पिस कोर स्वयंसेवकको २०८ औँ समूहले लियो शपथ

पिस कोर स्वयंसेवकको २०८ औँ समूहले लियो शपथ
सुन्नुहोस्

काठमाडौं : पिस कोरका नयाँ स्वयंसेवक समूहले शपथ लिएका छन्।  नेपालमा सेवा प्रारम्भ गर्नुअघि  २१ सदस्यीय  स्वयंसेवकको समूहले बिहीबार शपथ लिएको हो।

उनीहरूले  अमेरिकी राजदूत डिन आर.थम्पसन र पिस कोर नेपालका निर्देशक ट्रोइ कफ्रथबाट शपथ लिएका हुन्। नयाँसँग नेपालमा काम गरिसकेका  ४ हजार पिस कोरको संख्या पुगेको हो।

यो समूहले नेपालमा १९६२ देखि काम गर्दै आएको छ।

नेपाल र अमेरिकी सरकारबीच  ६१ वर्षअघि सन् १९६२ को अगस्ट २४ तारिखमा नेपालमा पिस कोर कार्यक्रम स्थापना गर्ने सहमति भएको थियो।  सोको वार्षिकोत्सव बिहीबार  मनाइएको हो।

गत जेठ महिनामा नेपाल आइपुगेका यी २१ पिस कोर स्वयंसेवकले आफ्नो सेवाको तयारी स्वरूप काभ्रे जिल्लामा ११ हप्ता लामो   भाषिक,अन्तरसांस्कृतिक र प्राविधिक प्रशिक्षण पूरा गरिसकेका छन्  । उनीहरूलाई गण्डकी तथा बागमती प्रदेशका पाँच जिल्लामा खटाइएको थियो ।

उनीहरुले शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय,स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँगको समन्वयमा सरकारी विद्यालयमा अङ्ग्रेजी पढाउनुका साथै खाद्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी परियोजनामा काम गर्दै आएका छन् । 

पिस कोर विश्व शान्ति तथा मित्रताको उद्देश्यबाट अभिप्रेरित स्वयंसेवक, समुदायका सदस्य, आतिथेय मुलुकका साझेदार र कर्मचारीहरूको अन्तर्राष्ट्रिय सेवा सञ्जाल हो । 

विश्वभरिका सरकारहरूको आमन्त्रणमा पिस कोर स्वयंसेवकहरू शिक्षा, स्वास्थ्य, वातावरण, कृषि, सामुदायिक आर्थिक विकास र युवा विकासका क्षेत्रमा स्थानीय रूपमा प्राथमिकता प्राप्त परियोजनाहरूमा समुदायका सदस्यहरूसँग काम गर्दछन् । 

सन् १९६१ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले पिस कोरको स्थापना गरेदेखि २ लाख ४० हजारभन्दा बढी अमेरिकीहरूले विश्वभर १४३ वटा मुलुकमा सेवा गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.