सिम्रिक एयरको उडान बन्द गरेकोप्रति ओलीको आक्रोश

सरकारले व्यवसायीलाई विभिन्न बहानामा आतंकित पार्‍यो : ओली

सरकारले व्यवसायीलाई विभिन्न बहानामा आतंकित पार्‍यो : ओली
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले व्यवसायीहरूलाई विभिन्न बहानामा आतंकित पारेको बताएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा उनले उद्यमी-व्यवसायीलाई आतंकित पारेर सरकार साहुजी बन्न खोजेको आरोप लगाएका हुन्।

सरकारले आफू अनुकुलका व्यवसायीलाई पोसेको उनले आरोपसमेत लगाए। सिम्रिक एयरको हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाएकोप्रति अध्यक्ष ओली आक्रोशितसमेत बने।

'उद्यमी व्यवसायीहरूको डिलिङमा पनि हामीले देखेका छौं। कसलाई असहयोग गर्ने, कसलाई तर्साउने। सिम्रिकको हेलकोप्टरले ४७ लाख बाँकी नतिरेको भन्दै उडान बन्द गरिदियो सरकारले। कति बाँकी छ, तिर्छु भनेर जाँदा एक लाख बाँकी रहेछ। एउटा हेलिकोप्टर कम्पनी पहिल्यै बन्द गरिहाल्यो। भरे खोज्दै जाँदा एक लाख रहेछ। त्यो त उद्यमी व्यवसायीलाई तर्साउने आतंकित पार्ने बहानामात्र हो,' ओलीले भने।

सरकारले यस्ता खाले हर्कत देखाएर गैरजिम्मेवार बनेको उनको भनाइ छ। 'सरकारले कसैलाई पनि आरोप लगाएर हतकडी लगाउनसक्ने भयो। यस्तो गैरजिम्मेवार सरकार बन्नसक्छ भने जनताले के अपेक्षा गर्ने?,' उनले प्रश्न गरे।

आर्थिक मन्दीको बेला सरकारले उद्यमी व्यवसायीलाई सहयोग गर्नुपर्नेमा उल्टै आतंकित पारेकोप्रति उनले दुखेसो पोखे। 'उद्योग बन्द हुँदैछ। सरकारलाई मतलब छैन।  व्यवसाय ठप्प छ। सरकारलाई मतलब छैन। ऋणको व्यवस्था वा त्यसलाई कसरी सहज बनाउन सकिन्थ्यो। तर सरकारको वास्तै छैन यी कुरामा,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.