दुर्गममा १२ बजेपछि पनि उडान

दुर्गममा १२ बजेपछि पनि उडान
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गम स्थानमा दिउँसो १२ बजेपछिका अतिरिक्त उडानमा लगाएको प्रतिबन्ध हटाएको छ। तर, प्राधिकरणले त्यस्ता उडानका लागि केही सर्त भने राखेको छ। प्राधिकरणले बिहीबार चारबुँदे निर्णय सार्वजनिक गर्दै १२ बजेपछिका उडानमा प्रतिबन्ध फुकुवा भएको जनाएको हो। 

प्राधिकरणले साउन १८ गते दिउँसो १२ बजेपछि अतिरिक्त समयमा उडान नगराउने निर्णय गरेको थियो। प्राधिकरणको निर्णयका कारण कर्णालीलगायत दुर्गम स्थानका हवाई उडान ठप्प भएका थिए। उडान नहुँदा कर्णालीका गम्भीर प्रकृतिका बिरामीले उपचार नपाउने अवस्था सिर्जना भएको थियो। कर्णालीका सांसद, नागरिक समाज, कर्णाली प्रदेश सरकार र व्यवसायीले प्राधिकरणको निर्णय सच्याउन दबाब दिएका थिए। 

नागरिक तहको दबाबपछि दुई हप्ता पनि नपुग्दै प्राधिकरणले आफ्नो निर्णय सच्याएको छ। पर्यटनमन्त्री सुदन किरातीको पहलमा प्राधिकरणले आफ्नो निर्णय सच्याएको मन्त्रालय स्रोत बताउँछ। निजी उड्डयनलगायत समग्र उड्डयन क्षेत्रको हितमा र नागरिकप्रतिको उत्तरदायित्वका कारण मन्त्री किरातीले नै उडान प्रतिबन्ध खुलाउन प्राधिकरणलाई भनेको मन्त्रालय स्रोतको भनाइ छ।

बिहीबार साउन ३२ गते मध्याह्नबाट नै लागू हुने गरी प्राधिकरणले पहाडी तथा हिमाली जिल्लाहरूमा १२ बजेपछि उडानमा लगाएको प्रतिबन्ध फुकुवा गरेको निर्णय सार्वजनिक गरेको छ। प्राधिकरणले चारबुँदे निर्णय जारी गरेको छ। उक्त निर्णयमा भनिएको छ, ‘स्टल (पहाडी तथा हिमाली जिल्लाहरूमा हुने उडान) विमानस्थलमा अतिरिक्त समयमा उडान सञ्चालन गर्नुपूर्व गन्तव्य, हवाईमार्ग र वैकल्पिक विमानस्थलमा भएको मौसमको भीएमसी (भिजुअल मेट्रोलोजिकल कन्डिसन) मौसम उडान योग्य भए, नभएको जानकारी) कायम भएको सुनिश्चित गरी प्रमुख चालक र डिस्प्याचरको लिखित घोषणापश्चात् मात्र उडान अनुमति प्रदान गरिनेछ।’ 

पडाडी जिल्लामा उडानका लागि फ्लाइट अपरेसन अफिसर (एफओओ) व्यवस्थालाई अनिवार्य भनिएको छ भने इन्रुट (उद्गम विमानस्थल र गन्तव्य विमानस्थलबीचको हवाई मार्ग) मौसमको उपलब्धतता बारे अध्ययन गर्न प्राधिकरणका उपमहानिर्देशकको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गरिएको उल्लेख छ। 

आफ्नो निर्णयमा नै अडिग नरही सच्याउनु प्राधिकरणको परिपक्वता नदेखिएको प्राधिकरणका पूर्वनिमित्त महानिर्देशक मोहन अधिकारी बताउँछन्। ‘यदि छिट्टै आफ्नो सर्कुलरबाट हट्नु थियो भने त्यस्तो अपरिपक्व निर्णय किन ग¥यो प्राधिकरणले ?’ अधिकारीको प्रश्न छ, ‘पहाडी जिल्लावासीलाई दुःख दिने काम किन ग¥यो भन्ने प्रश्न पनि जन्माएको छ ?’ प्राधिकरणले आवश्यकताभन्दा अनुकूलतामा आधारित भएर निर्णय परिमार्जन गरेको हुन सक्ने अधिकारीले बताए। 

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी इन्जिनियरिङ पृष्ठभूमिका भएकाले निर्माणका बारेमा थाहा भए पनि उड्डयन क्षेत्रको नियमनबारे अनुभव नभएकाले निर्णयमा कमजोरी देखिने गरेको पूर्वनिमित्त महानिर्देशक मोहन अधिकारी बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.