प्रधानमन्त्रीले भने- माधव नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान गर्न अदालतले आदेश दिनु आश्चर्यजनक

प्रधानमन्त्रीले भने- माधव नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान गर्न अदालतले आदेश दिनु आश्चर्यजनक
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतको आदेशप्रति आश्चर्य प्रकट गरेका छन्। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई समेत अनुसन्धानको दायरामा ल्याउन आदेश दिएपछि उनले आश्चर्य प्रकट गरेका हुन्।

मंगलबार सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै उनले अनुसन्धान प्रक्रियाबाटै सरकारले त्यस ठाउँमा पुग्ने तयारी गरिरहेको बताए। 'ललिता निवास जग्गा प्रकरणमा हामीले गहन ढंगले अनुसन्धान र कारबाही थालेकै थियौं। कुनै न कुनैरूपले हामी पूर्वप्रधानमन्त्रीद्वयसम्म पनि पुग्थ्यौं नै। तर अदालतले यो कुरा बीचमै किन ल्यायो बुझ्न सकेको छैन,' प्रधानमन्त्री दाहालले भने।

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै उनले दाहालले भने, 'अदालतको आदेश र संसद विघटन गर्ने शक्तिबीच कुनै तालमेल त छैन भनेजस्तो लाग्छ बेला बेला। यो हामीले खुला आँखाले देखेजस्तो मात्रै छैन।'

अदालतको आदेशपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पूर्वप्रधानमन्त्रीद्वयलाई बयान लिने तयारीसमेत गरेको छ। व्युरोले सोमबार पूर्व मुख्यसचिव लीलामणि पौडेलसँग बयान लिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.