सशस्त्र प्रहरी एसपी थपलियाको मृत्यु

सशस्त्र प्रहरी एसपी थपलियाको मृत्यु

वीरगन्ज : पर्सामा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको मृत्यु भएको छ ।वीरगन्जस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ४४ वर्षीय सुमन थपलियाको शनिबार निधन भएको हो ।

वीरगन्जस्थित बयोधा मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो १ बजेतिर उनको निधन भएको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले जानकारी दिए।

उनको हृदयाघात (हार्ट अट्याक)बाट मृत्यु भएको अस्पतालले जनाएको छ ।

शनिबार बिहान ११ बजेतिर गण परिसरमै रहेको आवासमा रहेका बेला  थपलिया अचानक अचेत भएर लडेका थिए । लगत्तै उनलाई उपचारका लागि बयोधा मेडिसिटी अस्पतालमा लगिएको थियो ।

नुवाकोटका स्थायीवासी रहेका थपलियाको काठमाडौंमा पनि घर छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.