सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै, प्रदेशमा सार्बजनिक विदा

सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै, प्रदेशमा सार्बजनिक विदा
बैतडीको पाटन – ८ मा बुढी हालिंदै। तस्बिरः कृष्ण बिष्ट।
सुन्नुहोस्

बैतडी : सुदूरपश्चिममा ओल्के पर्व मनाइँदैछ। भाद्र १ गते संक्रान्तिलाई ओल्के पर्वको रुपमा मनाउने गरिएको छ । सुदूरपश्चिममा ओल्के पर्वलाई चाँडबाँड भित्रिएको संकेतको रुपमा लिइने भएकाले यस पर्वलाई जेठो पर्व मानिन्छ।  

ओल्के भन्नाले कोसेली भन्ने बुझिन्छ । नयाँ उब्जनी भएको कृषि उपजलाई देवताको नाममा चढाउने र त्यसपछि आफूभन्दा ठूलाबडा मान्यजन, इष्टमित्र, ज्येष्ठ नागरिकलाई दिने कोसेलीको रुपमा दिने गरिन्छ जसलाई ओल्को दिएको भनिन्छ । जस्ते नायाँ उब्जनी भएको मकै, कर्कलोको भित्रि पात लगायतका नयाँ उब्जनी चिजवस्तुलाई देवताको थानमा चढाउने गरिन्छ । त्यसपछि मात्रै खाने गरिन्छ। 

नयाँ उब्जेको कृषि उपजलाई देवतालाई चढाएपछि मात्रै खाने चलन रहेकाले नयाँ उब्जनीलाई देवताको थानमा चढाउने गरिएको पाटन नगरपालिका–१० की सिता बिष्टले बताइन् । साउनको अन्तिम दिन र भदौको पहिलो दिनमा विशेष महत्वका साथ ओल्के पर्व मनाइने परम्परा रहेको उनले बताइन् । 

बारीमा फलेको फल, अन्न तथा सागपात देवी देवातालाई चढाएर मात्रै खानुपर्ने मान्यताले नयाँ कृषि उपजलाई देवताको थानमा लगेर चढाइन्छ। ओल्के पर्वपछि लगत्तै तीज, गौरा पर्व, दसैं, तिहार लगायतका चाड आउने भएर यसलाई चाड लागेको संकेत दिने पर्वको रुपमा शिवदत्त अवस्थीले बताए। 

बुढी पनि हालिंदै

ओल्के पर्वकै दिन बुढी हाल्ने पर्व पनि मनाइन्छ। रुख तथा झ्याङलाई काटेर कुनै सार्वजनिक स्थानमा गाड्नुलाई बुढी हालेको भनिन्छ। 

त्यो गाडेको रुख तथा झ्याङमा भदौ महिनाभर प्रत्येक दिन हाङ्गा बुटाहरु थप्दै असोज एक गतेको दिन पोल्ने गरिन्छ। असोज १ गतेलाई बुढी पोल्ने पर्वको रुपमा मनाउने गरिएको छ । 

यस अनुष्ठानलाई द्वापरकालीन मथुराकी पुतनाको कथासँग पनि जोडिएको छ। भगवान् श्रीकृष्णलाई पुतनाले विषालु स्तनपान गराएको र श्रीकृष्ण भगवानले पुतनाको स्तन चुसेर मारेपछि पुतनाको भयानक रूप पैदा भएको तथा मरेको लासलाई हटाउन नसकेपछि गोकुलवासीले टुक्राटुक्रा पारेको दिनको सम्झनामा बूढी हाल्ने र असोज १ गतेका दिन पोल्ने चलन रहेको मान्यता छ। 

यसलाई सिंह सङ्क्रान्ति पनि भनिन्छ। यो पर्व नेपालको सुदूरपश्चिमका साथै भारतको कुमाउँ गढवालतिर पनि मनाइन्छ। ओल्के संक्रान्तिको अवसरमा प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.