अकुत सम्पत्ति दुई पत्नीको नाममा
नाम : कौशलेन्द्र मिश्र
पद : जनस्वास्थ्य निरीक्षक ९तत्कालीन०
अकुत कमाइ : १ करोड ३० लाख
मुद्दा दर्ता : २०८० असार १२
मुद्दाको हालको अवस्था : विचाराधीन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनस्वास्थ्य निरीक्षक कौशलेन्द्र मिश्रविरुद्ध १ करोड ३० लाख रुपैयाँ बढी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दा दायर गरेको छ। बलरा नगरपालिका, सर्लाहीका तत्कालीन जनस्वास्थ्य निरीक्षक/अधिकृत छैटौं, हाल जनस्वास्थ्य निरीक्षक/अधिकृत सातौं तहका कौशलेन्द्र मिश्र उपर बिगो १ करोड ३० लाख ४५ हजार कायम गरिएको हो। सार्वजनिक पदमा बहाल रहँदा अकुत सम्पत्ति आर्जन गरेको भन्ने उजुरीमाथि अख्तियारले २०५७ असार ८ देखि मिति २०७८ कात्तिक २६ गतेसम्मको अवधिमा मिश्रको आय र व्ययमाथि अनुसन्धान गरेको थियो।
सो अवधिमा मिश्रको कुल आय १ करोड १३ लाख ४५ हजार ८ सय ४ रुपैयाँ रहेको र व्ययतर्फ २ करोड ४३ लाख ९१ हजार ५ सय ६५ रुपैयाँ खर्च तथा लगानी गरेको पुष्टि भएको छ। मिश्रले गैरकानुनी तवरले १ करोड ३० लाख ४५ हजार ७ सय ६० रुपैयाँ आर्जन गरेको देखिएकाले त्यति नै जरिबाना गरी जफत हुन र कैद सजायको मागदाबी गरिएको छ।
मिश्रले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्तिसमेत पत्नीहरू सरोजकुमारी र तुलसीकुमारी मिश्र शर्माको नाममा राखेको देखिएको छ। यो मुद्दा विशेष अदालतमा विचाराधीन छ।
प्राधिकरणका इन्जिनियरको डेढ करोड अकुत
नाम : कृष्णप्रसाद यादव
पद : मेकानिकल इन्जिनियर
कार्यालय : नेपाल विद्युत् प्राधिकरण
अकुत कमाइ : १ करोड ४२ लाख
मुद्दा दर्ता : २०८० असार ७
मुद्दाको हालको अवस्था : विचाराधीन
नेपाल विद्युत् प्राधिकरणका तत्कालीन मेकानिकल इन्जिनियर कृष्णप्रसाद यादवले अकुत सम्पत्ति आर्जन गरेको रहस्य खुलेको छ। उनले ३१ वर्ष प्राधिकरणमा काम गर्दा १ करोड ४२ लाख ५२ हजार ५ सय ५० रुपैयाँ अकुत सम्पत्ति कमाएको अख्तियारको अनुसन्धानले देखाएको हो। आयोगले विद्युत् प्राधिकरणका तत्कालीन मेकानिकल इन्जिनियर यादवविरुद्ध विशेष अदालतलमा मुद्दा दायर पनि गरेको छ।
यादवले २०४८ फागुन ९ देखि २०७९ जेठ ९ सम्म सार्वजनिक सेवामा बिताएका थिए। उनले पारिश्रमिक बचत, प्रोत्साहन भत्ताबापतको रकम, विदेश भ्रमण भत्ताबापत प्राप्त रकम, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको कर्जा आय, नेपाल विद्युत् प्राधिकरणबाट लिएको कर्जा आय, बैंकबाट लिएको कर्जा आय, सहकारीबाट लिएको कर्जा आय, सेयरबाट प्राप्त नगद लाभांश, ब्याज आम्दानी, घरबहाल आय, बिमा म्याचुयर्ड भई प्राप्त रकम, सवारी बिक्रीबाट प्राप्त रकम, सेयर बिक्रीबाट प्राप्त रकम, मुआब्जाबापत प्राप्त रकम र कृषि आयसमेत गरी १ करोड ७१ लाख ४६ हजार ४४ रुपैयाँ आयआर्जन गरेको देखिन्छ।
सोही जाँच अवधिमा यादवको व्यय ९खर्च तथा लगानी० तर्फ घर निर्माण, जग्गा खरिद र रजिस्ट्रेसन दस्तुर, अध्ययन खर्च तथा छोरीहरू विदेश पठाउँदाको खर्च, कर्जाको सावाँब्याज भुक्तानी, घरबहाल कर, बिमाको प्रिमियम भुक्तानीमा भएको खर्च, सवारी खरिदमा भएको खर्च, सेयर खरिद तथा लगानी र बैंक मौज्दातसमेत गरी जम्मा ३ करोड १३ लाख ९८ हजार ५ सय ९४ खर्च तथा लगानी गरेको देखिएको अख्तियारले जनाएको छ।
यादवको कुल खर्च र सोही अवधिको आयव्ययको विवरणअनुसार स्रोत खुल्न आएको वैध आयको अनुपातमा सोही अवधिमा निजले सिर्जना गरेको सम्पत्ति एवं खर्चको स्रोत पुष्टि गर्न नसकेको देखिएको छ। यो मुद्दा विशेष अदालतका विचाराधीन छ।
महानिर्देशकको कमाइको स्रोत खुलेन
नाम : मधुकरप्रसाद राजभण्डारी
पद : महानिर्देशक (तत्कालीन)
कार्यालय : जलस्रोत तथा सिँचाइ विभाग
अकुत कमाइ : ३ करोड ५६ लाख
मुद्दा दर्ता : २०८० असार ४ गते
मुद्दाको हालको अवस्था : विचाराधीन
जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक ९अवकाश प्राप्त सुई० मधुकरप्रसाद राजभण्डारीको ३ करोड ५६ लाख अकुत सम्पत्ति देखिएको छ। सार्वजनिक सेवामा उनी २०५१ फागुन ३० देखिदेखि मिति २०७९ भदौ ३१ गतेसम्म रहेका थिए। उक्त अवधिमा उनको विभिन्न आयमा ३ करोड ८५ लाख ५१ हजार वैधानिक आयस्रोत खुलेको छ। उनको सम्पूर्ण व्यय ९खर्च तथा लगानी० मा जग्गा खरिद, घर निर्माणदेखि सवारीसाधन खरिदमा भएको खर्च र बैंक मौज्दात रकमसमेत गरी ७ करोड ८२ लाख २९ हजार पैसा खर्च तथा लगानी गरेको देखिन्छ। उनको कुल वैधानिक आयलाई कुल व्ययसँग तुलना गर्दा आयभन्दा ३ करोड ५६ लाख ७७ हजारको वैधानिक स्रोत पुष्टि हुन नसकेको अख्तियारको भनाइ छ।
प्रचलित कानुनबमोजिम सार्वजनिक पद धारण गरेको राष्ट्रसेवक कर्मचारीले पदमा बहाल रहँदाका बखत अमिल्दो तथा अस्वाभाविक सम्पत्ति आर्जन उनले गरेको पाइएको छ। मनासिब कारणबिना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको अख्तियारको भनाइ छ। राजभण्डारीले सार्वजनिक पदको दुरुपयोग गरेको पुष्टि भएकोले सो रकमबराबर बिगो माग गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जानकारी दिएको छ।
राजभण्डारीले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति निजले श्रीमती दीपा श्रेष्ठको नाममा खरिद गरिएको जग्गा, घरनिर्माण, कम्पनी लगानी, बिमा प्रिमियम भुक्तानीलगायतमा गरिएको खर्चबराबरको भागको स्रोत नखुलेको सम्पत्ति पाइएको छ। विशेषमा मुद्दा चलिरहेको छ।
जसको गुणस्तर कार्यालयमा रजगज चल्यो
नाम : शशीकुमार यादव
पद : वरिष्ठ निरीक्षक (तत्कालीन)
कार्यालय : गुणस्तर तथा नापतौल कार्यालय वीरगन्ज
अकुत कमाइ : ४ करोड ४७ लाख
मुद्दा दर्ता : २०८० जेठ १६
मुद्दाको हालको अवस्था : विचाराधीन
पूर्ववरिष्ठ निरीक्षक शशीकुमार यादवको लामो समय गुणस्तर तथा नापतौप कार्यालय वीरगन्जमा रजगज नै चल्यो। उनले त्यहाँ बस्दा भ्रष्टाचार र अनियमितता प्रशस्त गरे। उनले झन्डै साढे ४ करोड अकुत सम्पत्ति आर्जन पनि गरे। सरकारी नोकरी अवधिभर विभिन्न कार्यालयमा कार्यरत रहँदा आफ्नो परिवारको नाममा जग्गा जमिन खरिद गरी गैरकानुनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको उजुरी निवेदनका आधारमा अनुसन्धान हुँदा यादवले ४ करोड ४७ लाख ३४ हजार २ सय १२ रुपैयाँ भ्रष्टाचार गरेको पाइएकाले छ। यादवले सार्वजनिक पदमा रहँदा आयस्रोत र आर्जन गरेको सम्पत्तिबीच
तादाम्यता देखिन नआई करिब साढे ४ करोड सम्पत्ति ऋणात्मक देखिएकाले रक्त रकमको वैधानिक स्रोत पुष्टि नभएको अख्तियारले जनाएको छ।
यादव २०४६ साल जेठ महिना ८ गतेदेखि २०७९ साल असार मसान्त सार्वजनिक पदमा रहेका थिए। सोही अवधिमा कुल २ करोड ७७ लाख २२ हजार ५० रुपैयाँ आयआर्जन गरेको देखिनु पर्नेमा ७ करोड २४ लाख ५६ हजार २ सय ६३ रुपैयाँबराबरको सम्पत्ति आर्जन गरेको देखिएको छ।
वैधानिक आयको तुलनामा खर्च एवं लगानीसहितको सम्पत्ति अमिल्दो र अस्वाभाविक देखिएकाले आर्जित सम्पत्तिको अनुपातमा मनासिब नदेखिने किसिमको यादव र उनको परिवारले उच्चस्तरको जीवनयापन गरेको प्रमाण भेटिएको अख्तियारको ठम्याइँ छ।
यादवले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिबाट श्रीमती रीता रानी, छोराहरू विकास यादव र अविनाश यादवको नाममा खरिद गरिएका जग्गा, घर निर्माण र बैंक मौज्दातको स्रोत नखुलेको अख्तियारको ठहर छ। आयोगले उनीहरू तीनै जनालाई प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्तिबाट बढे बढाई हाल कायम रहेको घर, जग्गा र बैंक मौज्दातसमेतबाट बिगो जफत गरी पाउन मागदाबीसहित आरोपपत्र दायर गरेको हो। विशेष अदालतमा विचाराधीन छ।
मृत आमाको नाममा पनि अवैध सम्पत्ति
नाम : सुन्दर भट्टराई
पदः उपसचिव
कार्यालय : यातायात व्यवस्था कार्यालय, काठमाडौं
अकुत कमाइ : १ करोड १५ लाख २९ हजार
मुद्दा दर्ता : २०८० वैशाख १९ गते
मुद्दाको अवस्थ : विचाराधीन
यातायात व्यवस्था कार्यालय, काठमाडौंका तत्कालीन उपसचिव सुन्दर भट्टराईले १ करोड १५ लाख २९ हजार १ सय ९३ रुपैयाँ अकुत सम्पत्ति कमाएका छन्। सवारी चालक अनुमतिपत्र बागमती सुकेधारा कार्यालयका भट्टराईले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०३८ साउन १ गतेदेखि २०७५ मंसिर मसान्तसम्मको जाँच अवधिमा प्राप्त गरेको कुल आय १ करोड ९२ लाख १ हजार ९ सय २२ रुपैयाँ देखिएको तर खर्च ३ करोड ७ लाख ३१ हजार १ सय १६ रुपैयाँ रहेको छ।
आयबाट व्यय घटाउँदा हुन आउने १ करोड १५ लाख २९ हजार १ सय ९३ रुपैयाँबराबरको सम्पत्तिको स्रोत नखुलेको र भट्टराईले अमिल्दो तथा अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि भएको छ। भट्टराईले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्ति र स्रोत खुलेको सम्पत्तिसमेत आफ्नी पत्नी मुना अधिकारी भट्टराई एवं छोरा उत्सुक भट्टराई, छोरी प्रेरिका भट्टराईको नाममा राखेको देखिएको छ। आमा इन्दिरा भट्टराईको नाममा पनि सम्पत्ति राखेको पाइएको छ। आमाको निधन भइसकेको छ।
भट्टराईमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको छ। विशेषमा यो मुद्दा विचाराधीन अवस्थामा छ।
स्थानीय तहमा पनि कमिन थाल्यो अकुत
नाम : नन्दकिशोर गुप्ता
पद : निमित्त प्रमुख प्रशासकीय अधिकृत (तत्कालीन)
कार्यालय : ईशनाथ नगरपालिका, रौतहट
अकुत कमाइ : १ करोड ४९ लाख ९७ हजार
मुद्दा दर्ता : २०७९ चैत २६ गते
मुद्दाको हालको अवस्था : विचाराधीन
ईशनाथ नगरपालिका, रौतहटका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ता अकुत सम्पत्ति आर्जन गरेका छन्। उनीविरुद्ध १ करोड ४९ लाख ९७ हजार बिगो कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप मुद्दा चलाइएको छ।
गुप्ताले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०५१ वैशाख २९ गते देखि २०७९ जेठ २५ गतेसम्मको अवधिमा निजको विभिन्न शीर्षकहरूमा भएका आयतर्फ र व्ययतर्फ गरी आयको अनुपातमा खर्च तथा लगानी गरेको व्यय एवं विद्यमान सम्पत्ति डेढ करोडबराबरको स्रोत नखुलेको सम्पत्ति पाइएको छ।
सार्वजनिक पद धारण गरेका नन्दकिशोर गुप्ताले प्रचलित कानुनबमोजिम पेस गरेको सम्पत्ति विवरण अमिल्दो तथा अस्वाभाविक देखिन जानुका साथै मनासिब कारणबिना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको र सार्वजनिक पदको दुरुपयोग गरेको देखिएको छ। उनीविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम कैद तथा जरिबानाको सजायसहित उनको नाममा हाल कायम सम्पत्तिबाट जफत गरी पाउन मागदाबी लिइएको छ। उनी श्रीमती उषा गुप्तालाई पनि प्रतिवादी बनाइएको छ।
यसैगरी, गुप्ताले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति निजले श्रीमती उषा गुप्ताको नाममा जग्गा खरिद तथा घर निर्माणलगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्य बराबरको सम्पत्ति बिगो र त्यसबाट बढे बढाएको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ प्रतिवादी बनाइएको छ।
उनीविरुद्धसमेत प्रतिवादी कायम गरी निजको नाममा हाल कायम रहेको सम्पत्तिमध्येबाट बिगो जफत गरी पाउन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। यो मुद्दा विशेषमा चलिरहेको छ।
बजेट चलाउने पूर्वनासुको अवैध आर्जन
नाम : रघुनाथ घिमिरे
पद : नायबसुब्बा
कार्यालय : भन्सार विभाग काठमाडौं
अकुत कमाइ : २ करोड १४ लाख
मुद्दा दर्ता : २०७९ चैत १९ गते
मुद्दाको हालको अवस्था : विचाराधीन
अनधिकृत काममा संलग्न भएर अकुत सम्पत्ति कमाएका पूर्वनायबसुब्बा रघुनाथ घिमिरेलाई अख्तियार घेरामा छन्। मध्यराति अर्थ मन्त्रालयमा प्रवेश गरी बजेटमा चलखेलसमेत गरेका पूर्वनायबसुब्बा घिमिरेलाई भ्रष्टाचार मुद्दा लागेको छ।
घिमिरेले सार्वजनिक सेवाको पदमा रहँदा दुई करोडभन्दा बढीको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको ठहरसहित अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो। अख्तियारले घिमिरेविरुद्ध २ करोड १४ लाख ४६ हजार ६ सय ५७ रुपैयाँ बिगो कायम गरेको छ। उनकी श्रीमती भन्सार एजेन्टसमेत रहेकी शारदा गौतम घिमिरेलाई पनि यो मुद्दामा प्रतिवादी बनाइएको छ। घिमिरे २०५२ कात्तिक २८ गते सरकारी सेवामा प्रवेश गरेका थिए। त्यसयता २०७९ पुस १२ गतेसम्म अनुसन्धान जाँच अवधिमा ५ करोड २५ लाख १६ हजार वैधानिक आयस्रोत खुल्न आएको थियो। तर, त्यही अवधिमा ७ करोड ३९ लाख ६२ हजार खर्च तथा लगानी गरेको देखिएको छ। अख्तियारले अनुसन्धान थालेपछि उनले सरकारी जागिरबाट राजीनामा दिएका थिए। २०७९ बजेट भाषणको पूर्वसन्ध्यामा मध्यरातमा अर्थ मन्त्रालयमा नै बसेर करका दर हेरफेर गरेका थिए।
कुल वैधानिक आयलाई कुल व्ययसँग तुलना गर्दा २ करोड १४ लाख ४६ हजार ६ सय ५७ रुपैयाँ २४ पैसाको वैधानिक स्रोत पुष्टि हुन सकेन। यसमा प्रचलित कानुनबमोजिम सार्वजनिक पद धारण गरेको राष्ट्रसेवक कर्मचारीले पदमा बहाल रहँदाका बखत अमिल्दो तथा अस्वाभाविक सम्पत्ति आर्जन गर्नुका साथै मनासिब कारणबिना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि भएको थियो।
भन्सार विभागका तत्कालीन नायबसुब्बा घिमिरेले एयरपोर्ट भन्सार, विभिन्न भन्सार कार्यालय र राजस्व अनुसन्धान विभागमा बसेर राजस्व छल्ने कार्य गरेको उजुरी अख्तियारमा परेको थियो। यस्तै गैरकानुनी काम गरी करोडौं सम्पत्ति कमाइ श्रीमतीसहित परिवारका विभिन्न व्यक्तिको नाममा लुकाएर राखेको जनाइएको थियो। विभिन्न कम्पनीमा लगानी, सेयर खरिद, जग्गा खरिदलगायतको कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरेका छन्। यो मुद्दा विशेष अदालतमा विचाराधीन छ।
रसुवा भन्सार कमाइको अखडा
नाम : दानबहादुर केसी
पद : भन्सार अधिकृत
कार्यालय : रसुवा भन्सार कार्यालय
अकुत कमाइ : १ करोड १० लाख
मुद्दा दर्ता : २०७९ फागुन ४
मुद्दाको हालको अवस्था : विचाराधीन
रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेका छन्। केसी तथा नातागोताका नाममा भएको सम्पत्तिमध्ये २ करोड १० लाख १० हजार ४ सय ८२ रुपैयाँको वैध स्रोत खुलाउन नसकेको पाइएको छ।
अख्तियारले केसीकी पत्नी सुशीला पण्डितका नाममा घरजग्गा खरिद, बैंक खाताहरूमा रकम मौज्दातलगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको देखिएको छ। २०४३ साउन १ बाट सरकारी सेवा प्रवेश गरेका केसीमाथि २०७८ असार ३० सम्मको ३५ वर्षमा आयआर्जन गरेको सम्पत्ति तथा खर्च विवरणमाथि अख्तियारले अनुसन्धान गरेको थियो।
‘सरकारी सेवा प्रवेश गरेयताको ३५ वर्षमा निजको सम्पूर्ण वैधानिक आयहरूमा पारिश्रमिक बचत, विभिन्न प्रोत्साहन भत्ता पुरस्कार रकम, जग्गा बिक्री, कर्मचारी सञ्चय कोषबाट लिएको कर्जा आय, स्वआर्जित घरबहाल आय, पैतृक घरबहाल आय, कृषि आय, अंशबन्डाबाट प्राप्त नगद, बिमा परिपक्व भई प्राप्त गरेको रकम र बैंक ब्याजबाट प्राप्त रकमसमेत गरी ३ करोड ५१ लाख १६ हजार २० रुपैयाँ २२ पैसा देखिन्छ,’ अख्तियारले जनाएको छ। तर, सोही अवधिमा उनले गरेको खर्च तथा लगानी आयभन्दा २ करोड १० लाख रुपैयाँभन्दा बढी देखिएको छ। यो मुद्दा विशेष अदालतमा विचाराधीन छ।
अकुत सम्पत्ति श्रीमतीको नाममा
नाम : गणेशप्रसाद पोखरेल
पद : शाखा अधिकृत
कार्यालय : यातायात व्यवस्था कार्यालय, सुकेधारा
अकुत कमाइ : १ करोड ६ लाख ३३ हजार
मुद्दा दर्ता : २०७९ पुस २९ गते
मुद्दाको हालको अवस्था : विचाराधीन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सुकेधाराका तत्कालीन निमित्त प्रमुख शाखा अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
मुद्दा दायर हुँदा पोखरेल राष्ट्रिय भूमि आयोगमा कार्यरत थिए। अख्तियारले उनीविरुद्ध १ करोड ६ लाख ३३ हजार ३ सय ३९ रुपैयाँ ९२ पैसा बिगो कायम गरेको छ। अख्तियारले पोखरेलकी पत्नी विमला न्यौपाने पोखरेललाई पनि प्रतिवादी बनाएको छ। अख्तियारले पोखरेल २०४६ असारमा सरकारी सेवा प्रवेश गरेदेखि २०७८ फागुन १५ को अवधिमा आर्जन र खर्च गरेको सम्पत्तिको अध्ययन अनुसन्धान गरेको थियो।
अख्तियारले पोखरेलको नाममा ४ करोड ३७ लाख ८८ हजार ४ सय २ रुपैयाँ १० पैसाबराबरको चलअचल सम्पत्ति भेटिएको र ३ करोड ३१ लाख ५५ हजार ६२ रुपैयाँ १९ पैसाको मात्र स्रोत खुलेको जनाएको छ। स्रोत नखुलेकोलाई सम्पत्तिलाई बिगो कायम गरी मुद्दा दायर गरिएको हो। यो मुद्दा पनि विशेष अदालतमा विचाराधीन छ।
गाउँपालिकाका सुब्बाको अकुत सम्पत्ति
नाम : शिवप्रसाद उपाध्याय
पद : नायबसुब्बा
कार्यालय : सुर्मा गाउँपालिका कार्यालय, बझाङ
अकुत कमाइ : १ करोड १० लाख
मुद्दा दर्ता : २०७९ कात्तिक २२ गते
मुद्दाको हालको अवस्था : विशेष अदालतद्वारा दोषी ठहर
सुर्मा गाउँपालिकामा कार्यरत नासुले अकुत सम्पत्ति कमाएका छन्। बझाङको सुर्मा गाउँपालिका कार्यालयका नायबसुब्बा शिवराज उपाध्यायले १ करोड १० लाख रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेका हुन्।
सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले उपाध्यायविरुद्ध १ करोड १० लाख ६७ हजार ७ सय ३८ रुपैयाँ बिगो, बिगोबमोजिम जरिबाना, कैद र अकुत सम्पत्तिबाट बढे, बढाइएको जायजेथा जफतको मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले सम्पत्ति जफतको प्रयोजनका लागि उपाध्यायकी पत्नी जयादेवी उपाध्यायलाई पनि प्रतिवादी बनाएको छ। २०५५ भदौ २५ मा सरकारी सेवा प्रवेश गरेका उपाध्यायको सेवा प्रवेशदेखि २०७८ चैत ३० सम्मको चल/अचल सम्पत्तिमाथि अनुसन्धान गरेको थियो।
अनुसन्धानका क्रममा उपाध्यायले जग्गा/जमिन, बैंक मौज्दात, सेयरलगायतबापत १ करोड ५७ लाख ५ हजार १ सय ३४ रुपैयाँबराबरको चलअचल सम्पत्तिको विवरण पेस गरेका थिए। तर, ४८ लाख ९ सय ११ रुपैयाँको मात्रै स्रोत खुलेपछि बाँकी सम्पत्तिबापत हुन आउने रकम नै बिगो कायम गरिएको छ। विशेष अदालतले उपाध्यायलाई दोषी ठहर गरेकोे छ। २०८० असार २१ गते विशेष अध्यक्ष श्रीकान्त पौडेल, शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले दोषी ठहर गरेको हो।
श्रीमती र छोराहरू पनि मुछिए
नाम : गणपति झा
पद : नायबसुब्बा
कार्यालय : जिल्ला प्रशासन कार्यालय, धनुषा
अकुत कमाइ : २ करोड ४४ लाख
मुद्दा दर्ता : २०७९ असार ८
मुद्दाको हालको अवस्था : विचाराधीन
जिल्ला प्रशासन कार्यालय धनुषाका तत्कालीन नायबसुब्बा गणपति झाले पाँच करोड सम्पत्ति कमाएका छन्। जसमा आधा अवैध देखिएको छ। उनले २ करोड ४४ लाख ७१ हजार १ सय ५ रुपैयाँ ५१ पैसाबराबरको सम्पत्ति गैरकानुनीरूपमा कमाएको देखिन्छ।
नायबसुब्बा झाले विभिन्न कार्यालयहरूमा कार्यरत रहँदा गैरकानुनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको ठहर छ। अख्तियारले उनीविरुद्ध मुद्दा नै हालेको छ। झा २०३९ मंसिर ९ मा गाविस सचिव (रापअनं द्वितीय) पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका थिए। तत्पश्चात् विभिन्न पद तथा कार्यालयमा कार्यरत रही २०७८ साल साउन महिनाबाट अवकाश पाएका थिए। उनकोे परीक्षण अवधि २०३९/४० देखि २०७७/७८ सम्मको समग्र आय २ करोड ४२ लाख ६७ हजार १ सय ४ रुपैयाँ ५६ पैसा आर्जन गरेको र व्ययतर्फ ४ करोड ८७ लाख ३८ हजार २ सय १० रुपैयाँ ७ पैसा खर्च तथा लगानी गरेको देखिएको छ।
गैरकानुनीरूपमा कमाएको सम्पत्ति उनले श्रीमती र छोराहरूको नाम पनि राखेका थिए। श्रीमती मीनादेवी झा तथा छोराहरू दिवाकरकुमार झा, शिवाकरकुमार झा र करुणाकरकुमार झालाई समेत प्रतिवादी कायम गरी अख्तियार मुद्दा हालेको छ। यो मुद्दा विशेषमा नै चलिरहेकोे छ।
४ वर्ष सवा ६ करोडको कमाइ
नाम : भीमकान्त भण्डारी
पद : वरिष्ठ व्यवस्थापन सहायक (नासु)
कार्यालय : स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुडी, झापा
अकुत कमाइ : ६ करोड २४ लाख
दर्ता मिति : २०७९ असार ३
मुद्दाको हालको अवस्था : विचाराधीन
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुडी, झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भीमकान्त भण्डारीले छोटो अवधिमा नै अकुत सम्पत्ति आर्जन गरेका छन्। सार्वजनिक पदमा बहाल रहँदाको चार वर्षमा पदको दुरुपयोग गरी ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ कमाएको देखिएको छ।
गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। भण्डारी २०७३ साल असोज २१ गते रापअनं प्रथम श्रेणी वरिष्ठ व्यवस्थापन सहायक पदबाट सार्वजनिक सेवामा प्रवेश गरी २०७७ साउन १ मा स्वेच्छिक अवकाश भएका थिए।
सेवा प्रवेश गरेको मितिदेखि २०७८ पुस मसान्तसम्मलाई जाँच अवधि कायम गरी आयव्यय गणना गर्दा भण्डारीको पारिश्रमिक, श्रीमतीको पारिश्रमिक बचत, कर्मचारी सञ्चय कोषबाट लिएको ऋण सापटी, निज सार्वजनिक सेवा प्रवेश पूर्वको बचत ९जाँच अवधिअघिको बचत० समेत गरी जम्मा २६ लाख ६१ हजार ६ सय ३६ रुपैयाँ ९ पैसा आर्जन गरेको, अख्तियारले जनाएको छ। तर, उनको खर्च तथा लगानी ९व्यय० तर्फ जग्गा खरिद, विभिन्न बैंक तथा हाइड्रोपावर कम्पनीहरूको सेयर खरिद र विभिन्न बैंकमा रहेको मौज्दातसमेत गरी जम्मा ६ करोड ५० लाख ६५ हजार ६ सय ४२ रुपैयाँ ५३ पैसा देखिएको भन्दै अख्तियारले ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ ४४ पैसाको स्रोत नखुलेको जनाएको छ। उनको मुद्दा विशेष अदालतमा विचाराधीन छ।
बाबुआमालाई मुछे सुब्बाले
नाम : देवीबहादुर थापा
पद : नायबसुब्बा
कार्यालय : भन्सार जाँचपास परीक्षण कार्यालय, तीनकुने काठमाडौं
अकुत कमाइ : १ करोड ८७ लाख
मुद्दा दर्ता : २०७९ वैशाख १२ गते
मुद्दाको हालको अवस्था : विशेषद्वारा सफाइ
भन्सार जाँचपास परीक्षण कार्यालय, तीनकुने काठमाडौंका नायबसुब्बा ९हाल निलम्बन० देवीबहादुर थापाले भ्रष्टाचारमा बाबुआमालाई मुछेका छन्। उनले आफूले अवैध रूपमा कमाएको सम्पत्ति बाबुआमाको नाम लुकाएका थिए। तर अख्तियार गरेको अनुसन्धानले त्यो विषय लुक्न पाएन। अख्तियारले अनुसन्धान गर्दा थापाले १ करोड ८७ लाख ४७ हजार १ सय ४९ रुपैयाँबराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको पुष्टि भएको थियो।
थापाले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी बाबु कृष्णबहादुर थापा, आमा चन्द्रमाया र श्रीमती विमशा राउतको नाममा राखेको स्रोत नखुलेको सम्पत्ति राखेका छन्।
२०५६ साल साउन ५ गते बिचारी पदमा सेवा प्रवेशदेखि २०७५/७६ सम्मको जाँच अवधिमा उनले र उनको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकमले आफू, बाबु, आमा र श्रीमतीको नाममा घरजग्गा खरिद गर्नुका साथै कम्पनी तथा फर्महरू दर्ता गरी परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, परिवारका सदस्यको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरू तथा कम्पनीहरूका संस्थापक एवं साधारण सेयरहरू खरिद लगानीलगायतका चलअचल सम्पत्तिहरू खरिद, विभिन्न उद्योग तथा फर्महरूमा लगानी, विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा रकम जम्मा एवं घर निर्माणलगायतका शीर्षकहरूमा ३ करोड ८९ हजार आम्दानी गरेको र उनको वैध आय २ करोड १ लाख ९८ हजार रहेको देखिएको छ।
थापालाई विशेष अदालतले सफाइ दिएको छ। २०७९ माघ ११ गते विशेषका न्यायाधीश रमेशकुमार पोखरेल, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले सफाइ दिएको छ।
अवैध आम्दानीबाट ट्रक र जग्गा किन्ने सहमहान्यायधिवक्ता
नाम : सुरेन्द्रबहादुर थापा
पद : सहन्यायाधिवक्ता
कार्यालय : उच्च सरकारी वकिल कार्यालय, पोखरा
अकुत कमाइ : ६१ लाख २ हजार
मुद्दा दर्ता : २०७८ माघ २६ गते
मुद्दाको हालको अवस्था : विशेषद्वारा सफाइ
उच्च सरकारी वकिल कार्यालय, पोखराका तत्कालीन सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा अकुत सम्पत्तिका मालिक भएका छन्। उनले सार्वजनिक सेवा रहँदा ६१ लाख २ हजार ७६ रुपैयाँ ९७ पैसा गैरकानुनी सम्पत्ति आर्जन गरेको पाइएको छ।
अख्तियारले गरेको अनुसन्धानमा थापाले २०४५ असार ५ गते सार्वजनिक सेवाको पदमा प्रवेश गरेदेखि आव २०७५/०७६ सम्मको जाँच अवधिमा वैध आय १ करोड ७६ लाख ७६ हजार १ सय २० रुपैयाँ ९५ पैसाको अनुपातमा सोही अवधिमा २ करोड ३७ लाख ७८ हजार १ सय ९७ रुपैयाँ ९२ पैसा आम्दानी गरे।
आयभन्दा बढी देखिएको ६१ लाख २ हजार ७६ रुपैयाँ ९७ पैसा रकमको स्रोत खुल्न नसकेपछि उनीमाथि अख्तियारले मुद्दा हाल्यो। थापा आफूले अवैध रूपमा राखेको कमाएको सम्पत्ति श्रीमतीको नाम पनि राखेको पाइएको छ। उनले र उनको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको देखिन्छ। आफ्नो हैसियतभन्दा बढी रकम श्रीमती अञ्जु खड्का थापाको नाममा ट्रक खरिद, जग्गा खरिद, घर निर्माण एवं विभिन्न बैंकहरूमा जम्मा गरेको देखिएको छ।
सहन्यायाधिवक्ता थापा पाँच लाख घुस लिँदालिँदै अख्तियारको फन्दामा पनि परेका थिए। २०७८ असोज २४ गते उनी ठगी मुद्दामा पुनरावेदन नगरिदिने प्रलोभन देखाई घुस लिइरहेको बेला पक्राउ परेका थिए। विशेषले थापालाई पनि सफाइ दिएको छ। २०७९ जेठ १६ गते विशेष अदालतका सदस्यहरू रमेशकुमार पोखरेल, बलभद्र बाँस्तोला र डा। खुसीप्रसाद थारूको इजलासले सफाइ दिएका हुन्।
श्रीमती फसाउने अर्थका अधिकृत
नाम : उद्धवप्रसाद थपलिया
पद : शाखा अधिकृत
कार्यालय : अर्थ मन्त्रालय
अकुत कमाइ : १ करोड ६४ लाख
मुद्दा दर्ता : २०७८ मंसिर २३
मुद्दाको हालको अवस्था : विचाराधीन
अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत ९हाल अवकाश प्राप्त० उद्धवप्रसाद थपलियाले अकुत सम्पत्ति आर्जन गरेका छन्। १ करोड ६४ लाख ८९ हजार अवैध सम्पत्ति आर्जन गरेको भेटिएको छ।
उनले ३५ वर्षको अवधिमा सरकारी सेवामा रहँदा अकुत सम्पत्ति आर्जन गरेका हुन्। २०४० फागुन ६ गते प्रवेश गरेका थपलिया २०७५ चैत ३० मा सेवा निवृत्त भएका थिए। यो अवधिमा उनको वैध आय १ करोड २ लाख ८२ हजार मात्रै थियो। तर, उनले २ करोड ६७ लाख ७१ हजार खर्च तथा लगानी गरेको अख्तियारको अनुसन्धानमा देखाएको छ।
थपलियाले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानुनी रूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति श्रीमती मुना पन्त थपलियाको नाममा भएको देखिएको छ।
अख्तियारले मुनालाई प्रतिवादी बनाएको छ। मुनाका नाममा रहेका घरजग्गा तथा बैंक खातामा रकम मौज्दातलगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्यबराबर भागको स्रोत नखुलेको सम्पत्ति जफत गरी पाउन मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको पाइएको छ। थपलियाको मुद्दा विशेषमा विचाराधीन छ।
वैध आयले ३ करोड थामेन
नाम : सुरेशकुमार शर्मा
पद : सिनियर डिभिजनल इन्जिनियर
कार्यालय : जलस्रोत तथा सिँचाइ विभाग
अकुत कमाइ : ३ करोड ६ लाख
मुद्दा दर्ता : २०७७ असोज १५ गते
मुद्दाको हालको अवस्था : विशेषद्वारा आंशिक ठहर
सुरेशकुमार शर्मा २०५२ माघ १८ गते राप तृतीय श्रेणी इन्जिनियर ९इन्जिनियर सेवा सिभिल समूह, इरिगेसन उपसमूह० मा अस्थायी रूपमा प्रवेश गर। २०५३ साउन ४ गते इन्जिनियर (राप तृतीय) पदमा स्थायी नियुक्ति प्राप्त गरे। जलस्रोत तथा सिँचाइ विभाग ललितपुरमा सीडीईसम्म पदोन्नति भए। आर्थिक वर्ष २०७६/०७७ सम्म उनी सरकारी सेवा रहे। उनले सरकारी सेवा रहँदा वैध रूपमा २ करोड ४१ लाख ८६ हजार कमाए भने ५ करोड ४१ लाख ८६ हजार खर्च र लगानी गरेको देखिन्छ। जसमा ३ करोड ६ लाख ५४ हजारबराबरको भागलाई निजको वैध आयस्रोतले खामेको पाइएन।
अख्तियारको अनुसन्धानमा वैध आयभन्दा बढी खर्च गरी खरिद गरेका चलअचल सम्पत्ति एवं विद्यमान सम्पत्ति तथा खर्च लगानीहरूको स्रोत नखुलेको हुँदा निजको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिएको छ। उनले अमिल्दो र अस्वाभाविक रूपमा, आफ्नो हैसियतभन्दा बढी रकमले आफू र श्रीमतीको नाममा जग्गा खरिद, घर निर्माण, विभिन्न बैंक तथा वित्तीय संस्थाहरू तथा कम्पनीहरूका संस्थापक एवं साधारण सेयरहरू खरिद लगानी गरी खर्च गरेको देखिन्छ।
अवैध सम्पत्ति श्रीमती बबिता फुयाल शर्माको नाममा राखेको पाइएको छ। २०७७ असोज १५ गते सुरेशकुमार शर्मासहित जफत गर्ने प्रयोजनार्थ मात्र श्रीमती बबिता फुयाल शर्मालाई प्रतिवादी कायम गरी सम्पत्तिहरू जफत गरिपाउन समेतको मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। विशेष अदालतले उनलाई आंशिक दोषी ठहर गरेको छ। विशेष अध्यक्ष श्रीकान्त पौडेल, शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले २०८० असार १०यो फैसला सुनाएको हो।
घोप्पाका उपकुलपतिको ८ करोड अकुत आर्जन
नाम : प्रा.डा. बलभद्रप्रसाद दास
पद : पूर्वउपकुलपति
कार्यालय : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
अकुत कमाइ : ७ करोड ७१ लाख ९२ हजार
मुद्दा दर्ता : २०७७ भदौ ३०
मुद्दाको हालको अवस्था : दोषी ठहर
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्वउपकुलपति प्रा।डा। बलभद्रप्रसाद दासले रजाइँ गरे। जुनियर रजिस्ट्रारबाट सेवा प्रवेश गरेका दास उपकुलपतिसम्म भए। डा। दासले २०५० सालमा जुनियर रजिस्ट्रारबाट प्रतिष्ठानमा सेवा सुरु गरेका थिए। दास अस्पताल निर्देशक पनि भएका थिए। उनले २०६८ सालमा उपकुलपति र त्यसपश्चात् प्राध्यापक पदमा रहेर काम गरिरहेका छन्।
यो अवधिमा दासले ७ करोड ७१ लाख ९२ हजार ८ सय ६० रुपैयाँबराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको देखिएको छ। प्रतिष्ठानको विभिन्न पदमा हुँदा उनले भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएको भन्ने अख्तियारमा उजुरी परेपछि छानबिन गर्दा त्यति रकम अकुत सम्पत्ति आर्जन गरेको देखिएको हो। डा। दासलाई भ्रष्टाचारको मुद्दा पनि छ। उनीसहित अन्य पूर्वपदाधिकारीहरूलाई विभिन्न सामग्री खरिदमा प्रतिष्ठानलाई नोक्सानी हुने गरी मिलेमतो गरेको भन्दै भ्रष्टचार मुद्दा परेको छ। २०५० सालदेखि २०७६ सालसम्मको अवधिमा उनले त्यति रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको देखिन्छ।
२०७६ असार ३० सम्मको उनको वैध आय ७ करोड ७० लाख १० हजार ४ सय ९८ रुपैयाँ ८० पैसा देखिन्छ। तर, उनको १५ करोड ३२ लाख ३ हजार ३ सय ५० रुपैयाँ खर्च तथा लगानी गरेको पुष्टि हुन आएको छ। डा। दासले कमाएको अवैध सम्पत्ति उनको श्रीमती पुनम दासको नाममा स्रोत नखुलेको सम्पत्ति राखेको पाइएको छ। दासलाई अदालतले दोषी करार गरेको छ।
२०८० जेठ १८ गते विशेषका न्यायाधीश खुुसीप्रसाद थारू र बलभद्र बाँस्तोलाको इजलासले उनलाई दोषी ठहर गरेको हो। उनलाई अदालतले १ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको छ।
२४ वर्षमा साढे ४ करोड अकुत आर्जन
नाम : मनप्रसाद रेग्मी
पद : उपसचिव
कार्यालय : बाँसगढी नगरपालिका, बर्दिया
अकुत कमाइ : ४ करोड ५४ लाख
मुद्दा दर्ता : २०७७ असार ३०
मुद्दाको हालको अवस्था : विशेषद्वारा सफाइ
बर्दियाको बाँसगढी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत ९उपसचिव शिक्षा सेवा० मनप्रसाद रेग्मीले साढे ४ करोड रुपैयाँबराबरको अकुत सम्पत्ति आर्जन गरेको देखिएको छ। सरकारी सेवा प्रवेश गरेको करिब २४ वर्षको अवधिमा ४ करोड ५४ लाख ३३ हजार ६ सय ९८ रुपैयाँबराबरको अकुत सम्पत्ति आर्जन गरेको देखिएको हो।
रेग्मीको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा रहेका खातामा जम्मा तथा खर्च गरी १२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको देखिएपछि राष्ट्र बैंकले अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको थियो। रेग्मी २२ कात्तिक २०५३ मा विद्यालय निरीक्षक (विनी)को रूपमा सरकारी सेवामा प्रवेश गरेका थिए। त्यसयता उनले ९कर्जाबाहेक० आफ्नो तथा श्रीमती पम्फादेवी पाण्डेय र छोरी सन्ध्या रेग्मीको नाममा गरी ७ करोड ३१ लाख ४५ हजार २ सय ९० रुपैयाँबराबरको सम्पत्ति आर्जन, खर्च र सञ्चिति गरेको देखिएको छ।
यस अवधिमा उनले सरकारी सेवा रहँदा पाएको पारिश्रमिक, श्रीमतीको आम्दानी, पैतृक सम्पति र कृषि कार्यबाट भएको आम्दानी गरी जम्मा २ करोड ७७ लाख ११ हजार ५ सय ९२ रुपैयाँमात्रै वैध रूपमा आर्जन गरेको देखिन्छ। उनीविरुद्ध अख्तियार मुद्दा हालेको थियो तर विशेष अदालतले उनलाई सफाइ दिइसकेको छ। २०७९ माघ ६ गते विशेषका अध्यक्ष श्रीकान्त पौडेल र सदस्य यमुना भट्टराईको इजलासले उनलाई सफाइ दिएको छ।
अकुत कमाएर छोरीको नाम राखे
नाम : जितेन्द्रराज शाक्य
पद : सिनियर डिजिनल इन्जिनियर
कार्यालय : सडक विभागअन्तर्गत हाल मध्यपहाडी लोकमार्ग सडक आयोजना तुल्सीपुर दाङ
अकुत कमाइ : २ करोड २५ लाख
मुद्दा दर्ता : २०७७ असार २५
मुद्दाको हालको अवस्था : विशेषद्वारा सफाइ
सडक विभागअन्तर्गत हाल मध्यपहाडी लोकमार्ग सडक आयोजना तुल्सीपुर दाङका तत्कालीन सिनियर डिजिनल इन्जिनियर जितेन्द्रराज शाक्यले आफू अवैध रूपमा कमाएको सम्पत्ति श्रीमतीका साथै छोरीहरूको नाममा राखेको पाइएको छ। अवैध रूपमा आर्जन गरेको सम्पत्ति सिनियर डिभिजनल इन्जिनियर शाक्यले श्रीमती मिथिला, छोरीहरू ज्योत्सना र उन्नतिको नाममा घरजग्गा खरिद गरेको, बैंकमा जम्मा गरेका, सवारीसाधन खरिद गरेको अनुसन्धानमा भेटिएको छ। शाक्यको विषयमा अख्तियारले लामो समय अनुसन्धान गरेको थियो।
अनुसन्धानका क्रममा उनले आफूले अवैध रूपमा कमाएको सम्पत्ति लुकाउने नाम छोरीहरूको प्रयोग गरेको पाइयो। उनी सार्वजनिक सेवामा २०३४ साल साउन २ गते प्रवेश गरेका थिए। सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०७६ असार ३१ गतेसम्मको सम्पत्तिको जाँच अख्तियारले गरेको थियो।
यो अवधिमा उनले १ करोड ५६ लाख ६ हजार ४ सय ८० बराबरको आय वैध रहेको पाइएको छ। सोही अवधिमा शाक्यले ३ करोड ८१ लाख १० हजार ४ सय ९० बराबरको लगानी तथा खर्च गरेको पाइएको छ। वैध सम्पत्तिको तुलनामा २ करोड २५ लाख ४ हजार १० बराबरको सम्पत्तिको स्रोत नखुलेको हो। सिनियर डिभिजनल इन्जिनियर शाक्य, उनकी श्रीमती मिथिलाको नाममा रहेको सम्पत्ति जफत गरी हदैसम्मको कारबाहीको माग अख्तियारले मुद्दा हालेको थियो। शाक्यलाई विशेष अदालतले सफाइ दिएको छ। २०८० जेठ २९ गते अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले उनलाई सफाइ दिएको हो।
१४ वर्षमा ३ करोड अकुत
नाम : पूर्णप्रसाद उपाध्याय
पद : सिनियर डिभिजन इन्जिनियर
कार्यालय : खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय, नेपालगन्ज
अकुत कमाइ : ३ करोड १० लाख
मुद्दा दर्ता : २०७७ असार २३
मुद्दाको हालको अवस्था : विशेषद्वारा सफाइ
खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय, नेपालगन्जमा कार्यरत सिनियर डिभिजन इन्जिनियर पूर्णप्रसाद उपाध्यायले ३ करोडभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको पाइएको छ। उपाध्यायले करिब १४ वर्षे जागिर अवधिमा ३ करोड १० लाख २७ हजार रुपैयाँ गैरकानुनी आर्जन गरेको देखिएको छ।
उपाध्यायले गैरकानुनी सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्चजीवन यापन गरिरहेको भन्ने उजुरीका आधारमा अख्तियारको गरेको अनुसन्धानमा यस्तो देखिएको हो। उपाध्याय सामुदायिक खानेपानी तथा सरसफाइ इकाइ कार्यालय डँडेलधुरामा २०६३ पुस ५ मा स्थायी नियुक्ति भएका थिए। २०६९ चैत १५ मा सिनियर डिभिजन इन्जिनियर पदमा बढुवा भएका उपाध्यायले ५ करोड १ लाख ४३ हजार ४ सय ५१ रुपैयाँ आर्जन गरेको खुलेको छ। जसमध्ये १ करोड ९१ लाख १६ हजार २ सय ९८ रुपैयाँको मात्र स्रोत खुलेको छ।
उपाध्यायविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा चलाएको थियो। विशेषले उपाध्ययलाई सफाइ दिएको छ। यही २०८० असार १७ मा विशेषका अध्यक्ष श्रीकान्त पौडेल र सदस्य खुसीप्रसाद थारूको इजलासले उनलाई सफाइ दिएको हो।
ओभरसियरबाट सुपरिटेन्डेन्ट इन्जिनियर बन्दा
नाम : चन्द्रनारायण यादव
पद : सुपरिटेन्डेन्ट इन्जिनियर
कार्यालय : सडक विभाग
अकुत कमाइ : १ करोड ८५ लाख
मुद्दा दर्ता : २०७७ असार २२
मुद्दाको हालको अवस्था : विशेषद्वारा सफाइ
सडक विभागका अवकाश प्राप्त सुपरिटेन्डेन्ट इन्जिनियर चन्द्रनारायण यादव अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले मुद्दा चलाएको छ। यादवले पदमा रहँदा १ करोड ८५ लाख ११ हजार ७ सय २८ रुपैयाँबराबरको गैरकानुनी सम्पत्ति आर्जन पाइएको छ।
विभागका तत्कालीन सुपरिटेन्डेन्ट इन्जिनियर यादव २०३६ मंसिर २ मा सुनसरी–मोरङ सिँचाइ विकास समितिमा ओभरसियर पदबाट म्यादी नियुक्ति भई २०४७ असार १२ मा इन्जिनियर पदमा स्थायी नियुक्तिपश्चात् विभिन्न कार्यालयहरूमा कार्यरत रही २०७४ फागुन १६ मा सुपरिटेन्डेट इन्जिनियरको पदबाट अवकाश पाएका थिए। यादवको वैध आय १ करोड २ लाख ७४ हजार ७ सय ३९ रुपैयाँको अनुपातमा आयभन्दा बढी गरेको १ करोड ८५ लाख ११ हजार ७ सय २८ रुपैयाँबराबरको भागको सम्पत्तिको स्रोत खुल्न नआएको पाइएको छ।
अवैध कमाइबाट यादवले श्रीमती राधाकुमारी यादव र छोरी आँचल यादवको नाममा दर्ता कायम रहने गरी जग्गा खरिद गरेको पाइएको छ भने छोरी आँचल यादव र छोरा आभूषण यादवसमेतलाई चिकित्साशास्त्र अध्ययनसमेतको शैक्षिक खर्च गरेको, सेयरमा लगानी गरेको, घर बनाएको लगायत अनुसन्धानमा देखिएको छ। यादवविरुद्ध साबिक भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा चलाइएको थियो। विशेष अदालतले उनलाई सफाइ दिएको छ। २०७९ चैत १ गते विशेषका अध्यक्ष श्रीकान्त पौडेल र सदस्य शालिग्राम कोइरालाको इजलासले उनलाई सफाइ दिएको हो।
श्रीमती पनि अख्तियारको फन्दामा
नाम : भरतराज आचार्य
पद : इन्जिनियर
कार्यालय : सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुर
अकुत कमाइ : ३ करोड २१ लाख ६२ हजार
मुद्दा दर्ता : २०७७ असार १९
मुद्दाको हालको अवस्था : दोषी ठहर
सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरका इन्जिनियर भरतराज आचार्यविरुद्ध ३ करोड २१ लाख ६२ हजार ४ सय ८० रुपैयाँबराबरको अकुत सम्पत्ति आर्जन गरेका छन्।
उनले सार्वजनिक सेवामा प्रवेश गरेको मितिदेखि २०७६ जेठ मसान्तसम्म ५ करोड २९ लाख ४२ हजार ४ सय ६६ रुपैयाँ आम्दानीमध्ये २ करोड ७ लाख ७९ हजार ९ सय ८३ रुपैयाँ मात्रै वैध भएको देखाएको छ। बाँकी ३ करोड २१ लाख ६२ हजार ४ सय ८० रुपैयाँ अवैध तरिकाले धन आर्जन गरेको देखिएको छ।
सार्वजनिक सेवामा प्रवेशपश्चात् अर्यालले आफू र श्रीमतीका नाममा जग्गा खरिद, घरनिर्माण, सवारीसाधन खरिदलगायतमा लगानीका साथै स्रोत नखुलेको रकमसमेत अस्वाभाविक मात्रामा बैंकिङ कारोबार तथा विभिन्न बैंक खातामा रकम जम्मा गरी सेयर लगानीलगायतका आपूm अनुकूल लगानी खर्च गर्ने गरेको देखिन आएको अख्तियारको अनुसन्धानमा देखिएको छ। विभिन्न बैंक खातामा रकम जम्मा गरी सेयर लगानीलगायतका आफू अनुकूल लगानी खर्च गर्ने गरेका थिए।
सार्वजनिक निर्माण शाखा रुकुममा सबओभरसियर पदमा १२ असोज २०४१ देखि सरकारी नियुक्ति पाएका आचार्य १ माघ २०६४ मा इन्जिनियरमा बढुवा भएका थिए।उनले विभिन्न जिल्लाको सडक विभागको इन्जिनियर हुँदा भ्रष्टाचार गरेको पाइएको छ। हाल सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरमा कार्यरत अवस्थामा अख्तियारले अनुसन्धान गर्दा अकुत सम्पत्ति आर्जन गरेको भेटिएको हो।
सार्वजनिक सेवामा प्रवेशपश्चात् आचार्यले आफू र श्रीमतीका नाममा जग्गाहरू खरिद, घरनिर्माण, सवारीसाधन खरिदलगायतमा खर्च लगानीका साथै स्रोत नखुलेको रकमहरू समेत अस्वाभाविक मात्रामा बंैकिङ कारोबार तथा विभिन्न बैंक खाताहरूमा रकम जम्मा गरी सेयर लगानीलगायतका आफू अनुकूल लगानी खर्च गर्ने गरेको देखिन आयो। आर्जन गरेको स्रोत नखुलेको सम्पत्तिहरू निजले श्रीमती रीतादेवी खनाल आचार्यसमेतका नाममा राखेको पाइएको छ। श्रीमती रीतादेवीसमेतलाई प्रतिवादी कायम गरिएको छ। विशेषले २०७९ माघ १६ गते उनलाई दोषी ठहर गरेको छ। विशेष अध्यक्ष श्रीकान्त पौडेल, यमुना भट्टराई र खुसीप्रसाद थारूको इजलासले उनलाई दोषी करार गरेको हो।
मिटर बिगारेर बदमासी
नाम : टहलबहादुर कार्की
पद : फोरमेन
कार्यालय : नेपाल विद्युत् प्राधिकरण
अकुत कमाइ : १ करोड ९ लाख
मुद्दा दर्ता : २०७७ असार १६
मुद्दाको हालको अवस्था : सफाइ
नेपाल विद्युत् प्राधिकरणका फोरमेनबाट अवकाश प्राप्त टहलबहादुर कार्कीले एक करोडभन्दा बढी अकुत सम्पत्ति कमाए, त्यो पनि बिजुलीको मिटर बिगारेर।
कार्कीले विद्युत्को मिटर बिगारेर उद्योगधन्दालाई कम मूल्यमा बिजुली बेचेर कमाउधन्दा चलाएका थिए। फोरमेनमा कार्यरत रहेका बेला कार्कीले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेका थिए। अनुसन्धानबाट कार्कीको १ करोड ९ लाख ८७ हजार ६ सय ५८ रुपैयाँको सम्पत्तिको स्रोत नखुलेको भेटिएको हो। २०३९ मंसिर १६ देखि पदमा रहेका कार्कीले २०७३ पुस १ मा अवकाश पाएका थिए। उक्त अवधिमा उनले ३ करोड २२ लाख ३६ हजार खर्च तथा लगानी गरेको भेटिएको थियो।
उद्योगधन्धालाई बिजुली बेच्ने धन्दामा कार्कीसहित १६ जना पक्राउ परेका थिए। उनीहरूबाट मिटर बिगार्ने मेसिन पनि बरामद गरिएको थियो। कार्कीलाई विशेष अदालतले सफाइ दिएको छ। २०८० साउन २८ गते विशेषका अध्यक्ष श्रीकान्त पौडेल र शालिग्राम कोइरालाको इजलासले सफाइ दिएको हो।
मालपोतको राजस्व आफ्नै खातामा
नाम : युगलकिशोर ठाकुर
पद : लेखापाल
कार्यालय : मालपोत कार्यालय सिमरा, बारा
अकुत कमाइ : ३ करोड ४ लाख
मुद्दा दर्ता : २०७७ असार १५
मुद्दाको हालको अवस्था : विचाराधीन
मालपोत कार्यालय सिमरा बाराका तत्कालीन लेखापाल युगलकिशोर ठाकुरले राजस्व जति सबै आफ्नै खातामा राखेर अकुत आर्जन गरेका थिए। उनले ३ करोड ४ लाख ९४ हजार ३ सय ८ रुपैयाँ अवैध आर्जन गरेको पाइएको छ।
२०६८ माघ ९ गते कोष तथा लेखा नियन्त्रक कार्यालय बाराबाट नासु पदमा सहलेखापालको पदमा सरकारी सेवामा प्रवेश गरेका ठाकुरले आठ वर्षकै अवधिमा तीन करोडभन्दा बढी गैरकानुनी रूपमा आर्जन गरेको फेला परेको छ।
२०७२ वैशाखमा लेखापालमा बढुवा भई मालपोत कार्यालय सिमरामा रहँदा उनले उठेको राजस्व रकम आफ्नै खातामा जम्मा गरेको अख्तियारले जनाएको छ। ‘मालपोत कार्यालयमा उठेका राजस्व रकमहरू संयुक्त व्यक्तिगत खातामा जम्मा गर्ने गरेको र कार्यालयको खातामा दाखिला गरिनुपर्ने राजस्व रकमलाई समेत आफू अनुकूलका खर्च लगानीमा प्रयोजन तथा खर्च गर्न सक्ने गरी निजले र तत्कालीन मालपोत कार्यालय सिमराका कार्यालय प्रमुख मदनप्रसाद गुप्ताको संयुक्त नाममा राष्ट्रिय वाणिज्य बैंक सिमरामा खाता १२३०००१९१८१० मिति २०७५ भदौ ७ मा खोलिएको व्यक्तिगत खातामा जम्मा गरेको पाइयो,’ अख्तियारको आरोपपत्रमा भनिएको छ।
ठाकुरको २०७६ वैशाख मसान्तसम्ममा पारिश्रमिक बचत आय १० लाख ८० हजार थियो। त्यसबाहेकको अन्य आयहरूको उनले दाबी पुष्टि गर्न नसकेको अख्तियारले जनाएको छ। उनले श्रीमती शोभा कुमारीको नाममा बारा बधवन गापा– ५ मा जग्गा किनेको, त्यस्तै युगलकिशोर ठाकुर र मदनप्रसाद गुप्ताको संयुक्त नाममा वाणिज्य बैंकमा मौज्दात २ करोड ७६ लाख ४४ हजार रहेको अख्तियारले जनाएको छ। गुप्ता पनि अकुत सम्पत्ति आर्जन गर्नेमा पर्छन्।
यस्तै, विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा रहे भएका बैंक खाताहरूमा ११ लाख ३९ हजार रहेको अनुसन्धानमा देखिएको छ। अनुसन्धानका क्रममा उनको घरकोठामा २४ लाख ९२ हजार फेला परेको थियो। उनको सम्पूर्ण आम्दानी ३ करोड १५ लाख ७५ हजार फेला परेको छ। तर वैधानिक आम्दानी भने १० लाख ८० हजार ७ सयमात्र हुँदा अवैध आम्दानी ३ करोड ४ लाख ९४ हजार ३ सय ८ रुपैयाँ अनुसन्धानबाट देखिएकाले श्रीमतीसहित ठाकुरविरुद्ध बिगोबराबर जरिवाना माग गर्दै मुद्दा दायर गरेको अख्तियारले जनाएको छ। उनको मुद्दा विशेष अदालतमा विचाराधीन छ।
३३ कित्ता जग्गा खरिद
नाम : राजेन्द्र काफ्ले
पद : सर्भेक्षक
कार्यालय : नापी कार्यालय भक्तपुर
अकुत कमाइ : ५ करोड ४३ लाख २७ हजार
मुद्दा दर्ता : २०७७ जेठ २७
मुद्दाको हालको अवस्था : विशेषद्वारा सफाइ
नापी कार्यालय भक्तपुरका सर्भेक्षक राजेन्द्र काफ्लेले अकुत कमाइबाट ३३ कित्ता जग्गा किनेको भेटिएको छ। उनले साढे ५ करोड अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको आरोप छ। २२ वर्ष सार्वजनिक सेवामा रहेका उनले ७ करोड १७ लाख ४१ हजार कमाएको देखिएको छ। जसमा १ करोड ७४ लाख १४ हजारको मात्रै स्रोत खुलेको छ।
काफ्लेले अवैध रूपमा कमाएको सम्पत्ति उनकी श्रीमती सुशीलाको नाममा पनि राखेको भेटिएको छ। भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लामा आफू र श्रीमती सुशीलाको नाममा ३३ कित्ताभन्दा बढी जग्गाजमिन खरिद गर्दा रजिस्ट्रेसन लिखतमा वास्तविक भुक्तानी मूल्यभन्दा न्यून रकम देखाई जग्गाधनीलाई वास्तविक कारोबारको रकम भुक्तानी दिएको अनुसन्धानको क्रममा भेटिएको अख्तियारको भनाइ छ। काफ्लेले २०५४ पुस १ देखि २०७६ वैशाख ३० सम्मको सेवा अवधिमा १ करोड ७४ लाख १४ हजार वैध आयआर्जन गरेको देखिएको छ। उनले यो अवधिमा ७ करोड १७ लाख ४१ हजार कमाएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।
काफ्लेले सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको तथ्य प्रमाणबाट पुष्टि हुन आएको छ। गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिको बिगोबाट खरिद गरी काफ्ले र निजकी श्रीमती सुशीलाको नाममा राखेको पाइएको छ।
अख्तियारले काफ्लेको चलअचल सम्पत्ति तथा सोबाट बढे बढाएको सम्पत्तिसमेत जफत गर्न मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो। साथै, श्रीमती श्रीमती सुशीलाको नाममा रहेको सम्पत्ति पनि जफत गर्न आरोप–पत्रमा माग दाबी गरिएको छ। काफ्ले सफाइ पाएका छन्। उनलाई २०८० असार २२ मा विशेषकी न्यायाधीश यमुना भट्टराई र बलभद्र बाँस्तोलाको इजलासले सफाइ दिएको छ।
साली र जेठानका नाममा सम्पत्ति
नाम : बद्रीराज ढकाल
पद : मालपोत अधिकृत
कार्यालय : भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल ललितपुर
अकुत कमाइ : १० करोड २७ लाख रुपैयाँ
मुद्दा दर्ता : २०७७ जेठ २०
मुद्दाको हालको अवस्था : विशेषद्वारा सफाइ
भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल ललितपुरका मालपोत अधिकृत बद्रीराज ढकालले कमाएको अवैध सम्पत्ति साली र जेठानको नाममा राखेको भेटिएको छ।
खरिदारबाट निजामती सेवा प्रवेश गरेका ढकालले आर्जन गरेको १४ करोड ५३ लाख ८२ हजार ४ सय ९८ रुपैयाँमध्ये १० करोड २७ लाख ५८ हजार ४ सय ६१ रुपैयाँ भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको पाइएको छ।
निजामती सेवा प्रवेशपछिको अधिकांश समय मालपोत कार्यालयमा बिताएका ढकालले भ्रष्टाचार गरेर आफ्ना टाढाका नातेदारका नाउँमा समेत अकुत सम्पत्ति लुकाएको भेटिएको छ। उनले आफू र आफ्ना परिवारका सदस्यहरूको नाममा बैंकमा पैसा नराखी नातेदारको नाउँमा बैंक खाता सञ्चालन गरेको र गाडी खरिद गरेको अख्तियारले जनाएको छ।
‘सार्वजनिक सेवामा प्रवेश गरेपछि आफू र परिवारका सदस्यका नाउँमा सञ्चालित बैंक खाताहरूमा खासै कारोबार नदेखाए पनि साली नाताकी व्यक्तिका नाममा सवारीसाधन खरिद गरी प्रयोग गर्ने गरेको पाइयो,’ अख्तियारको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ‘अवैध कारोबारलाई लुकाउने उद्देश्यले उनले हाल अस्ट्रेलिया बसोबास गर्दै आएका जेठान नाताका नवराज अर्यालका नाममा जनता बैंकमा नयाँ खाता खोली रकम जम्मा गरेको भेटिएको छ।’ ढकालले जेठानको नाममा खाता खोलेकै दिन खाता सञ्चालकबाट सञ्चालनको अनुमति लिई आफू अनुकूलका व्यक्तिहरूबाट समेत पैसा जम्मा गराएका थिए।
उनले खातामा मौज्दात रकमबाट आफूले खरिद गरेका जग्गाको कारोबारसँग सम्बन्धित व्यक्तिहरूलाई भुक्तानी तथा खर्च लगानी गर्न उक्त खाताबाट ४ करोड २६ लाख ९९ हजार २ सय ९४ रुपैयाँ विभिन्न शीर्षकहरूमा खर्चसमेत गरेका थिए। अख्तियारले उनीसँगै श्रीमती सिर्जना अर्याल ढकाल, सम्पत्ति लुकाउन सहयोग गर्ने जेठान नाताका नवराज अर्यालसमेतलाई प्रतिवादी कायम गरी मुद्दा दायर गरेको छ। ढकालले पनि सफाइ पाएका छन्। २०८० साउन २२ मा विशेषका न्यायाधीश यमुना भट्टराई, बलभद्र बाँस्तोला, खुसीप्रसाद थारूको इजलासले सफाइ दिएको छ।
गाविस सचिवसँग १८ करोड अकुत
नाम : ऋषिराम अर्याल
पद : तत्कालीन गाविस सचिव
कार्यालय : टोखा नगरपालिका
अकुत कमाइ : १७ करोड ८३ लाख
मुद्दा दर्ता : २०७७ जेठ ७
मुद्दाको हालको अवस्था : विचाराधीन
तत्कालीन गाविससचिवले १८ करोड अकुत सम्पत्ति आर्जन गरेको भेटिएको छ। गाविससचिवबाट सेवा प्रवेश गरी शाखा अधिकृतको पदबाट अवकाश प्राप्त ऋषिराम अर्यालले करिब १८ करोडबराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको पाइएको छ।
अर्यालले सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०७६ असार मसान्तसम्म ८ करोड ७७ लाख २७ हजार ४ सय ८३ वैध आर्जन गरेको देखिएको छ। उनले २६ करोड ६० लाख ६९ हजार ६२ लगानी तथा खर्च गरेको देखिएको छ। उनीसँग १७ करोड ८३ लाख ४१ हजार ५ सय ६९ रुपैयाँको स्रोत नखुलेको रकम भेटिएको छ।
२०३९ साउन १ मा जिल्ला विकास समिति स्याङ्जाबाट गाविस सचिवमा स्थायी नियुक्ति पाएका थिए। निजामती सेवामा प्रवेश गरी नासु पदमा बढुवा हुँदै काठमाडौंको भीमढुंगा गाविस र टोखा नगरपालिकाका कार्यरत रहेका थिए। उनले अधिकांश जग्गाहरू आफू कार्यरत गाविस तथा नगरपालिकाअन्तर्गतका स्थानहरूमा कार्यरत अवधिमा जोडेको देखिएको छ। श्रीमती लक्ष्मीदेवी उपाध्याय अर्याल र छोराहरू सुशील अर्याल, सुनील अर्यालका नाममा उनले जोडेका सम्पत्ति जफत गर्न अख्तियारले मुद्दा दायर गरेको थियो।
अवैध आर्जनको सम्पत्तिबाटै श्रीमती लक्ष्मीदेवीको एकल स्वामित्वमा एलडी इन्टरप्राइजेज फर्म गरेको पाइएको अख्तियारको अनुसन्धानपत्रमा छ। त्यस्तै बिमा, विभिन्न बैंक तथा वित्तीय संस्था एवं कम्पनीहरूका सेयर खरिद गरेको पाइएको छ। यो मुद्दा विशेष अदालतमा विचाराधीन छ।
जसको नाममा सम्पत्ति राखे, उनै भए साक्षी
नाम : राजकुमार ढकाल
पद : एक्सरे टेक्निसियन ९नासु०
कार्यालय : त्रिभुवन विमानस्थल भन्सार कार्यालय
अकुत कमाइ : २ करोड २ हजार
मुद्दा दर्ता : २०७७ वैशाख ३ गते
मुद्दाको हालको अवस्था : दोषी ठहर
त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाडौंका एक्सरे टेक्निसियन ९नासु० राजकुमार ढकालले दुई करोड अकुत सम्पत्ति आर्जन गरेको पाइएको छ। उनले २ करोड २ हजार ८ सय ८६ अवैध सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
ढकालको आयभन्दा व्यय बढी देखिएको अख्तियारको भनाइ छ। यस्तै, सम्पत्ति विवरण उनको आर्थिक हैसियतभन्दा अस्वाभाविक र अमिल्दो रहेको, निजको जीवनयापनस्तर आयस्रोतभन्दा उच्च देखिएको अख्तियारको दाबी छ। ढकालको नाममा रहेका विभिन्न खाताबाट अस्वाभाविक रूपमा आयस्रोतभन्दा बढी रकम चेकमार्फत सापटी दिएको देखिएको हुनाले उनको सम्पत्तिको वैद्य स्रोत खुल्न नसकेको अख्तियारको दाबी छ।
उनले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी आफ्नो, श्रीमती निर्जरा घिमिरे र राममणि लामिछानेको नाममा चल–अचल सम्पत्ति लुकाइ राखेको अख्तियारको अनुसन्धानमा उल्लेख छ।
ढकालले श्रीमतीको नाममा समेत घरजग्गा खरिद, बैंक खातामा रकम मौज्दात राखेको र लगानी तथा खर्च गरेको पाइएको छ। लामिछानेले आफ्नो नाममा ढकालले राखेको सम्पत्ति देखाएर अनुसन्धानको क्रममा सहयोग गरेको भन्दै अख्तियारले उनलाई छुट दिएको छ। यो मुद्दा विशेषले दोषी ठहर गरेको छ। २०८० भदौमा विशेषका न्यायाधीशद्वय यमुना भट्टराई र बलभद्र बाँस्तोलाको इजलासले उनलाई दोषी ठहर गरेको हो। ०००
ठेकेदारसँग मिलेर भ्रष्टाचार
नाम : जितेन्द्रकुमार चौधरी
पद : तत्कालीन डिभिजन प्रमुख
कार्यालय : डिभिजन सडक कार्यालय विराटनगर मोरङ
अकुत कमाइ : ४ करोड
मुद्दा दर्ता : २०७६/११/०५
मुद्दाको हालको अवस्था : विचाराधीन
डिभिजन सडक कार्यालय विराटनगर मोरङका तत्कालीन डिभिजन प्रमुख जितेन्द्रकुमार चौधरीले पदीय मर्यादाविपरीत सडकका विभिन्न आयोजनामा अनियमितता गरी अकुत कमाएका थिए।
ठेकेदारसँग मिलेर सम्पत्ति आर्जन गरी घरघडेरी जोडेको, बैंकमा समेत रकम जम्मा गरेको, परिवारको अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको र आफ्नो हैसियतभन्दा बढी रकम खर्च गरी आफू, श्रीमती र छोराको नाममा सम्पत्ति जम्मा गरेको अख्तियारको दाबी छ। चौधरीले ३ करोड ९९ लाख ४४ हजार ३ सय ४२ बराबरको अकुत सम्पत्ति जम्मा गरेका थिए।
उनले अकुत सम्पत्ति श्रीमती किरण चौधरी, छोरा अभिषेक चौधरी र छोरी स्मृति चौधरीको अध्ययनमा खर्च, घर जग्गा खरिद, घर निर्माण, बैंक खाताहरूमा रकम जम्मा गरेको अख्यितारको दाबी छ। उनीहरूविरुद्ध अख्तियारमा मुद्दा पनि हालिएको थियो। चौधरीको मुद्दा विशेष अदालतमा चलिरहेको छ।
उपसचिव ढुंगानाको ४ करोड अकुत
नामः राजेन्द्र ढुंगाना
पद : उपसचिव
कार्यालय : अर्थ मन्त्रालय
अकुत कमाइ : साढे ४ करोड
मुद्दा दर्ता : २०७६ पुस १८
मुद्दाको हालको अवस्था : सफाइ
अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगाना पनि अकुत सम्पत्ति कमाउनेमा परेका छन्। उनले भ्रष्टाचार गरेर साढे ४ करोडभन्दा बढी कमाएको पाइएको छ। भ्रष्टाचारबाट कमाएको पैसा श्रीमती मधु कोइराला ९ढुंगाना०ले प्रयोग गरेको अख्तियारको भनाइ छ।
सेवामा प्रवेश गर्दाको अवधिदेखि हालसम्मको खर्च र आम्दानी हेर्दा उनले ४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रुपैयाँको स्रोत खुलाउन नसकेको अख्तियारको अनुसन्धानले देखाएको छ। ढुंगानाले सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वाभाविक उच्च जीवनयापन गरेको पुष्टि भएको छ।
ढुंगानाले आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानुनी रूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति श्रीमतीको नाममा समेत खरिद गरी राखेको पाइएको छ। ढुंगानाले गरेको ५ करोड ४८ लाख रुपैयाँ खर्च तथा लगानी अस्वाभाविक देखिएको अख्तियारको दाबी छ। ढुंगाना २०४९ साउन १९ मा सरकारी सेवा प्रवेश गरेको थिए। उनले २०७५ असार ३२ सम्म सरकारी सेवा रहँदा आर्जन गरेका थिए। ७९ लाख ५४ हजार मात्रै उनले वैध रूपमा कमाएका थिए।
खरिद गरी राखेको मधु कोइराला ढुंगानाको नाममा रहेको सम्पत्ति पनि जफत गर्ने उद्देश्यले विशेष अदालत काठमाडौंमा उनीहरूविरुद्ध मुद्दा हालिएको थियो। तर, विशेष अदालतले उपसचिव ढुंगानालाई २०८० वैशाख ८ मा सफाइ दिएको थियो। न्यायाधीश श्रीकान्त पौडेल र यमुना भट्टराईको इजलासले उनलाई पूर्णलाई सफाइ दिएको हो।
जेठानका नाम अकुत सम्पत्ति
नाम : कृष्णबहादुर बस्नेत
पद : प्रमुख
कार्यालय : तातोपानी भन्सार कार्यालय
अकुत कमाइ : १० करोड ५६ लाख
मुद्दा दर्ता : २०७६ मंसिर २७
हालको अवस्था : विशेषद्वारा सफाइ
तातोपानी भन्सार कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेतले जेठानको नाममा अकुत सम्पत्ति लुकाएको पाइएको छ। बस्नेतले ९ करोड २१ लाख रुपैयाँ संखुवासभाको खाँदबारीमा बस्ने जेठान नवीनकुमार गौलीको खातामा लुकाएको अख्तियारको अनुसन्धानमा देखिएको छ। उनले आफ्नो र जेठानको नाममा गरी १० करोड ५६ लाख अकुत सम्पत्ति लुकाएको पाइएको छ। बस्नेतले आफ्नो नाममा एक करोड ३५ लाख रुपैयाँ लुकाएका थिए। उनीमाथि १७ लाख रुपैयाँ घुस लिएको आरोपमा अर्को मुद्दासमेत परेको छ।
२०४५ सालमा लेखापाल भएर सेवा प्रवेश गरेका बस्नेतमाथि उपसचिव हुँदा मुद्दा लागेको थियो। विभिन्न स्रोतबाट १ करोड ७८ लाख रुपैयाँ आर्जन गरेका उनले त्यसको ६ गुणा बढी रकम गैरकानुनी आर्जन गरेको पाइएको छ। आफ्नै खाताबाट उनले ३ करोड १३ लाख खर्च गरी १ करोड ३५ लाख अस्वाभाविक आर्जन गरेको देखिएको छ। भन्सार छुटाउने क्रममा व्यापारी, व्यवसायी र भन्सार एजेन्टसँग घुस लिएको रकम अनुसन्धानबाट बच्नका लागि उनले जेठान गौलीको खातामा लुकाएका थिए। जेठानले खरिद गरेको सम्पत्ति बस्नेतले बकसको रूपमा लिने गरेको देखिएको छ। उनीहरूको जग्गा, होटल व्यवसाय र अन्यत्र पनि लगानी रहेको पाइएको छ।
बस्नेत विराटनगर भन्सारमा रहेका बेला गौलीले खाँदबारी वरपर सय रोपनीभन्दा बढी जग्गा खरिद गरेका थिए भने अन्यत्र पनि लगानी फैलाएका थिए। अख्तियारले बस्नेतका साथै उनकी श्रीमती सविता गौली, जेठान नवीनकुमार गौली र नवीनकी श्रीमती शकुन्तला गौली र छोरा सुलभ गौलीविरुद्धसमेत मुद्दा चलाएको थियो।
उपसचिव बस्नेतको सम्पत्ति छानबिनका क्रममा उनको खातामा १७ लाख रुपैयाँ जम्मा भएको खुलेको थियो। जम्मा गर्नेमाथि छानबिन हुँदा विदेशबाट सामान ल्याउने व्यवसायीले भन्सार छुटाउने प्रयोजनका लागि घुस बुझाएको बयान दिएका थिए। त्यो रकम पछि उनका जेठान गौलीको खातामा सारिएको थियो। अख्तियारले बस्नेत र गौलीमाथि १७ लाख रुपैयाँ घुस खाएको अभियोगमा मुद्दा चलाइएको थियो। बस्नेतले २०७९ पुस १ मा सफाइ पाएका छन्। विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू बलभद्र बाँस्तोला र खुसीप्रसाद थारूको इजलासले बस्नेतलाई सफाइ दिएको हो।
मालपोत कार्यालयका तत्कालीन नासुको अकुत सम्पत्ति
नाम : मदनप्रसाद गुप्ता
पद : नासु
अकुत कमाइ : १४ करोड ८१ लाख
मुद्दा दर्ता : २०७६ मंसिर १०
हालको अवस्था : विचाराधीन
अकुत सम्पत्ति आर्जन गर्ने अर्को व्यक्ति हुन्, मदनप्रसाद गुप्ता। अख्तियारले मालपोत कार्यालय सिमराका तत्कालीन नासु गुप्ताविरुद्ध १५ करोड अकुत सम्पत्ति आर्जनमा मुद्दा दयार गरेको थियो। मालपोतमा हुँदा उनको बारा, पर्सामा रजगज नै थियो। २७ वर्षे जागिरे जीवनमा उनको अस्वाभाविक जीवनशैली थियो।
जागिरे जीवनमा १९ करोड ३६ लाख कमाएका गुप्ताले चार करोड ५४ लाख रुपैयाँमात्रै वैध रूपमा आर्जन गरेको ठह¥याएको छ। यो सम्पत्ति तलब, पारिश्रमिक, बचत, आय, घरजग्गा बिक्री, विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा, छोरा रकीको आय, घरबहाल आयसमेत गरेर हो। तर, उनीसँग १९ करोड ३६ लाख ६५ हजार रुपैयाँ देखिएको थियो। १४ करोड ८१ लाख ८९ हजारबराबरको सम्पत्ति स्रोत नखुलेको पाइएको छ।
गुप्ता २०४७ असार २७ गते मालपोत कार्यालय मुस्ताङबाट खरिदार पदमा सेवा प्रवेश गरेका थिए। उनी २०६४ मा नासुमा बढुवा भएका हुन्। उनले मालपोत पर्सा हुँदै सिमराका निमित्त प्रमुख भएर काम गरेका थिए। उनले आफू तथा आफ्नो परिवारका सदस्यसहित अन्य व्यक्तिका नाममा पनि दर्ता कायम रहने गरी घरजग्गा, सवारीसाधन र व्यवसायलगायत विभिन्न शीर्षकमा लगानी गरेका थिए। उनले कमाएको सम्पत्ति श्रीमती रीतादेवी, छोराहरू विक्की र रकीका नाममा राखेका थिए।
गुप्ताविरुद्ध राजस्व चुहावटमा पनि अख्तियारले मुद्दा चलाइरहेको छ। उनले जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम (रजिस्ट्रेसन दस्तुर र पुँजीगत लाभकर) नियमानुसार दाखिला नगरी हिनामिना गरेको पनि देखिएको छ। यो मुद्दा विशेष अदालतका विचाराधीन छ।
कैदीको सिधासमेत खान्छन् जेलर
नाम : चिरञ्जीवी थापा
पद : जेलर
कार्यालय : कारागार कार्यालय भीमफेदी, मकवानपुर
अकुत कमाइ : एक करोड १३ लाख
मुद्दा दर्ता : २०७६ मंसिर १
हालको अवस्था : विशेषद्वारा सफाइ
जेलरले समेत अकुत सम्पत्ति आर्जनमा मुछिएका छन्। जेलरको अवैध सम्पत्ति आर्जनमा पत्नी पनि मुछिएकी छन्। भीमफेदी कारागारका जेलर चिरञ्जीवी थापा र उनकी पत्नी गोमा कट्टेल थापाले अकुत सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट खुलेको हो। चिरञ्जीवीले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति पत्नी गोमाको नाममा समेत राखेका थिए।
सार्वजनिक पदमा रही गैरकानुनी सम्पत्ति आर्जन गरी अस्वाभाविक रूपमा उच्च जीवनयापन गरेका थापाले १ करोड १३ लाख ६० हजार ४ सय १० रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको अनुसन्धानका क्रममा देखिएको थियो।
थापाले २०४५ साल देखि २०७६ सालसम्म विभिन्न सार्वजनिक पदमा रही काम गरेका थिए। उनको आम्दानी र खर्चको स्तर तथा बचत रकमको मेल नखाएको पाइएको छ। थापाले पनि सफाइ पाएका छन्। २०७९ चैत २३ गते विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले उनलाई सफाइ दिएको हो।
नापी अधिकृत राजु पुरीको अकुत सम्पत्ति आर्जन
नाम : राजु पुरी
पद : नापी अधिकृत
कार्यालय : नापी कार्यालय, चाबहिल (नापी विभाग)
अकुत कमाइ : १ करोड ४ लाख
मुद्दा दर्ता : २०८० साउन १४ गते
हालको अवस्था : विचाराधीन
नापी कार्यालय चाबहिलका नापी अधिकृत राजु पुरीले अकुत सम्पत्ति आर्जन गरेको खुलासा भएको थियो। नापी विभागमा कार्यरत अधिकृत पुरीले एक करोडभन्दा बढी अवैध सम्पत्ति आर्जन गरेको भेटिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरीविरुद्ध १ करोड ४ लाख ३ हजार बिगो कायम गरी अकुत सम्पत्ति आर्जन मुद्दा दायर गरेको थियो।
विशेष अदालतमा दायर गरेको मुद्दामा पुरीकी श्रीमती सिर्जनालाई प्रतिवादी बनाएको छ। उनीहरूविरुद्ध २०८० साउन १४ मा विशेष अदालतमा मुद्दा दायर गरिएको छ। यो मुद्दा विशेष अदालतमा विचाराधीन छ।
पत्नीको नाममा घरजग्गा
नाम : विष्णुकान्त मिश्र
पद : सहायक जिल्ला वन अधिकृत
कार्यालय : मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय सुर्खेत
अकुत कमाइ : ७२ लाख ५२ हजार ४ सय ८०
मुद्दा दर्ता : २०८० वैशाख २८ गते
हालको अवस्था : विचाराधीन
मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय सुर्खेतका सहायक जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रले अकुत सम्पत्ति आर्जन गरेको खुलेको छ। अख्तियारले साढे ७२ करोड रुपैयाँ स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
उनी सार्वजनिक सेवा प्रवेश गरेको १० फागुन २०३६ देखि १६ मंसिर २०७० सम्मको अवधिमा आम्दानी र खर्चको विश्लेषण अख्तियारले गरेको थियो। उनको आम्दानी ९६ लाख ६८ हजार देखियो भने खर्च र लगानी १ करोड ६९ लाख २० हजार ५ सय ३८ रुपैयाँ देखिएको थियो। आम्दानीसँग लगानी तथा खर्च रकम घटाउँदा आउने ७२ लाख ५२ हजार ४ सय ८० रुपैयाँ सम्पत्तिको स्रोत नखुलेको भेटिएको थियो।
गैरकानुनी रूपमा आर्जित सम्पत्ति पत्नी हीरादेवीका नाममा लुकाएर राखेको पाइएको थियो। उनले श्रीमतीको नाममा जग्गा किनेर घरसमेत बनाएको भेटिएको थियो। अख्तियारले हीरादेवीलाई पनि प्रतिवादी बनाएको छ। यो मुद्दा विशेष अदालतमा विचाराधीन छ।