१७९ यात्रुसहित उड्नै लागेको विमानमा जब समस्या आयो...

एक घन्टापछि विमानस्थल सुचारु

१७९ यात्रुसहित उड्नै लागेको विमानमा जब समस्या आयो...
सुन्नुहोस्

काठमाडौं : भारतको राजधानी नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा समस्या आएको छ। रनवेमै गएर प्राविधिक समस्या आएपछि ट्याक्टरले तानेर जहाजलाई पार्किङस्थल पुर्‍याइएको विमानस्थल कार्यालयले जनाएको छ। 

मंगलबार अपरान्ह ४:१० बजे दिल्ली जान लागेको उक्त विमानको ब्रेकमा समस्या आएको विमानस्थलका प्रवक्ता सुवास झाले बताए। उनका अनुसार विमानमा १७९ यात्रु छन्। 
रनवेमै विमानमा समस्या आएपछि दुई अन्तर्राष्ट्रिय र आन्तरिकतर्फ ७ वटा विमान आकाशमै होल्ड भएको विमानस्थले कार्यालयले जनाएको छ। 

कतार र थाइल्यान्डबाट आउन लागेको विमान र नेपालका विभिन्न क्षेत्रबाट आएका विमान आकाशमा होल्ड भएको प्रवक्ता झाले बताए।

करिब एक घन्टापछि विमानस्थल सुचारु भएको उनले बताए। 'समस्याग्रस्त एयर इन्डियाको विमानलाई सुरक्षित पार्किङस्थलमा ल्याइएको छ। रनवे खाली भएपछि होल्ड भएका विमानहरूलाई अवतरण अनुमति दिइसकिएको छ,' अन्नपूर्णसँग उनले भने। 

null

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.