पर्यटकलाई पदमार्ग

पर्यटकलाई पदमार्ग
हतुवागढी गाउँपालिकामा रहेको ऐतिहासिक पदमार्ग सरसफाइमा स्थानीय।
सुन्नुहोस्

भोजपुर : ऐतिहासिक हतुवागढी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन  पदमार्गको प्रवद्र्धन थालिएको छ। हतुवागढी गाउँपालिकाको जोरआहाले, शंखामचुली र दिमालुङमा पर्यटकीय पदमार्ग निर्माण सुरु गरिएको हो।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण उक्त क्षेत्रमा गाउँपालिकाले १ करोड ३४ लाख रुपैयाँको लागतमा पदमार्ग निर्माण गर्ने जनाइएको छ। हतुवा क्षेत्रलाई मुख्य पर्यटनसँग जोड्ने लक्ष्यले पदमार्ग निर्माण थालिएको गाउँपालिकाले जनाएको छ। विशेषगरी आन्तरिक तथा बाह्य पर्यटन भित्र्याएर गाउँपालिकालाई आर्थिकोपार्जनसँग जोड्न सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए। 

‘गाउँपालिकालाई मुख्य पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न बहुप्रतिष्ठित पर्यटकीय पदमार्ग निर्माणमा लागेका छौं,’ उनले भने, ‘पदमार्गको करिब ६ किलोमिटर निर्माणकार्य अन्तिम चरणमा छ। यसको थप विस्तार तथा विकासका लागि बजेट विनियोजन गरेका छौं।’ यो आर्थिक वर्षमा पदमार्गको थप विकास तथा विस्तारका लागि गाउँपालिका र केन्द्र सरकारको साझेदारीमा १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको निरौलाले जानकारी दिए।

पूरै गाउँपालिकालाई नै पर्यटनसँग जोड्ने भएकाले पदमार्गलाई गौरवको आयोजनाको रूपमा राखेर काम अघि बढाइएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए। अध्यक्ष राई भन्छन्, ‘भोजपुरलाई तराईसँग जोड्ने चुहारको निर्माणाधीन पक्की पुल बनेपछि पर्यटन प्रवद्र्धनमा सहज हुनेछ। भविष्यमा आन्तरिक तथा बाह्य पर्यटनको दृटिकोणले गाउँपालिकाको विकासमा यसले महŒवपूर्ण भूमिका खेल्नेछ।’

हतुवागढी पोखरीलाई आधार मानेर पदमार्ग निर्माण भइरहेको छ। दूधकोसी नदीको चुहारमा पक्की पुलको काम सकिएपछि धरान, इटहरी, विराटनगरबाट ६५ किलोमिटर दूरीमा रहेको गाउँपालिकाको केन्द्र घोडेटारमा पर्यटकको आगमनमा वृद्धि हुने अध्यक्ष राईले सुनाए। 

पदमार्गबाट मनोरम हरियाली पहाडी थुम्कासँगै खर्कहरूको दृश्यले पर्यटकलाई मोहित गराउँछ। दक्षिणी क्षेत्रबाट तराई जिल्लाबाट नजिक पर्ने भएकाले दूधकोसी नदीमा पुल निर्माणपछि यहाँ पर्यटकको संख्या बढ्ने देखिन्छ। यहाँ आउने पयर्टकलाई दुई दिनसम्मको पदमार्गलाई विस्तार थालिएको गाउँपालिकाले जनाएको छ। 

विशेषगरी भोजपुरको ऐतिहासिक किरात राजाहरूले शासन गरेको गढी अर्थात् क्षेत्र पनि पदमार्गले जोड्ने भएकाले यहाँको ऐतिहासिकताको पनि जगेर्ना भइरहने वडा–९ का वडाध्यक्ष सञ्जल राईले बताए। पदमार्गको माध्यमबाट ऐतिहासिक हतुवाको प्रवद्र्धन हुने उनले बताए।

‘यहाँका ऐतिहासिक क्षेत्रको विकासमा ध्यान दिएका छौं। यसलाई पर्यटकीय क्षेत्र बनाएर गाउँपालिकाको आर्थिक पक्षमा जोड्न लागि परेका छौं।’ वडाध्यक्ष राईले भने ‘पदमार्गको विकाससँगै हतुवा क्षेत्रका सम्पूर्ण ऐतिहासिक, सांस्कृतिक र धार्मिक क्षेत्रको पनि प्रवद्र्धनमा टेवा पुग्ने देखिन्छ।’ यसलाई ऐतिहासिक पदमार्गको रूपमा विस्तार गर्ने लक्ष्य लिइएको छ। घोडेटार बजारबाट नजिक रहेको पदमार्गमा घुम्न आउने आन्तरिक पर्यटक बढ्दै छन्।  

समुद्री सतहदेखि करिब १ हजार ८ सय ६५ मिटरको उचाइमा रहेको पदमार्गको शंखामचुली डाँडाबाट तराई फाँट, विभिन्न मनोरम हिमशृंखला नियाल्न सकिन्छ। जैविक विविधता र सुन्दरताले पदमार्गको थप सौन्दर्य बढाएको छ। प्रचारप्रसारको कमीले गर्दा ओझेलमा परेको पदमार्गको प्रवद्र्धनमा लाग्नुपर्ने गाउँपालिकाकी उपाध्यक्ष सुनिता किरातीले सुझाइन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.