उच्चस्तरीय छानबिन समितिको संरचना र कार्यक्षेत्र टुंग्याउन शीर्ष नेताको बैठक बस्दै

उच्चस्तरीय छानबिन समितिको संरचना र कार्यक्षेत्र टुंग्याउन शीर्ष नेताको बैठक बस्दै
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : सरकारले प्रमुख प्रतिपक्ष दल एमालेको माग अनुसार उच्चस्तरीय छानबिन समिति बनाउने भएको छ। उच्चस्तरीय छानबिन समितिको संरचना र कार्यक्षेत्र कस्तो हुने भन्ने विषयको मस्यौदालाई आज दिउँसो बस्ने शीर्ष नेताको बैठकले टुंग्याउने एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए।

उनका अनुसार विमानस्थलबाट भएको सुन तस्करीमाथि उच्चस्तरीय छानबिन समितिको कार्यादेशको ड्राफ्ट तयार गर्न गठित कार्यदलको बैठकले बिहान ११ बजेभित्र मस्यौदा तयार गर्ने र त्यसपछि बस्ने शीर्ष नेताको बैठकले अन्तिम रुप दिनेछ। सोमबार बेलुका सिंहदरबारमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठकमा कार्यादेश (टिओआर) तय गर्न नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे रहेको कार्यदल गठन गरिएको छ । 

एमालेको माग अनुसार उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकार सहमत भएकाले आजको संसद बैठकमा अवरोध हट्ने गिरीले जानकारी दिए। छानबिन समितिले सीआइबीको अनुसन्धान प्रभावित नहुने  उनले बताए।

प्रमुख प्रतिपक्षी दल एमालेले सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ। प्रतिपक्षको माग सरकारले सम्बोधन नगर्दा सदन चल्न सकेको छैन।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.