जिल्ला अस्पताल फाप्लुमा अप्रेसन सेवा सुरु

जिल्ला अस्पताल फाप्लुमा अप्रेसन सेवा सुरु
सुन्नुहोस्

सोलुखुम्बु  : विशेषज्ञ चिकित्सक नहुँदा करिब एक महिनादेखि बन्द भएको अप्रेसन सेवा पुनः सुरु भएको छ। एमडीजीपी डाक्टर नहुँदा साउन १ गतेबाट ठप्प बनेको अप्रेसन सेवा करिब एक महिनापछि आजबाट सुरु भएको हो। जिल्ला अस्पतालमा मातृ तथा नवशिशु कार्यक्रम काठमाडौंले विशेषज्ञ डाक्टर सुरेन्द्र शाक्यलाई खटाएको अस्पतालका निमित्त प्रमुख शानी शेर्पाले जानकारी दिए। 

उनका अनुसार डा. शाक्य सोमबार बेलुका अस्पतालमा आइपुगेसँगै आजबाट २४ सै घण्टा अप्रेसन सेवा सुरु भएको हो। 

उनलाई एक वर्षको करार सम्झौता गरी मन्त्रालयले खटाएको अस्पतालले जनाएको छ। यसअघि करारको विशेषज्ञ डाक्टर अजय चौधरीको करार सम्झौता अवधि सकिएसँगै यही साउन १ गतेदेखि जिल्ला अस्पताल विशेषज्ञ डाक्टरविहीन भएको थियो। जसका कारण अस्पतालको अप्रेसन सेवा रोकिएको थियो। 

यद्यपि अस्पतालमा मेडिकल अधिकृत(विरामी जाँच गर्ने) डाक्टर ३ जना रहेका थिए। उनीहरूबाट उपचार सेवा नियमित प्रवाह भइरहेको अस्पताल निमित्त प्रमुख शेर्पाले बताए। यससँगै जिल्ला अस्पतालमा कुल डाक्टरको संख्या ४ पुगेको छ। 

अब गर्भवती, सुत्केरी तथा अन्य अप्रेसन गर्नुपर्ने  बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्य हटेको फाप्लु अस्पतालले जनाएको छ। 

अस्पतालमा विशेषज्ञ चिकित्सक व्यवस्थापनका लागि सोलुदूधकुण्ड नगरपालिका, अस्पताल व्यवस्थापन समिति लगायतले सहयोग र समन्वय गरेको जनाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.