साउदीमा अलपत्र ७ नेपाली स्वदेश फिर्ता, १५ जना आउन बाँकी

साउदीमा अलपत्र ७ नेपाली स्वदेश फिर्ता, १५ जना आउन बाँकी
सुन्नुहोस्

साउदी : साउदीको रियाद सहरमा अलपत्र परेका सात नेपाली स्वदेश फिर्ता भएका छन् । काठमाडौंमा रहेको टारगेट एचआर सोलुसन मेनपावरबाट रोजगारीका क्रममा साउदी अरेबिया पुगेका २२ जना नेपालीमध्ये ७ जना स्वदेश फिर्ता भएका हुन् । 

नेपालमा गरेको सम्झौता अनुसार  ८  घण्टा काम गरे बापत एक हजार  २ सय  साउदी रियाल दिने,  लगातार १० घण्टा सम्म काम गरे महिनाको १५ सय रियलसम्म हुने  आश्वासनमा उनीहरू साउदीको रिकन्स्ट्रक्सन एन्ड कन्ट्रोल  फर कन्ट्याटिङ इस्ट नामक कम्पनीमा ड्राइभरका रूपमा काम गर्न साउदी पुगेका थिए । तर, उनीहरूलाई सम्झौता अनुसारको काम नभएको र सम्झौता विपरित जबरजस्ती कुकुर मार्ने काममा लगाइएको थियो । 

उनीहरूले उद्दारको लागि अन्तराष्ट्रिय रोल्पाली समाज साउदी, नेपाली साझा मञ्च, नेपाली रेष्टुरेन्ट लालीगुराँस रियादलाई उद्दारका लागि अनुरोध गरेका थिए। उद्दार सहजीकरणका लागि नेपाली दूतावास रियादसँग सहकार्य गरी सम्बन्धित मेनपावर र कम्पनीसँग समन्वय गरेका थिए।  दूतावासको सहयोगमा उनीहरू आवश्यक प्रक्रिया पूरा गरी स्वदेश फिर्ता भएका हुन्  ।

बाँकी रहेका पीडितलाई  उद्दार गर्नेका लागि मेनपावरले ४५ दिन लिखित रुपमा माग समेत गरेको छ । अलपत्र परेका नेपालीका आफन्तले मेनपावरविरूद्ध वैदेशिक रोजगार विभागमा उजुरी दिनासाथ मेनपावर सञ्चाल दिपक बस्नेतले वैदेशिक रोजगार विभागसँग साउन १८ गते उद्दारको लागि ४५ दिनको समय मागेका थिए।

 बाँकी रहेका पीडित भन्छन्,'हामीलाई सुरुमा  सम्झौता विपरित काम गर्न लगाइयो र ६ महिनासम्म  काम गर्दा २ महिनाको तलब मात्रै दियो  । बाँकी तलबको कुरा गर्दा ,इकामा आइडी नबनाइदिने,  काम रोकेर राख्ने,  कार्यरत ठाउँबाट स्तान्तरण गरी अर्को ठाउँमा लगिएर राख्ने  र  धम्की दिने गरियो।'

पीडितका अनुसार ३ महिनादेखि  कुकुर मार्ने काममा जबर्जस्ती लगाइ अलपत्र पारेको हो। पीडितलाई केही दिनका लागि नेपाली रेष्टुरेन्ट लालीगुराँस बथाले खाद्यान्य सहयोग गरेको छ । साथै यसअघि दूतावासको आग्रहमा मेनपावरले समेत खाद्यान्न सहयोग गरेको थियो ।

नेपाली दूतावास रियादले सम्बन्धित मेनपावर र सम्बन्धित कम्पनीसँग सहकार्य गरी आवश्यक प्रक्रिया अनुसार चाँडै उद्दार गर्न आग्रह समेत गरेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.