पहिरोले पुर्दैछ फेवाताल

पहिरोले पुर्दैछ फेवाताल

बर्सेनि ताल पुरिँदा तालको गहिराइ, लम्बाइ कति घटेको छ भन्ने तथ्यांक भने कुनै सरकारी निकायले अध्ययन गरेर राखेको पाइँदैन।

पोखरा : पोखरामा ठूलो वर्षा हुँदा तालको जलाधार क्षेत्र (सिरानमा) दर्जनौं ठाउँमा पहिरो जाने गर्छ। तालको सिरानमा पहिरोसँगै बग्ने ढुंगा माटो तालको मुख्य पानीको स्रोत हर्पन खोला हुँदै बर्सेनि तालमा मिसिँदै आएको छ। तालको सिरानका अँधेरी खोला, हाडीखोला हुँदै बगेर आउने माटो, गेग्रयान तालको मुख्य स्रोत खोला हर्पन खोला हुँदै तालमा मिसिन्छ। मुहान क्षेत्रमा जाने पहिरोले यसरी बर्सेनि ताल पुरिने क्रम बढी रहेको छ। विगत १० वर्षमा मात्र यसरी मुहानमा जाने पहिरोको कारण फेवाताल एक हजार रोपनीभन्दा बढी पुरिएको हर्पन फेवा मत्स्य सहकारीका पूर्वअध्यक्ष ज्ञानबहादुर जलारी बताउँछन्। 

हामी पहिले माछा मारिरहेको खपौदी क्षेत्रको ताल क्षेत्र अहिले हेर्दा हेर्दै पुरिएको मात्र होइन पुरिएको जमिनमा स्थानीयले धान रोपेर खेतमा परिणत गरेको उनले सुनाए। कोभिड सुरु भएकै वर्ष ताल पुरिएर जमिन बनेको क्षेत्रमा स्थानीयले धान रोप्न थालेका हुन्। अहिले पनि तालभित्र घुसेको जमिनमा हरियाली धान देख्न सकिन्छ। २०७२ सालको वर्षायाममा तालको जलाधार क्षेत्रको वन नै पहिरोले खस्दा ढुंगा माटो मात्र होइन वनको रुखपातसमेत तालको बाँधसम्म फैलिएको ज्ञानबहादुरले सुनाए। त्यतिबेला ताल कति पुरियो भन्ने यकिन नै गर्न मुस्किल भएको उनले बताए। जलारी समुदायको लाखौंको माछासहितका सय बढी केज त्यही बाढीले परिएपछि केज कल्चर नै हराउँदै गएको पनि उनले सुनाए।

nullताल बर्सेनि कति पुरिएको छ ? ताल पुरिँदा तालको गहिराइ, लम्बाइ कति घटेको छ भन्ने तथ्यांक भने कुनै सरकारी निकायले अध्ययन गरेर राखेको पाइँदैन। तालमा मिसिने खोला, ढलमा जथाभावी फोहोर फ्याँक्दा ताल प्रदूषणको चपेटामा परेको छ। बाथरुम र शौचालयको फोहोर पानीसमेत तालमा मिसिने, नहरमा मिसाउँदा तालको पानीको क्वालिटी कस्तो छ भन्ने समेत जाँचेर रिपोर्ट तयार गर्ने र त्यसैअनुसार ताल संरक्षणको योजना बनाएर काम गरेको पनि पाइँदैन। 

nullतालको सिरानमा जथाभावी खनिएका कच्ची सडकका कारण वर्षायाममा पहिरो जाने गरेको सिमसारविज्ञ राजन सुवेदी बताउँछन्। विभिन्न अध्ययन रिपोर्टले जलाधार क्षेत्र (तालको सिरान) बाट हरेक वर्ष आउने बाढीपहिरोलगायतका कारण करिब १ लाख ४२ हजार टन गिटी, बालुवा र ढुंगा फेवातालमा मिसिने गरेको देखाएका छन्। ताल बर्सेनि मुहानबाट पुरिने क्रम तीव्र छ। तीन तहकै सरकारी निकायले यसबारेमा अध्ययन गरेर रिपोर्ट भने तयार गरेको पाइँदैन। 

nullपोखरा क्षेत्रमा सन् २०२० मा वर्षामापन गर्न थालिएको समयदेखि सबैभन्दा धेरै वर्षा ५ हजार ४ सय ५३ मिलिमिटर वर्षा भएको थियो। यसअघि सन् १९९८ मा ४ हजार ८ सय ७९ मिलिलिटर वर्षा भएको थियो। ठूलो वर्षा हुँदा जलाधार क्षेत्रमा जाने दर्जनौं पहिरो हर्पन खोला हुँदै तालमा मिसिँदा ताल पुरिने क्रम बर्सेनि बढिरहेको छ। अन्नपूर्ण गाउँपालिकाको पाउँदुरको डाँडामा रहेको कमेरो माटोको डाँडा क्षेत्रमा वर्षायाममा जाने पहिरोले सबैभन्दा धेरै ताल पुर्ने क्रम बढेको छ।

२०७२ साल माघ १९ गते फेवातालसहित पोखराका ९ ताल र सेती नदीको केही जलाधार क्षेत्र रामसारमा सूचीकृत भएका छन्। विश्व रामसारमा सूचीकृत भएको फेवातालको संरक्षणमा तीन तहकै सरकारको ध्यान नपुग्दा ताल बर्सेनि साँघुरिँदै जानुको साथै प्रदूषणको चपेटामा समेत पर्दै गएको नागरिक समाज पोखराका पूर्वसंयोजक विष्णुहरि अधिकारी बताउँछन्।

null


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.