पर्खाइ

पर्खाइ
सुन्नुहोस्

यो सडकपेटी मेरो आँगन हो  यो बाटोको छेउछाउ मेरो मुटुको किनार हो जहाँ बिना रोकटोक  बिना हिच्किटाहट बाटैबाटो भएर  तिमी मलाई भेट्न सक्छौं।

यो बाटो मेरो रहर हो 

जहाँ बेलगाम यो मेरो मन 
नागबेली भएर अर्थात् 
बाटैबाटो भएर तिमीलाई हेरेर फर्कन्छ।

यो सडकपेटी मेरो आँगन हो 
यो बाटोको छेउछाउ मेरो मुटुको किनार हो
जहाँ बिना रोकटोक 
बिना हिच्किटाहट बाटैबाटो भएर 
तिमी मलाई भेट्न सक्छौं।

प्रेम वृक्षहरू हुन्
बाटो छेउछाऊका बोटहरू 
मेरा लागि रोपिएका 
जहाँ प्रेम भुइँमा खस्छ भन्ने भ्रान्ति हुन्न
तिनले तिमी जिउँदो भएको र मुस्कुराएको 
मलाई आभास दिलाउँछन्।

बाटोमा हिँड्ने मानिसहरू 
शान्तिका दूतहरू हुन्
जो आफ्ना दु:खलाई बिर्सेर 
एकअर्काको खबर आदान–प्रदान गर्छौं।

सारा व्यस्तताबाट
बाहिर निक्लेर त आऊ
तिम्रो बोलीको जादु सुन्न
कति उत्सुक छु म प्यारी 
कसम ! हजारौं बाटो भएर बाटोसम्म 
तिमीलाई आजन्म पर्खिरहेको छु।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.