प्रहरीको हत्या आरोपी आमाछोरा कारागार चलान

प्रहरीको हत्या आरोपी आमाछोरा कारागार चलान
फाइल तस्बिर।
सुन्नुहोस्

हत्या आरोपमा प्रहरीले होटल सञ्चालक कुँवर आमाछोरालाई गत साउन ९ गते नै पक्राउ गरेर अनुसन्धानका लागि जिल्लामा ल्याएको थियो। पौडेल रातिसम्म बसेपछि आशासँग भनाभन भएको र त्यसपछि निर्घात कुटपिट गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ।

बागलुङ : जिल्ला अदालत बागलुङले प्रहरी वरिष्ठ सई उज्वल पौडेलको हत्या आरोपी दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ।  

अदालतले बुधबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले बडिगाड गाउँपालिका–६ स्थित आशा होटल तथा खाजा घरका सञ्चालक ५१ वर्षीय आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरलाई पुर्पक्षका लागि जेल पठाएको हो। 

जिल्ला प्रहरी कार्यालय बागलुङले गत साउन ८ गते राति ११ बजे कुँवर आमाछोराले मिलेर भिमगिठेस्थित इलाका प्रहरी कार्यालयका इन्चार्ज वरिष्ठ सई पौडेलको हत्या गरेको भन्दै मुद्दा दर्ता गरेको छ। 

खाजा खान होटलमा गएका पौडेल राति १ बजे होटलमै मृत फेला परेका थिए। होटलमा झैझगडा भएको भन्ने खबर प्राप्त भएपछि घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय भिमगिठेको टोलीले सई पौडेललाई मृत्त फेला पारेको थियो।

हत्या आरोपमा प्रहरीले होटल सञ्चालक कुँवर आमाछोरालाई गत साउन ९ गते नै पक्राउ गरेर अनुसन्धानका लागि जिल्लामा ल्याएको थियो। पौडेल रातिसम्म बसेपछि आशासँग भनाभन भएको र त्यसपछि निर्घात कुटपिट गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ। 

निर्घात कुटेपछि बेहोस भएका पौडेलको घाँटी थिचेर मारेको आरोपीले बयान दिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक मदन 
केसीले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.