'स्वास्थ्य क्षेत्रमा गरेका लगानीहरू लक्षित समुदायमाझ पुर्‍याउन विशेष ध्यान दिनुपर्छ'

'स्वास्थ्य क्षेत्रमा गरेका लगानीहरू लक्षित समुदायमाझ पुर्‍याउन विशेष ध्यान दिनुपर्छ'
सुन्नुहोस्

काठमाडौं : स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा गरेका लगानीहरू लक्षित समुदायमाझ पुर्‍याउन विशेष ध्यान दिनुपर्ने बताएका छन्। 

आइतबार काठमाडौंमा मेरो पोषण साथी मोबाइल एपको शुभारम्भ गर्दै मन्त्री बस्नेतले अहिले पनि गरिब विपन्न वर्गहरू उपचार नपाएर वा उचित पोषण नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था रहेको भन्दै लक्षित कार्यक्रम समुदायमाझ  पुर्‍याउन विशेष ध्यान दिनुपर्ने बताएका हुन्। 

उनले सरकारले बनाएका राम्रा रणनीति र कार्ययोजना अलपत्र पार्ने परिपाटी बन्द नभएसम्म सरकारको ठूलो लगानी खेर जाने र नागरिकले प्रतिफल पनि नपाउने अवस्थाको अन्त्य हुन नसक्ने धारणा राखे।

आधारभूत स्वास्थ्य सेवा गाउँमा पुर्‍याउनुपर्ने कुरामा यसअघि पक्षपातपूर्ण व्यवहार गरिएको र अहिले तीन महिनामा धेरै सुधारका काम भएको उनले बताए। मन्त्री बस्नेतले हरेक नागरिक रोगबाट पीडित नहुने गरी प्रभावकारी ढंगबाट सातै प्रदेशमा अभियानका रुपमा स्वास्थ्य सचेतनाका कार्य सञ्चालन गर्नुपर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.