कबड्डीको विशेष प्रशिक्षण

कबड्डीको विशेष प्रशिक्षण
सुन्नुहोस्

काठमाडौं : चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदको विशेष प्रशिक्षणका लागि महिला कबड्डी टोली शनिबार भारत जाने भएको छ।  टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले शुक्रबार बिदाइ गरेका थिए। 

नेपाली टोलीमा मेनुकाकुमारी राजवंशी (कप्तान), मानमति विष्ट, अनुजा कुलुङ राई, नीतु गुरुङ, रबिना चौधरी, सुनिता थापा, सिर्जनाकुमारी थारु, जयन्ती बडु, अर्पणा चौधरी, गंगा चौधरी, इशा राई र कलावती पन्त छन्।  प्रशिक्षकमा पार्वती राई र विष्णुदत्त भट्ट तथा व्यवस्थापकमा कृष्णदेव पन्त छन्। 

नेपाली टोली भारतको हरियानास्थित गुरुकुल एकेडेमीमा ३० दिनसम्म प्रशिक्षणमा रहने अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जानकारी दिए।  त्यस अवधिमा टोलीले सात वटा मैत्रीपूर्ण खेल पनि खेल्नेछ। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.