एनआरएनएको ११ औं महाधिवेशन हुँदै, उम्मेदवारी घोषणा सुरु

एनआरएनएको ११ औं महाधिवेशन हुँदै, उम्मेदवारी घोषणा सुरु
सुन्नुहोस्

काठमाडौं :  गैरआवासीय नेपाली संघ (एनआरएनए) ११ औं महाधिवेशन आगामी अक्टोबर १७ देखि २० हुने भएको छ। 

उक्त महाधिवेशनमा संघको नयाँ कार्यसमितिको चुनावी घोषणा समेत सुरु भइसकेको छ। यसैक्रममा गोर्खा जिल्लाको फुजेलमा जन्मिएका र हाल बेलायतको क्यामरिज विश्वविद्यालयबाट राजनीतिक तथा सामाजिक शास्त्रमा पीएचडी अध्ययनसँगै व्यवसाय गर्दै आएका विनिय अधिकारीले एनआरएनएको आगामी कार्यकालको अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका छन्।

अधिकारीले बिहीबार राजधानीमा पत्रकार सम्मेलनमार्फत ‘नेपाल बाहिरको नेपालीको सुख दुःखको साथी’ भन्ने  नारालाई आत्मसाथ गर्दै एनआरएनको संस्थागत विकासका लागि आगामी कार्यकालको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको बताए। 

नेपाली नागरिकता, पैतृक सम्पत्तिमा हक अधिकार, विदेशस्थित नेपालीलाई सर्वोच्च अदालतको फैसला अनुसार भोटको अधिकार, भूतपूर्व गोर्खाको समान अधिकार, पेन्सनको विषय एनआरएनए मार्फत नेपाल सरकारसँग निरन्तर लगायतका २७ बुँदे मुद्दा उठाउने अधिकारीले  प्रतिवद्धता जनाएका छन्। उनी भन्छन्, ‘नेपालको आर्थिक विकासमा गैर आवासीय नेपालीले खेल्न सक्ने भूमिका पनि एक महत्वपूर्ण कोशेढुंगो सावित हुन सक्छ। लगानीको वातावरण बनाई दीर्घकालीन आर्थिक सुधार अबको पहिलो आवश्यकता हो। नेपालको विकास र नेपालीको हितमा रहेर काम गर्नका लागि एनआरएनमा मेरो भूमिकामा केन्द्रित हुने छ।’

हिजोको दिनमा नेपालमा भूकम्प, नाकाबन्दी र कोभिड-१९ का कारण नेपाली जनताले भोग्नु परेको कष्टप्रद क्षणमा हातेमालो गरेको बताए। साथै भोलिका दिनमा आइपर्ने विपद् व्यवस्थापन, आर्थिक सहायता लगायत अनेक मुद्दामा हातेमालो गर्न सदैव तयार रहेकोमा प्रतिवद्धता व्यक्त गरे। 

लामो समयदेखि एनआरएनमै बसेर नेपालको हित र महिला सशक्तिकरणको आवाज उठाउँदै आएका अधिकारी नेपालको गोरखा जिल्लामा जन्मिएका अधिकारी ग्लोबल गोरखा समाजको पूर्वअध्यक्ष र हाल संरक्षक समेत रहेका छन्। 

अधिकारीले जारी गरेको घोषणापत्रमा राष्ट्रिय योजना आयोगसँगको समन्वयमा देशको आवश्यकता विश्लेषण गरी योजना निर्माणका ७ स्टेप प्रक्रियाबाट आएका योजनामा साझेदारी गर्ने विधी र प्रक्रियालाई आत्मसाथ गरी देशको मुल विकास प्रक्रियामा गैर आवासीय नेपाली संघलाई आबद्ध गरिने उल्लेख छ। 

यस्तै, नेपालको पालिकासँगको समन्वयमा विदेशमा पढिरहेका विद्यार्थीहरूलाई इन्टरनसिप तथा स्वयंमसेवक बनेर नेपालको विकास बुझ्ने र आफ्ना ज्ञान तथा सीपको उपयोग हुने वातावरण तयार गर्ने उनले बताए। 

गैरआवासीय नेपाली संघमा तथ्याङ व्यवस्थापन प्रणाली लागू गरी सम्पूर्ण योजना तथा कार्य प्रगति तथा प्रोजेक्ट मोनिटरिङ सिस्टम पारदर्शी तथा जवाफदेही बनाउने कार्य गरिने समेत उनले बताए। 

गैर आवासीय नेपाली संघले शहर केन्द्रित भन्दा पनि कर्णाली र मधेस प्रदेश जुन मानवीय विकास सूचांकमा पछाडि छ। त्यहाँको लागी विकासमा श्रोत केन्द्रित गरी प्राथमिकताका आधारमा कार्ययोजना निर्माण गरी अघि बढ्ने छ। 

यस्तै, गैर आवासिय नेपाली संघमा अनुसन्धान तथा नव प्रवर्द्धन इकाई स्थापना गरी सम्बन्धित क्षेत्रमा कार्यरत निकाय तथा संस्थासँगको सहकार्यमा (एनआरएन) युवा तथा वैज्ञानिकहरूलाई तथा नवप्रवर्द्धनका लागि आवश्यक स्रोत, साधन तथा अवसर सिर्जना गर्नेमा उनले प्रतिवद्धता व्यक्त गरे। 

संघको रणनीतिक साझेदार छनौट गरी नेपालको विकासमा एनआरएनएको ज्ञान,सिप तथा प्रविधि हस्तान्तरणका लागि दीर्घकालीन योजना बनाई पार्टनरसिप नीति तय गरिने लगायतका प्रतिवद्धता घोषणा पत्रमा व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.