाबु छोरामध्ये छोराको शव आइतबार तिनपाटे खोलाको दहमा भेटिएको हो।
बाबुको शव आज सोमबार छोराको शव भेटिएको भन्दा केही तल भेटिएको वडाध्यक्ष दलबहादुर श्रेष्ठले जानकारी दिए। उनका अनुसार दुवैको शवलाई सदरमुकाम चरिकोट ल्याउने तयारी भइरहेको छ।