बागमतीका मन्त्री चित्रकारलाई उद्योग वाणिज्य तथा प्रशासन मन्त्रालयको जिम्मा

बागमतीका मन्त्री चित्रकारलाई उद्योग वाणिज्य तथा प्रशासन मन्त्रालयको जिम्मा
सुन्नुहोस्

हेटौंडा : बागमती प्रदेशमा विना विभागीय मन्त्री रामकृष्ण चित्रकारले उद्योग वाणिज्य तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन्।

आज बसेको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकपश्चात् पत्रकारहरुलाई जानकारी दिँदै आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् सरकार प्रवक्ता गंगानारायण श्रेष्ठले मन्त्रालय संख्या विस्तार गरी मन्त्री चित्रकारलाई जिम्मेवारी प्रदान गरिएको बताए। यससँगै बागमतीमा मन्त्रालय संख्या १२ पुगेको छ। 

चित्रकार नेपाली कांग्रेस प्रदेश संसदीय दलका उपनेतासमेत हुन्। त्यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश आन्तरिक पर्यटन काज सम्बन्धि मापदण्ड २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ। 

प्रदेशको बलेफी गाउँपालिकाको वडा संख्या तथा सिमाना हेरफेरका लागि केन्द्र सरकारलाई सिफारिस गर्नेसमेत निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए। 

बैठकले प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७५ लाई प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। 

त्यस्तै प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए। 

सुत्केरी महिलाहरुलाई ध्यानमा राखेर जोखिम नहोस् भन्नका लागि निशुल्क हवाई उद्धार कार्यविधि र प्रदेश विपद् व्यवस्थापन परिचालन कार्यविधि समेत स्वीकृत  भएको हो। 

प्रवक्ता श्रेष्ठका अनुसार मन्त्रिपरिषद् बैठकबाट बागमती प्रदेश सभाको बैठक भदौ १७ गतेका लागि बोलाउने गरी निर्णय भएको छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.