उदयपुरमा भैंसी चोरीको आरोपमा भारतीय नागरिक पक्राउ

उदयपुरमा भैंसी चोरीको आरोपमा भारतीय नागरिक पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

उदयपुर : भैंसी चोरीको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुवनीग्राम पंचायत लालमनियाथाना लौकाह २ का ३० वर्षीय दिपुकुमार भिमदवार यादव रहेका छन् । 

    
मंगलबार बेलुकी त्रियुगा नगरपालिका ५ देउरीका धुव्रबहादुर खड्काको गोठमा बाँधेको भैसी चोरी गरी लैजाँदै गरेको इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीको टोलीले यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिनन्दन चौधरीले जानकारी दिए । 
    
आरोपितले अर्को गाउँमा मेरो भैंसी ७५ हजाबमा किन भन्दै हिंडेका अवश्थामा भैंसीसहित पक्राउ परेको उनले बताए । यादवलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया सुरु गरिएको डिएसपी चौधरीले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.