यती होल्डिङस, वाइडबडी, गिरीबन्धुलगायत प्रकरणको छानविन गर्न ओलीको चुनौती

यती होल्डिङस, वाइडबडी, गिरीबन्धुलगायत प्रकरणको छानविन गर्न ओलीको चुनौती
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तामा रहेका व्यक्तिहरू नै विभिन्न प्रकरणमा मुछिएकाले छानविन प्रभावकारी हुन नसकेको आरोप लगाएका छन्।

सोमबार काठमाडौंमा आयोजना गरिएको जनप्रतिनिधिसंग केपी ओली कार्यक्रममा ओलीले ललिता निवास, नक्कली भुटानी, सुन तस्करीलगायतका प्रकरणमा सत्तामा रहेका व्यक्तिहरू नै विभिन्न प्रकरणमा मुछिएकाले छानविन प्रभावकारी हुन नसकेको आरोप लगाए। 

उनले एउटा प्रकरणको अनुसन्धानलाई कमजोर पार्न सरकारले एकमाथि अर्को प्रकरण ल्याएको तर्क गरे। यती होल्डिङस, वाइडबडी, गिरीबन्धुलगायतका प्रकरणको छानविन गर्न सरकारलाई चुनौती दिँदै ओलीले उक्त प्रकरण छानविन गर्दा आफूलाई फरक नपर्ने तर सत्तामा रहेका दलका नेताहरु मुछिने बताए।

सत्तामा भएकाहरूले नै सुन तस्करी गरेर ध्यान मोड्नका लागि पशुपति सुन प्रकरण निकालेको उनको भनाइ छ। उनले आफ्नो पार्टी कमिसनको पछाडि लाग्ने पार्टी नभएको र देश विकासका साथै समृद्धिमा ध्यान केन्द्रित रहेको बताए। ओलीले तत्कालीन अवस्थामा बदनाम गर्नका लागि एमालेका ईश्वर पोखरेलमाथि पानी ट्यांकीमा पैसा लुकाएको अरोप लगाइएको पनि बताए।

अध्यक्ष ओलीले नेकपालाई अदालतले विघटन गरेको सही नभएको बताए। नेकपाको सट्टा अर्को नाम दर्ता गर्न अदालतले भन्दा प्रचण्डले नमानेको उनले बताए। त्यसपछि पनि विभिन्न शक्ति मिलेर एमाले फुटाएको समेत उनको भनाइ छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.