रेविजबारे ज्ञान नहुँदा दुई जनाको ज्यान गुम्यो

रेविजबारे ज्ञान नहुँदा दुई जनाको ज्यान गुम्यो

गुलरिया : केही महिनाअघि बर्दियाको गुलरिया नगरपालिकाका दुई जनाले रेविज रोगका कारण ज्यान गुमाए। कुकुरले टोकेपछि समयमै रेविज विरुद्धको सुई नलगाउँदा उनीहरूको मृत्यु भयो। 

रेविजकै उनीहरूको ज्यान गएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए। 'करिव २ महिना अघि कुकुरको टोकाइमा परेका ९ वर्षीय बालकलाई भ्याक्सिन लगाउन ढिलाइ गरे। अस्पताल ल्याउँदा रेविज लागेर पानीबाट डराउने समस्या भइसकेको थियो। बालकको थप उपचारका लागि टेकु अस्पताल पठायौं। अस्पताल जाँदा जाँदै नौविसेमा बालकको मृत्यु भयो,' उनले भने। मथुरामा पनि चेतना अभावले समयमै सुई नलगाउँदा एक जना मानिसको मृत्यु भएको छ।

पछिल्लो समय कुकुर लगायत जोखिम भएका जनावरको टोकाई पछि रेविज विरुद्धको सुई लगाउने मानिस धेरै छन्। एकाध मानिसहरू चेतना अभावले झारफुक पनि गर्ने गर्छन्। जुन कारणले उनीहरू जोखिममा पर्छन्। 

उनले भने, 'रेविजबाट मानिसले अज्ञानमै ज्यान गुमाउने गर्छन्। गत वर्ष रेविज विरुद्धको सुई धेरै खपत भयो र बर्दियामा अभाव झेल्नु पर्‍यो। बर्दिया अस्पताल लगायत स्वास्थ्य चौकीहरूलाई रेविज विरुद्धको भ्याक्सिन उपलब्ध गराइएको छ। जिल्लामा लामो समयदेखि भ्याक्सिन अभाव हुँदा बिरामीहरू समस्या झेल्दै चर्को मूल्यमा भ्याक्सिन किन्न बाध्य थिए। 

स्वास्थ्य प्रमुख गिरीका अनुसार २ सय ८० भाइल रेविज विरुद्धको भ्याक्सिन बर्दियामा आएको छ। बर्दिया अस्पतालमा १ सय ६०, ठाकुरबाबामा ४०, राजापुर ४० र बारबर्दिया स्वास्थ्य चौकीमा ४० भाइल भ्याक्सिन प्राप्त भएको छ। 

हाल उपलब्ध भएको भ्याक्सिनले २ महिना धान्ने अस्पतालका प्रमुख डाक्टर सुभाष पाण्डेयले बताए। हामीले पाएको भ्याक्सिन १५ सय डोज हुन्छ। अस्पतालमा मासिक २ सय भाइल रेविज विरुद्धको भ्याक्सिन खपत हुन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.