३ हजार ११८ सर्किट किलोमिटर विद्युत् प्रसारण लाइन निर्माण

३ हजार ११८ सर्किट किलोमिटर विद्युत् प्रसारण लाइन निर्माण
सुन्नुहोस्

काठमाडौं : नेपालको विद्युत् प्रसारण प्रणालीमा नौ वर्षमा ३ हजार ११८ किलोमिटर सर्किट प्रसारण लाइन थपिएको छ। प्राधिकरणले प्रसारण र वितरण तर्फका पूर्वाधार संरचनाहरूको विस्तार र सुधारलाई व्यापक रुपमा अगाडि बढाएको विज्ञप्तिमार्फत् जनाएको छ।

आर्थिक वर्ष २०७१/७२ मा २ हजार ६ सय २४ सर्किट किलोमिटर प्रसारण लाइनमा रहेकोमा हाल ३ हजार ११८ सर्किट किलोमिटर थपिएर २०७९/८० मा ५ हजार ७४२ सर्किट किलोमिटर पुगेको छ। 

आव २०७२/७३ सम्म ६६ र १३२ केभी लाइन मात्र प्रसारण लाइन रहेकोमा आव २०७३/७४ बाट २२० र ४०० केभी प्रसारण लाइन सञ्चालनमा आएका हुन्। अहिले प्रणालीमा ६६ र १३२ केभी प्रसारण लाइनको लम्बाइ क्रमश: ५१४ र ३ हजार ९७९ सर्किट किलोमिटर छ। 

यसैगरी, २२० र ४०० केभी प्रसारण लाइनको लम्बाइ क्रमशः: १ हजार १०१ र १ सय ४८ सर्किट किलोमिटर छ। आव २०७५/७६ मा सबैभन्दा बढी अर्थात् ६ सय ६ सर्किट किलोमिटर प्रसारण लाइन थपिएको छ। 

आव २०७४/७५ मा सबैभन्दा कम १ सय ४१ सर्किट किलोमिटर लाइन थपिएको छ। गत आवमा ४ सय १३ किलोमिटर सर्किट किलोमिटर प्रसारण लाइन प्रणालीमा थपिएको छ। 

प्राधिकरणले प्रसारण र आयोजना व्यवस्थापन निर्देशनालय मार्फत प्रसारण लाइन तथा सबस्टेसन आयोजनाहहरूको निर्माण गरिरहेको छ। विगत ९ वर्षमा ग्रीड सबस्टेसनहरूको क्षमता ८ हजार ८ सय ६७ एमभीए पुगेको छ। 

आर्थिक वर्ष २०७१/७२ मा सबस्टेसनहरूको क्षमता २ हजार १ सय ३२ एमभीए मात्र रहेकोमा २०७९/८० मा आइपुग्दा सबस्टेसनहरूको क्षमता ६ हजार ७ सय ३५ एमभीए बढेको हो। २०७१/७२ मा ६६ र १३२ केभीबाट मात्र विद्युत् प्रसारण भइरहेकोमा अहिले ६६, १३२, २२० र ४०० केभी लाइनहरू सञ्चालनमा छन्। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समय–समय विद्युत गएको भन्ने उपभोक्ताहरूको गुनासोलाई सम्बोधन गर्न प्रणालीका पूर्वाधार संरचनाहरूको सुधार र सुदृढीकरणलाई योजनावद्ध रुपमा अगाडि बढाएर कार्यान्वयन लगिएको बताए।  

घिसिङले प्रसारण लाइनका आयोजनाहरू निर्माणमा मुख्य रुपमा स्थानीयको अवरोध, जग्गा प्राप्ति र वन क्षेत्रको जग्गा उपभोग तथा रुख कटानमा समस्याहरू रहेका र ती समस्याहरूलाई समाधान गर्दै आयोजनाहरूको काम भइरहेको उल्लेख गरे। 

सन् २०५० सम्मको विद्युत् माग धान्ने गरी काठमाडौं लगायतका देशका प्रमुख सहरहरूलाई ११ वटा क्लस्टरमा विभाजन गरी प्रसारण तथा सबस्टेसन संरचनाहरूको गुरुयोजना तयार पारिएको उल्लेख गर्दै  घिसिङले यसका लागि स्रोत जुटाई क्रमिक रुपमा निर्माण अगाडि बढाइने बताए। 

साथै, तराई/मधेशका दक्षिण क्षेत्रमा औद्योगिक तथा सहरी क्षेत्र विस्तारलाई ध्यान दिई हुलाकी राजमार्गको आसपासबाट ४००, २२० र १३२ केभी पूर्व–पश्चिम प्रसारण लाइन निर्माण कार्य प्रारम्भ गरिएका उनले उल्लेख गरे। 

प्राधिकरणका अनुसार, हाल विभिन्न क्षमताका २ हजार ८ सय ५२ सर्किट किलोमिटर प्रसारण लाइन निर्माणाधीन छन्। सबैभन्दा बढी १३२ केभीको १ हजार १ सय ११ सर्किट किलोमिटर प्रसारण लाइन निर्माणाधीन छन्। त्यस्तै २२० र ४०० केभीको क्रमश: ९ सय ८८ र ७ सय ५४ सर्किट किलोमिटर प्रसारण लाइन निर्माणाधीन छन्। 

साथै, ६ हजार ७ सय ५१ सर्किट किलोमिटर निर्माण अगाडि बढाउन प्रस्ताव गरिएको छ। १३२, २२० र ४०० केभीका क्रमश: १ हजार १ सय ४१, १ हजार ७ सय ५२ र ३ हजार ८ सय ५८ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण प्रस्ताव गरिएको हो। 

विभिन्न क्षमताका १० हजार ४ सय ६९ एमभीए क्षमताका सबस्टेसनहरू निर्माणाधीन छन् भने १५ हजार ५ सय ६४ एमभीए क्षमताका सबस्टेसनहरू निर्माण प्रस्ताव गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.