पाठेघरको मुखको क्यान्सर परीक्षणबारे सचेतना जगाउन गोष्ठी

पाठेघरको मुखको क्यान्सर परीक्षणबारे सचेतना जगाउन गोष्ठी
सुन्नुहोस्

विराटनगर : पाठेघरको मुखको क्यान्सर परीक्षणबारे सचेतना जगाउनका लागि 'सेप दि फ्युचर अफ वुमन्स’ नामक दुई दिने गोष्ठी विराटनगरमा सम्पन्न भएको छ। 

भारतीय मेडिकल टेक्नोलोजी कम्पनी बेक्टोन डिकिन्सन एण्ड कम्पनी (बीडी)को मुख्य आयोजनामा लिक्विड बेस्ड साइटोलोजी र एचपीभी डीएनए टेस्टिङ स्क्रिनिङका बारेमा जानकारी दिनका लागि गोष्ठी सञ्चालन गरिएको हो। 

गोष्ठिको पहिलो दिन लिक्विड बेस्ड साइटोलोजी सम्बन्धी कार्यशालामा पाठेघरको मुखमा हुने क्यान्सरको प्रारम्भिक निदानका महत्वबारे प्रकाश पारिएको थियो। गोष्ठीमा पाठेघरको मुखको क्यान्सर पहिचानका लागि उपयुक्त स्क्रिनिङ, प्रि-क्यान्सरियस घाउको पहिचान, विशेष कोषिका र अन्य सबै साइटोलोजिक श्रेणीका बारेमा छलफल भएको थियो। 

बीडी भारतका दक्षिण एसिया प्रबन्ध निर्देशक अतुल ग्रोवरले भने, ‘हामी स्वास्थ्यको संसारलाई समृद्ध बनाउन प्रतिबद्ध छौं। पाठेघरको क्यान्सरको स्क्रिनिङको समाधान  जस्ता महत्वपूर्ण महिला स्वास्थ्य चिन्ताहरूबारे सचेतना जगाउने प्लेटफर्महरू मार्फत् यसमा हामी काम गर्छौं। पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सकिने क्यान्सरमध्ये एक हो। तर पनि सचेतनाको अभावले गर्दा समयमै निदान गर्न ढिलाइ भइरहेको छ। हाम्रो सेप द फ्युचर अफ सर्भाइकल  क्यान्सर स्क्रिनिङ इभेन्ट मार्फत, हामी नेपालको पूर्वी भागका अग्रणी स्त्री रोग विशेषज्ञ, प्रसूति तथा रोग विशेषज्ञहरूको सहयोग र सहभागितामा प्रारम्भिक स्क्रिनिङका फाइदाहरूबारे प्रभावकारी सन्देश प्रवाह गर्नेमा आशावादी छौं।’

गोष्ठीमा चिकित्सा क्षेत्रका  ७० भन्दा बढी विज्ञको सहभागितामा थियो। विराट मेडिकल कलेज टिचिङ हस्पिटल, नेपाल सोसाइटी अफ गाइनोलोजिस्ट पूर्वी च्याप्टर र एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिस्टसँगको सहकार्यमा सम्पन्न गोष्ठीमा प्याथोलोजिस्ट, प्रसूति तथा स्त्री रोग विशेषज्ञका लागि विशेष प्रस्तुति दिइएको थियो। 

नेपालमा महिलाहरूमा पाठेघरको मुखको क्यान्सर  प्रमुख क्यान्सरका रूपमा रहेको छ। वार्षिक २२४४ नयाँ केसहरू र १४९३ जनाको मृत्यु  हुने गरेको छ। नेपालमा प्रति एक लाख महिलामा १६.४ जना पाठेघरको मुखको क्यान्सर हुने गरेको छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.