पोखरामा नयाँ बुटिक रिसोर्ट

पोखरामा नयाँ बुटिक रिसोर्ट
पोखराको फेवाताल नजिकैको सेदी डाँडामा सञ्चालित रिसोर्ट । कृष्णमणि बराल

पोखरा : नेपाल घुम्न आएका पर्यटकले खर्च गर्न भनेर ल्याएको रकम खर्च नगरी बचाएर लग्ने अवस्था छ। सुविधा सम्पन्न बसोबास र रुचिको खानपानमा  ठूलै खर्च गर्न चाहाने पर्यटकले पनि उपयुक्त होटलको अभावमा कम खर्चमै  नेपालको बसाई सकेर फर्कने अवस्था रहेको व्यवसायी सुनाउँछन्। 

पोखरामा धेरै खर्च गर्नसक्ने पर्यटकलाई लक्षित गरी बनेका सुविधा सम्पन्न होटल कमै छन्। यही अभावलाई केही मात्रामा भएपनि पूरा गर्न पोखरामा दिनकै २ सय ५० देखि ७ सय डलर सम्म खर्च गरेर त्यसै अनुसारको सेवा सुविधा दिने गरी नयाँ बुटिक रिसोर्टको रुपमा दोर्जे फार्म रिसोर्ट प्रालि सञ्चालनमा आएको छ।

नेपाली पर्यटकलाई भने दिनको २५ हजारमा रिसोटले त्यसै अनुसारको सुबिधा दिने गरी शुल्क निर्धारण गरेको रिसोर्टका सञ्चालक कुलबहादुर तामाङ (दोर्जे लामा) ले बताए। ४० वर्ष देखि पर्यटन क्षेत्रमा लाग्दै आएका लामाले पोखरा– १८, फेवाताल किनारको सेदी डाँडामा ३१ रोपनी जग्गामा करिब १ अर्ब रुपैयाँ लगानीमा रिसोट निर्माण गरेर सञ्चालनमा ल्याएका हुन्। 

रिसोर्टका १२ छुट्टा छुट्टै भिल्लामा २३ आकर्षक चाक्ला कोठा र बाथरुम रहेका छन्। रिसोर्टको अकर्षण प्रत्येक कोठाबाट फेवातालको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ। रिसोर्टमा ४ स्विट कोठा रहेको रिसोर्टका अपरेशन म्यानेजर प्रमोद लामिछानेले बताए। रिसोर्टका प्रत्येक कोठामा जान छुट्टा छ्टटै बाटो बनाइएको छ।

रिसोर्टका कोठामा नेपाली उत्पादनको प्रयोग गरी आकर्षक रुपमा सजाईको छ। घरको छत, भुईंमा नेपाली पन झल्कने गरी नेपाली ढुंगाको प्रयोग गरिएको छ। नेपाली गलैचा, नेपाली माटोका भाँडा, कपको प्रयोगलाई रिसोर्टले प्रथामिक्ता दिएको लेखा प्रमुख बिबेक बरालले बताए। नेपाली उत्पादनलाई प्रोत्साहान गर्न रिसोर्टमा नेपालमै बनेका सामानको प्रयोगलाई प्राथामिक्ता दिएको रिसोर्टका जनरल म्यानेजर मिपुङ लिम्बुले जनाए। 

रिसोर्ट नेपाली र विदेशी नव विवाहित जोडीका लागि हनिमुन डेस्टीनेशनको रुपमा पनि विकास गर्ने गरी निर्माण गरिएको हो। धेरै खर्च गर्न सक्ने र त्यसै अनुसारको सेवा सुविधा लिन चाहाने नेपाली पर्यटकको हनिमुन गन्तब्य थाइल्याण्ड, मोरिससलगायत बिभिन्न देशमा जाने गरेका छन्। यसरी विदेश जाने नेपाली पर्यटक र विभिन्न देशबाट नेपाल घुम्न आउने पर्यटकलाई लक्षित गरेर त्यसै अनुसारको सेवा सुविधा दिने गरी रिसोर्ट सञ्चालनमा आएको अध्यक्ष लामाले बताए। नेपालीमा पनि सुबिधा अनुसारको धेरै खर्च गर्न सक्ने क्षमता विकास हुँदै गएको उनले सुनाए। 

रिसोर्टमा तीन स्विमीङपुल, खुला ज्याकुजी, जीम हल, स्टिम साउना, स्पा, मसाज लगायतका सुबिधा रहेका छन्। स्पामा योगा टेनिङको पनि सुबिधा रहेको बताइएको छ। रिसोर्टमा तरकारी खेती गरिएको छ। यसै गरी ४ भैसी पालेर रिसोर्टलाई आवश्यक दुध पनि उत्पादन गरिएको बताइएको छ।

कोभिड अघि निर्माण सुरु भएको रिसोर्ट ५ वर्षको अवधिमा निर्माण पुरा भएको हो। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु हुने भएपछि रिसोर्ट बनाउने योजना बनाएर काम अघि बढाएको अध्यक्ष लामाले सुनाए। कोभिडका कारण रिसोर्ट निर्माण १ वर्ष रोकिएको थियो। देशको अर्थतन्त्र खस्किएको जटिल पस्थितीमा लामाले बैंकबाट ऋण लिएर सुबिधा सम्पन्न रिसोर्ट सञ्चालनमा ल्याएका हुन्। 

रिसोर्ट नेपाली पन झल्कने गरी आधुनिक प्रविधिमा निर्माण भएको छ। शान्त वातावरण, हरियाली वनको पृष्ठभूमिमा फेवातालको सुन्दर दृश्यावलोकन गर्न पाउनु यस रिसार्टको विशेषता हो। रिसोटमा बस्ने पर्यटकले रिसोर्ट नजिकै रहेको अन्नपूर्ण केबलकारमा चढेर सात मिनेटमै सराङ्कोट पुगेर अन्नपूर्ण माछापुच्छे«, धौलागिरी लगायतका सुन्दर हिमालको अवलोकन गर्न सक्न सक्छन्। सराङ्कोट अन्नपूर्ण हिमश्रृंखलाको अवलोकन, सूर्योदय, सूर्यअस्तको सुन्दर दृश्यावलोकनका लागि प्रख्यात छ। सराङ्कोटबाट पोखरा बजार, फेवातालको सुन्दर दृश्य पनि देखिन्छ। 

रिसोर्टमा बस्ने पर्यटकले नेपाली परम्परागत खानाका परिकारको साथै विदेशका खानाका परिकारको स्वाद लिन पाउँछन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.